Archive for the ‘Tansen’ Category

Khadga Shamsher wants to retire in India

Dated Lucknow, the 6th March 1903
From: Kadga (Kharga) Shamsher Jang, Rana Bahadur, of Nepal
To: The Hon’ble Sir J J D LaTouche, KCSI, Lieutenant-Governor of the United Provinces of Agra and Oudh

Just as I was contemplating to remove myself to the Dehra side owing to the advent of the hot season and to the ravages of the plague here, Mr. L Porter, C S, Commissioner of Lucknow Division, wrote, requesting to see me in connexion with my residence at Lucknow, and to convey to me what I understood to be some instructions of the Government of India orally. But before dwelling upon what he had to communicate, allow me to state briefly what I am, what my present position is, and what is my motive in coming here.Khadga Shamsher and family in Palpa
(more…)

Residence for Deb and Khadga Shamsher

From: C L S Russel, Esq., ICS, Under Secy to the Govt of India, Foreign Dept.
To: The Hon’ble Mr. J P Hewwtt, CSI, CIE, Officiating Chief Commissioner, Central Provinces; The Hon’ble Mr. G S Forbes, Acting Chief Secy to the Govt of MadrasKhadga Shumsher and his wife

I am directed enclose herewith, for your information/the information of His Excellency the Governor, a brief account of Deb Shamsher and Khadga (or Kharag) Shamsher, who are suspected of having recently been engaged in conspiracies against their brother Maharaja Chandra Shamsher, the Prime Minister of Nepal. (more…)

तेश्रो पटक पाल्पा पुग्दा

– डा. सुमन राज ताम्रकार (समकालीन साहित्य) 

कफी, करुवा, ढाका, अदुवाको लागि प्रख्यात थलो पाल्पा जान निम्तो पाएपछि सहजै स्विकारें । कारण एक त नेपालको पहाडकी रानी मध्ये एक, त्यसमाथि बालसाहित्य सम्बन्धी कार्यक्रम । २०४८ ताका पहिलो चोटी हेल्थ असिस्टेन्ट कोर्स सकिनै लाग्दा जागिर खोज्न र २०५५ मा दोश्रो चोटी हनिमुन ट्राभल्सको सिलसिलामा धनकुटा, झापा, इलाम, दार्जिलिङ्ग, विराटनगर, भैरहवा, बुटवल पोखरा जाने सिलसिलामा पाल्पा हुँदै गएका थियौं । यो पटक पाल्पा जान बिहान चार बजे नै उठेर काठमाण्डौ लागें ।
(more…)

पाल्पा, कविता र दलान

– अभि सुवेदी

अन्धकार रात। पाल्पा सहर निदाएको मात्र छ। अकस्मात् बिजुलीका चिरा उड्छन् त्यो पुरानो सहरको आकाशमा। तलतिर राणाले बनाएको पाल्पा दरबार छ। कवि एकनारायण पौड्यालका शब्दमा त्यहाँ ‘बद्री, खड्ग, प्रताप शमशेरका आत्माहरू’ त्यो रात आन्दोलित भएर उठ्छन्। डिलमाथिबाट बम गोलाहरू प्रशासकीय थलो त्यो राणादरबारमाथि बर्सिन्छन्। सायद यो पाल्पाको एउटा अकिञ्चन सिंहदरबार थियो जो अनेकौं पटक जीवन, समय र समाजभन्दा ठूला अनिशक्तिको उन्माद भएका सपनाहरू लिएर बस्ने राणाहरूको घर भएको थियो। त्यो अन्ठाउन्न साल माघ १९ को रात। माओवादी छापामारले हमला गरेको रात। (more…)

साक्षरता, शक्ति र एजेन्सी : नेपालको सन्दर्भमा प्रेम पत्र र विकास (Literacy, Power, and Agency: Love Letters and Development in Nepal)

