दीपक अर्याल

पुरुषप्रधालन नेपाली समाजमा लैङ्गिक असमानताको झ्लक दिने थुप्रै कृतिहरूमध्ये भानुभक्तको ‘वधूशिक्षा’ (वि.सं. १९४८) पनि एउटा हो, जसको विभिन्न बेलाका पुनःप्रकाशनहरूले समाजको बदलिंदो स्वरुपलाई पनि उतारेका छन्। मित्र तारापतिको घरका सासू–बुहारीको झ्गडा देखेपछि सबै छोरी–बुहारीलाई अर्ति दिन भानुभक्तले ‘वधूशिक्षा’ लेखेका हुन् भनिन्छ। महिला (छोरी–बुहारी) लाई उनीहरूले गर्नुपर्ने काम–कर्तव्य र अनुशासनको अर्ति–उपदेश दिंदै पुस्तकमा भनिएको छ–
हाँस्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्त छन्।

वेश्या लौ न हउन् तथापि घरको काम् ती सबै नास्त छन्।।

एक्लै हाँस्न हुँदैन कोहि न भई आर्को सँगी भो जसै।

हाँस्तैमा दिन जान्छ येही रितले सब् काम बित्छन् तसै।। Read the rest of this entry »

Advertisements

दीपक अर्याल

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

‘भारतीय संस्कृतिमा आधारित शिक्षा पद्धति विकास गर्न’ सन् १९१६ (वि.सं. १९७३) मा काशी हिन्दू विश्वविद्यालय स्थापना भयो। यसै वैचारिक धारसँग जोडिएर दिग्विजयनाथको नेतृत्वमा सन् १९३२ तिर गोरखपुरमा महाराणा प्रताप शिक्षा परिषद् स्थापना गरियो। यही परिषद् अन्तर्गत महाराणा प्रताप क्षत्रीय स्कूल प्रारम्भ भयो जुन आज गोरखपुरको प्रतिष्ठित शिक्षालय भएको छ। कुनै पनि संस्था तुरून्तै खडा हुन सक्दैैनन्, त्यसले यथासक्य धेरै सहयोगी हातहरूको अपेक्षा गरेको हुन्छ। यो स्कूलको स्थापनामा सहयोग माग्ने काम पनि भारतीय भूमि र व्यक्तिहरूमा मात्र सीमित रहेन, नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर (वि.सं. १९३२–२००९) सम्म पनि अनुरोध आइपुग्यो।

मदन पुरस्कार पुस्तकालयमा राणा प्रधानमन्त्रीहरूले गरेका काम तथा तिनका विषयमा लेखिएका प्रशस्तै प्रशंसापत्रहरू भेटिन्छन्। माघ, १९९० सालको भूकम्पपछिको उद्धारलाई लिएर (जुद्धशमशेरको) होस् वा रोपवे र बिजुलीका चर्चा गर्दै चन्द्रशमशेरका गुणगान गाइएका कवितात्मक प्रशस्ति, यस्ता प्रशंसाहरू अनेक छन्। कतिपय प्रशस्तिपत्रहरू खास काम वा उद्देश्यका लागि सहयोग माग्न वा सरकारबाट सहयोग पाएपछि त्यसको लागि धन्यवाद दिन र चाकरीका लागि मात्र लेखिएको पाइन्छ। महाराणा प्रताप क्षत्रीय स्कूलका लागि सन् १९३३ मा गोरखपुरको गीता प्रेसबाट हिन्दी भाषामा प्रकाशित अपीलले चाहिं जुद्धशमशेरलाई यस क्षेत्रको एकमात्र स्वतन्त्र राष्ट्र नेपालको कर्णधारका रूपमा बखान गरेको छ, सहयोगको अपेक्षासहित। Read the rest of this entry »

– दीपक अर्याल

8438998615_10bf351190

चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमालका लागि नेपाली आकृतिमा २०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।
हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो । Read the rest of this entry »

दक्षिण एशियामा प्रदर्शन हुने फिल्म वा नाटक संयोगान्त देख्न चाहने मानसिकता निकै पुरानो रहेको एक–डेढ सय वर्षअघि अनूदित र मञ्चित विदेशी नाटकहरूले पुष्टि गर्दछन्।

