Archive for the ‘Ranjit Guha’ Category

नेपाली प्रकाशनमा ग्राफिक

– दीपक अर्याल

मानव सभ्यतासँगै चिह्न वा स्रोतका रूपमा प्रयोग भएको ग्राफिक प्रकाशन प्रविधिसँगै परिवर्तित र व्यापक बन्दै गएको छ।


पत्रपत्रिकामा समाचारसँगै भौगोलिक र जनसांख्यिक जानकारी, व्यापारिक कारोबार, तथ्याङ्क, सर्वेक्षणको नतिजा, बजेट, कार्टून, स्केचका निम्ति ग्राफिकको व्यापक प्रयोग भइरहेको छ। पुस्तकहरूमा पनि यसको प्रयोग बढेको छ। संकेत, चिह्न, नक्सा, चार्ट, आकृति, तस्वीर र वर्णनात्मक चित्रमा आधारित सामग्रीले टेक्स्ट (अक्षर) ले भन्दा भिन्न र प्रभावकारी तरिकाले काम गर्छन्।

‘मेकानिकल रिप्रोडक्शन’ अर्थात् मेशिनको प्रयोगबाट कुनै वस्तुको थप प्रति निकाल्ने काम सम्भव भएपछि ग्राफिक र नक्साहरूको उत्पादन, वितरण र प्रयोगले व्यापकता पाएको हो। यसअनुसार एउटा स्केचबाट हजारौं ब्लक उत्पादन गर्न र ती ब्लकबाट थप हजारौं–लाखौं प्रति पुस्तक तथा पत्रपत्रिकामा तस्वीर वा आकृति छाप्न सम्भव भयो। मानव सभ्यतासँगै चिह्न वा सङ्केतका रूपमा प्रयोग भएको ग्राफिकको रूप–रङ प्रकाशन प्रविधिसँगै परिवर्तित भइरहेको र अझै व्यापक बन्दै गएको छ।

विश्वमा ग्राफिक र नक्साको बढी प्रयोग पहिलो र दोस्रो विश्वयुद्धताका युद्धसम्बन्धी समाचारमा भएको थियो। नेपालमा पनि माओवादी द्वन्द्वका घटना विवरणमा नक्साको प्रयोग धेरै भएको पाइन्छ। नक्सा वा ग्राफिकको प्रयोगले तुरून्तै फोटोग्राफ उपलब्ध नभएका बेला लडाईं वा दुर्घटना क्षेत्रको जानकारी दिन सहयोग गर्छ। कतिपय सामग्रीमा विज्ञान–प्रविधिका कुराको जानकारी दिन पनि ग्राफिकको प्रयोग हुन्छ। ग्राफिक प्रयोगको परम्परा अक्षर लेखन भन्दा पुरानो भए पनि १९–२०औं शताब्दीमा यसको डिजाइनमा परिवर्तन आयो र दैनिक पत्रपत्रिकामा आकर्षक रूपमा देखा पर्न थाल्यो। हाल कम्प्युटर ग्राफिकले यसलाई अझ् सरल र सहज बनाएको छ।
(more…)

इतिहास लेखनमा सवअर्ल्ट्रन स्टडिज : रञ्जित गुहा

Ranjit Guha

(The Subaltern Studies group was founded in India in 1982 by Ranjit Guha, an Indian historian and Economist)

म आन्दोलनरत वामपन्थी खेमामा थिएँ र सक्रिय कार्यकर्ता पनि थिएँ। जुन खेमामा भएपनि साम्राज्यवादविरोधी भएको नाताले हामी सबै राष्ट्रवादी थियौं। “स्वराज” को लडाइँको त्यस चरणमा बढ्दो असन्तोषको तीब्रताको बेला हामी सुन्दर भविष्यको कल्पनामा उत्साहित थियौं। हाम्रा लागि स्वाधीनता कसैले परिभाषित गरे जस्तो थिएन; यो त कम वा वेसी सुनौलो भविष्यको साझा अभिप्राय थियो, तर हामीले चाहे जस्तो भविष्यको आगमन भएन। त्यसले नै फेरि निराशा ल्यायो तर त्यो निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न थियो। मैले ‘एन एन्थोलोजी अफ सवअर्ल्ट्रन स्टडिज: अ रिडर’ को परिचयमा कसरी पुराना पुस्ताको निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न छ? भनेर केही हदसम्म बताउने प्रयास गरेको छु। नयाँ पुस्ताका प्रतिनिधि सहिद अमिन, ज्ञान पाण्डे र अन्य जसले मसँग काम गरे आदिलाई के आशा गर्ने? भन्‍ने पनि थाहा थिएन तर उनीहरूले पनि धेरै आशा गरेका थिए, त्यसैले नयाँ पुस्ता निराश थियो। निराशाको सर्वव्यापी परिस्थितिको त्यही संरचनाले नै मेरो बीचारलाई आकार दियो। (more…)