लोरा एम् अहर्न

पश्चिम नेपाल अन्तर्गत पाल्पा जिल्लाको जुनी गाउँका महिलाहरूको प्रारम्भिक साक्षरताका बारेमा तयार गरिएको यस शोध लेखमा सामाजिक परिवर्तन र विविध सामाजिक रूपान्तरहरूको कारक तत्त्व साक्षरता हुन सक्छ भन्‍ने तर्क मैले प्रस्तुत गर्न खोजेकी छु। सन् १९९०को दशकमा जुनी गाउँमा बढेको महिला साक्षरता दरले छोरा-छोरीका आफ्नै पहलमा बिहेबारी हुने तथा प्रेम-पत्र लेखन संस्कारहरूलाई जन्म दियो र केही लैङ्गिक मान्यताहरूलाई थप उर्जा प्रदान गरेता पनि समाजमा महिलाहरूलाई दिइने पदीय जिम्मेवारी र दायित्वका बाटाहरू न्यून गरायो। यसरी यस लेखले हामीलाई साक्षरता आफैमा तटस्थ र आत्मनिर्भर प्रविधि नभई जीवनकालमा भोगेका अनुभवहरूको संगालो हो भन्‍ने स्मरण गराउँछ जो समुदाय-समुदायमा फरक-फरक हुन्छ। जुनी गाउँमा प्रेम-पत्र लेखनले मागी र चोरी विवाहलाई भागी विवाहमा परिणत गर्नुका साथै गाउँलेहरूका आफ्नै सामाजिक संस्कारप्रतिको दृष्टिकोणमा नै परिवर्तन ल्यायो। सरकारी पाठ्यपुस्तक, नारी साक्षरतामूलक लेख, उपन्यासहरू, पत्र-पत्रिका र प्रेमपत्र सहयोगी पुस्तकहरू जस्ता पाठ्य श्रोतहरूका गहन अध्ययनको फलस्वरूप निस्केको यस लेखले सामाजिक रूपान्तरकर्ता अर्थात् एजेन्सीका बारे नौला विचारधाराहरूको विश्लेषण गर्नुका साथै जुनी गाउँका प्रेम पत्रहरूमा अन्तर्निहित विकासतर्फ उन्मुख नमूनाहरूको पहिचान पनि गर्दछ।

जुनी गाउँमा एउटा प्रचलित भनाइ छ, ‘भावीले लेखेको, छालाले छेकेको’। यो उखान जुनी गाउँका मूल बासिन्दाका रूपमा रहेका मगर समुदायमाझ मात्र नभई नेपालका अन्य जात-जाति एवं जनजातिहरूमा पनि एक प्रचलित विश्वासको रूपमा रहेको पाइन्छ। यस भनाइको तात्पर्य- ‘मान्छे जन्मदा निधारको छालामुनि उसको भाग्य लेखिने हुनाले भविष्यमा यही हुन्छ भनेर किटान गर्न सकिदैँन’ भन्‍ने हो 1। यस धारणा अनुसार कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने घटनाहरू उसको भाग्यमा निर्भर हुने गर्दछ किनभने भाग्य अथवा अर्को शब्दमा भन्‍ने हो भने भगवान्‌मा मात्र कसैको भाग्य लेख्‍ने शक्ति अन्तर्निहित हुन्छ। जुनी गाउँमा चलन चल्तीका अरू दुई भनाइहरू पनि छन्, जस्तो कि- ‘देखेको मात्रै हुन्‍न, लेखेको हुनुपर्छ’ र ‘भनेको मात्रै हुन्न, लेखेको हुनुपर्छ’। यी दुवै भनाईहरू माथि उल्लिखित भनाइका समानार्थीहरू हुन्।

साक्षरताको प्रारम्भिक अवस्थामा रहेका समुदायले लेख्‍न सक्ने र अरूले लेखेको कुरा पढ्न सक्ने क्षमता हासिल गरेको खण्डमा के हुन्छ? एजेन्सी,  लिङ्ग, भाग्य र विकास जस्ता अवधारणाहरूले साक्षरतातर्फ उन्मुख नयाँ अभ्यासहरूलाई कसरी स्वरूप दिन्छ वा प्रतिविम्बित गर्छ? यस्ता अभ्यासहरू सँगसँगै कस्ता प्रकारका नयाँ सोचहरूलाई उत्पन्न गराउँछ 2 भाग्य र लेखनका बीच रहेको यस्तो अन्तर सम्बन्धको परिप्रेक्ष्यमा  यस्ता सवालहरू महत्त्वपूर्ण हुन जान्छन्।