दीपक अर्याल

नेपाली नाट्य परम्पराको चर्चा गर्दा पलमानसिंह स्वाँर, धनविर मुखिया र बालकृष्ण समलाई बिर्सन मिल्दैन। तर स्थानीयस्तरमा यो परम्पराको सुरुआत उहाँहरू भन्दा पहिलेदेखि नै प्रचलित नाट्य मञ्चन र राजा–महाराजाका लागि तयार गरिएका धार्मिक तथा ऐतिहासिक कथामा आधारित नाटकहरूबाट भइसकेको थियो।

नाट्य परम्परालाई निरन्तरता दिने क्रममा नेपालमा विदेशी भाषामा लेखिएका प्रचलित नाटकको अनुवाद र प्रदर्शन पनि भयो। नेपाली नाट्य क्षेत्रमा वि.सं. १९६० को दशकमै खासगरी भारतका विभिन्न भाषामा अनुवाद भई प्रदर्शनमा आएका शेक्सपियरका नाटकहरू देखा पर्न थालिसकेका थिए। अठारौं शताब्दीको शुरूतिर अंग्रेजहरूले मात्र अनुवाद गर्ने गरेका यस्ता नाटकहरू पछि स्थानीय व्यक्तिहरूले पनि गर्न थालेका थिए।

शुरूमा ती नाटकहरूको अनुवाद पठन–पाठनका लागि मात्र हुन्थ्यो, मञ्चनका लागि हुँदैनथ्यो। शेक्सपियरका केही नाटकको १८औं शताब्दीमै उर्दू भाषामा अनुवाद भए पनि स्टेजमा मञ्चन हुन केही समय लाग्यो। नेपाली भाषामा यस्ता नाटकहरू मूल कृतिबाट सीधै अनुवाद भएका थिए वा थिएनन् भन्न कठिन छ, तर वि.सं. १९७४ मा गरिएको शेक्सपियरको किङ्लियर (वि.सं. १६६२) को नेपाली अनुवाद भने उर्दूबाट भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालय (मपुपु) मा संकलित एउटा पर्चाको शीर्षक शेक्सपियरको उक्त कृतिसँग मिले पनि त्यसमा शेक्सपियरका सम्बन्धमा वा अनुवादका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन। Read the rest of this entry »

दीपक अर्याल

छोटो, सरल, आकर्षक र पाठकको ध्यान खिच्न सक्ने जानकारी समेट्ने प्रयास हुने गर्छ― हिजोआजका विज्ञापनमा। तर भएसम्मको जानकारीसहित आउने पुराना विज्ञापन भने निकै लामा र भद्दा हुन्थे। नेपाली विज्ञापनको इतिहास पनि यस्तै खालको विस्तृत जानकारी समेटिएका विज्ञापनहरूबाट शुरू हुन्छ। वि.सं. १९५८ देखि प्रकाशन शुरू भएको गोर्खापत्र मा घडी, फाउन्टेन पेनका विज्ञापनहरू केही हदसम्म आकर्षक र छोटा भए पनि पर्चा, पम्प्लेटका रूपमा प्रकाशित र वितरण हुने अरू विज्ञापन भने निकै पट्यारलाग्दा हुन्थे। जसमा टेक्स्ट (अक्षरहरू) को प्रयोग ज्यादा हुन्थ्यो।

वि.सं. १९७० को दशकमा गाई–भैंसीको औषधी, आयुर्वेद तथा ज्योतिषीसँग सम्बन्धी पसल र विभिन्न सामानका लामा–लामा विज्ञापन प्रकाशित तथा वितरित भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालयको सङ्कलनमा रहेका करीब ३० वटा यस्ता विज्ञापनमध्ये एउटा राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको यूरोप यात्रा सम्बन्धी पुस्तकको प्रचार–प्रसारसँग सम्बन्धित छ।

पुस्तक प्रकाशक, लेखकका रूपमा परिचित नरदेव मोतिकृष्ण शर्माद्वारा प्रकाशित यस विज्ञापनमा चन्द्रशमशेरको यूरोप यात्रा (१९६४–६५) को वर्णन गरी लेखिएको पुस्तक यूरोप यात्रा बारे जानकारी दिइएको छ। १९६७ सालमा पर्चाका रूपमा प्रकाशित र वितरित यो विज्ञापनको साइज ४८138२८ सेमी छ। पद्यात्मक शैलीमा लेखिएको ९२ लाइनको यस विज्ञापनले पुस्तकभित्रका विषयवस्तुसँगै लेखक, प्रकाशक, प्रेस, मूल्य जस्ता तमाम जानकारी दिएको छ। विज्ञापनले पुस्तकको साज–सजावट, कागजको रङ, कभर आदिको जानकारी यसरी दिन्छः Read the rest of this entry »

