Archive for the ‘Shyangja’ Category

Visit Ranighat (Ranimahal) : रानीघाट भ्रमण

Ranimahal

Ranimahal

(more…)

मनमा मिर्मीको मिरमिर

मिर्मि स्थित कालीगण्डकी ‘ए’ प्रोजेक्टको ड्याम

– डिल्लीराज अर्याल

मान्छेका अनेकौं रहर हुने गरे पनि सबै रहरलाई भन्दा घुम्ने रहरलाई प्राथमिकता दिनेहरूले यात्राले ज्ञान, मनोरञ्जन र चलाखी दिने दाबी गर्छन् र भएका पैसा बोकेर वा रहर मात्र बोकेर पनि घुम्न निस्कन्छन्। आफू घुम्न निस्कँदा साथीभाइलाई गुहार्ने र सरसापट खोज्ने वा जान्ने सुन्ने भए संरक्षक बनेर अर्कैका धनमा राज गर्ने परिपाटी पनि समाजमा जीवितै छ। यस्ता कुरा लाटा सोझामा भन्दा बाठामा बढी पाइने र शिक्षा दिने निकाय त यसको अगुवा नै हुने गरेको छ। (more…)

ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा : डिल्लीराज अर्याल

पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र आजको मान्छेलाई सन्तुष्टि मिल्दैन बरू उसले पुराना कुराको खोज गर्न, त्यसबाट गौरववोध गर्न र उत्प्रेरित भएर अघि बढ्न चाहन्छ। ऐतिहासिक तथ्यलाई वुझेर नयाँ जीवन दर्शनसित अघि बढ्ने सोचको विकास गर्न चाहन्छ।

(more…)