यस शोध लेखमा मैले ‘साक्षरता, सामाजिक परिवर्तन र विविध सामाजिक रूपान्तरहरूका कारक तत्त्व हुन सक्छ’ भन्‍ने कुराको उठान गर्न खोजेकी छु। साक्षरता प्रविधिमा सामाजिक रूपान्तरणका सम्बन्धमा निहित सम्भाव्यतालाई औंल्याउने क्रममा म, गुड्डी र उनका समर्थकहरूका दृष्टिकोणसँग भने असहमत छु (गुड्डी, १९८६, १९८७,२०००; गुड्डी र वाट, १९६३)। स्मरण रहोस्,  गुड्डी र उनका समर्थकहरू स्त्रिट (१९८४) द्वारा प्रतिपादित स्वायत्त साक्षरता नमुनाका अनुयायी हुन्। शिएफ्लिनले कुलिक र स्ट्राउडलाई उद्धृत गर्दै टिप्पणी गरे अनुसार ‘साक्षरता आफैमा समाज फेर्ने कारक शक्ति अन्तर्निहित हुँदैन। मानिसहरू रूपान्तरण प्रक्रियाका सक्रिय शक्ति हुन्, जसले साक्षरतालाई समुदायमा प्रवेश गराउँछन्’। मानव जीवनमा साक्षरता उन्मुख क्रियाकलापका रूपान्तरण सम्बन्धि प्रभावहरूलाई वर्णन गर्ने क्रममा गुड्डीको मान्यता अनुसार जोसुकैले पढ्न लेख्‍न सिके पनि अथवा साक्षरता जहिले र जहाँबाट सुरू भए पनि यसले उही सामाजिक र वैचारिक रूपान्तरणहरू प्रदान गर्छ तर ‘म यी प्रभावहरूलाई आवश्यकता भन्दा बढी झुकावको फल ठान्छु’ (१९८६:१८४) जस्ता उनकै भनाइहरूले साक्षरतालाई एउटा तटस्थ प्रविधिकै रूपमा लिनु पर्ने धारणालाई नै उजागर गर्दछ। यस्तो धारणाका विपरीत म भने शिएफ्लिनसँग सहमत छु, जो लेख्छन्, ‘एउटा समुदायले साक्षरतालाई कसरी लिन्छ, यसको विकास कसरी हुन्छ, कुन रूपमा बुझिन्छ र विस्तार हुन्छ? भन्ने कुरा साक्षरता प्रदान गरिने समुदायको दृष्टिकोण र सन्दर्भमा पूर्ण निर्भर हुन्छ’। (more…)

प्रोत्साहित र प्रेरित हुन नसकेको हाम्रो सीप: डिल्लीराज अर्याल

तामाको गाग्री बनाउने हातमा जुन सीप छ त्यही सीप काँसका थाली र करुवा बनाउनेका हातमा पनि छन्। वन–जङ्गलमा घाँस दाउरा र मेलापात गर्दा गीत गाउनेमा देखिने कला रेडियो टी भी मा समाचार पढ्ने वा गीत गाउनेमा पनि छ। सीप, हुँक्का र नलीमा बुट्टा बनाउने हातमा र घरबुनादेखि घरेलु उत्पादन गर्न तम्तयार बनेका हातमा पनि छ। सीप र जाँगर हुने हातले काम गरेका गर्‍यै छन् तर देशको उन्नति जुन गतिमा हुनुपर्ने हो त्यही गतिमा भएको आभाष भएको छैन। श्रम गर्ने र सीप हुनेहरूको दिन आएको अनुभव भएकै छैन। त्यसैले त होला―’बारी रुखो मल हालुँला कर्मै रुखो क्यारुँ’ भनेर लोक भाकामा निराशाका गीत गाउने गरेका नेपाली गायकहरूले।

यसो भएतापनि नेपालीहरूका मनमष्तिष्कमा भोजपुरको खुकुरीले ठाउँ पाएकै छ। त्यही खुकुरीले वीरताको गौरव आर्जेका नेपालीले विश्वयुद्ध लडे, जिते, आफुले नाम कमाए र देशको सान बढाए। त्यसैले खुकुरीको प्रशंसामा लेखियो―’जर्मन जाउँकि जापान जाऊँ जतासुकै जाउँ विदेशीले जिभ्रो टोक्छन् सुन्दै मेरो नाउँ ‘।  खुकरीको नाम भयो तर नेपालीले खुकुरी बनाउने सीपको महत्व बुझेनन्। नेपालीको सरकारले वुझेन, प्रतिनिधिले वुझेनन् र त हाम्रो सीपले फस्टिने मौका पाएन, विकसित हुने अवसर पाएन। (more…)

श्रीनगरमा भ्यू टावर बन्‍ने

तानसेनस्थित श्रीनगर डाँडाबाट देखिने माडीफाँटको दृश्य

तानसेनस्थित श्रीनगर डाँडाबाट देखिने माडीफाँटको दृश्य

यज्ञमूर्ति तिमिल्सिना
पर्यटन वर्ष सन् २०११ लाई लक्ष्य बनाएर तानसेनको श्रीनगरडाँडामा भ्यूटावर निर्माण हुने भएको छ।
विश्वभरी नै परिचित पाल्पाली करूवाको स्वरूपमा निर्माण गर्न लागि उक्त भ्यू टावर १ सय फिटको उचाई रहने निर्माण समितिका संयोजक केशव पौडेलले जानकारी दिए।

शिक्षा स्वास्थ्य पर्यटन र कुटीर उद्योगको नारा बोकेको पाल्पालाई थप पर्यटकीय गन्तव्य बनाई जिल्लाको आन्तरीक तथा बाह्य पर्यटनमा टेवा पुर्‍याउने उद्देशयले निर्माण गनृ लागि उक्त भ्यू टावरको उचाई १ सय फिटको रहने निर्माण समितिले जनाएको छ।
(more…)