Posts tagged ‘तानसेन’

सत्र सय पचास परेको ढुकुर : डिल्लीराज अर्याल

मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त निजामती सेवामा जान जाती हुन्छ भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको लेखकलाई एउटा खरिदार वा ना.शु.बाट पराजित गराइएको वा भएको मलाई भने पटक्कै चित्त बुझेको थिएन। (more…)

त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)

धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु केही महत्त्वपूर्ण काममा सहभागी हुन पाइयो। (more…)

धर्मयुद्ध खण्डकाव्यको विमोचन

पाल्पाली कवि डिल्लीराज अर्यालको नयाँ पुस्तक धर्मुयुद्धविमोचित भई बजारमा आएको छ। नेपालमै जान्छु म, सरिता, रहस्य, रातमा सूर्य दिनमा तारा, ठूले राई/भन्नै पर्यो सुन्नै पर्यो, घोल्कीमा बस्ने रहर जस्ता पुस्तकहरू पश्चात् यो नयाँ खण्डकाब्य प्रकाशित भएको छ। जयदीप फाउण्डेशनबाट प्रकाशित यस पुस्तकको मुल्य रू ५० रहेको छ भने पुस्तकको भूमिका राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्‍नु भएको छ।

पुस्तक विमोचनका क्रममा- दायाँबाट क्रमश: गोपिकृष्ण शर्मा, प्राध्यापक सुवेदी, विष्णु प्रभात र कवि डिल्लीराज अर्याल (तस्बीरहरू: साजन सुवेदी) (more…)