– दीपक अर्याल

मानव सभ्यतासँगै चिह्न वा स्रोतका रूपमा प्रयोग भएको ग्राफिक प्रकाशन प्रविधिसँगै परिवर्तित र व्यापक बन्दै गएको छ।


पत्रपत्रिकामा समाचारसँगै भौगोलिक र जनसांख्यिक जानकारी, व्यापारिक कारोबार, तथ्याङ्क, सर्वेक्षणको नतिजा, बजेट, कार्टून, स्केचका निम्ति ग्राफिकको व्यापक प्रयोग भइरहेको छ। पुस्तकहरूमा पनि यसको प्रयोग बढेको छ। संकेत, चिह्न, नक्सा, चार्ट, आकृति, तस्वीर र वर्णनात्मक चित्रमा आधारित सामग्रीले टेक्स्ट (अक्षर) ले भन्दा भिन्न र प्रभावकारी तरिकाले काम गर्छन्।

‘मेकानिकल रिप्रोडक्शन’ अर्थात् मेशिनको प्रयोगबाट कुनै वस्तुको थप प्रति निकाल्ने काम सम्भव भएपछि ग्राफिक र नक्साहरूको उत्पादन, वितरण र प्रयोगले व्यापकता पाएको हो। यसअनुसार एउटा स्केचबाट हजारौं ब्लक उत्पादन गर्न र ती ब्लकबाट थप हजारौं–लाखौं प्रति पुस्तक तथा पत्रपत्रिकामा तस्वीर वा आकृति छाप्न सम्भव भयो। मानव सभ्यतासँगै चिह्न वा सङ्केतका रूपमा प्रयोग भएको ग्राफिकको रूप–रङ प्रकाशन प्रविधिसँगै परिवर्तित भइरहेको र अझै व्यापक बन्दै गएको छ।

विश्वमा ग्राफिक र नक्साको बढी प्रयोग पहिलो र दोस्रो विश्वयुद्धताका युद्धसम्बन्धी समाचारमा भएको थियो। नेपालमा पनि माओवादी द्वन्द्वका घटना विवरणमा नक्साको प्रयोग धेरै भएको पाइन्छ। नक्सा वा ग्राफिकको प्रयोगले तुरून्तै फोटोग्राफ उपलब्ध नभएका बेला लडाईं वा दुर्घटना क्षेत्रको जानकारी दिन सहयोग गर्छ। कतिपय सामग्रीमा विज्ञान–प्रविधिका कुराको जानकारी दिन पनि ग्राफिकको प्रयोग हुन्छ। ग्राफिक प्रयोगको परम्परा अक्षर लेखन भन्दा पुरानो भए पनि १९–२०औं शताब्दीमा यसको डिजाइनमा परिवर्तन आयो र दैनिक पत्रपत्रिकामा आकर्षक रूपमा देखा पर्न थाल्यो। हाल कम्प्युटर ग्राफिकले यसलाई अझ् सरल र सहज बनाएको छ।
Read the rest of this entry »

दीपक अर्याल

सरकार परिवर्तनसँगै प्रधानमन्त्रीले कर्मचारीहरूलाई आश्वस्त पार्न सम्बोधन गर्ने र नयाँ सरकारलाई सहयोग गर्न अनुरोध गर्ने प्रचलन जहाँसुकै हुन्छ। नेपालमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि भएको कर्मचारी आन्दोलनपश्चात् यो परम्पराले व्यापकता पाएको छ। तर, सरकार र कर्मचारीमाझ् यस्तो खटपट र अविश्वास २००७ सालको परिवर्तनपछि नै देखापरेको थियो।

२००७ सालमा न्यून वैतनिक कर्मचारीको हकहितका निम्ति भनेर ‘अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ’ स्थापना भयो। संघको शुरूको पर्चाले राणा–कांग्रेस गठबन्धनको अन्तरिम सरकार, कर्मचारी संघ र प्रजातन्त्रलाई बलियो बनाउन सदस्य बन्न आह्वान गरेको थियो। तर, पछि यसै संघमार्फत कर्मचारीहरूले हडताल गरे र सरकारले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेपछि मात्र हडताल टुङ्गियो। Read the rest of this entry »