Archive for the ‘Plant and Pictures’ Category

जनकपुर भ्रमण (Visit Janakpur)

नेपालको जनकपुर अञ्चल, धनुषा जिल्ला र सम्भावित मिथिलाञ्चलको प्रमुखकेन्द्र जनकपुरमा लिइएका केही तस्बीर हाम्रा छन् भने अधिकांश तस्बीरहरू अनलाइनबाट उधारो लिइएको छ। यसले जानकी नगरीलाई चिन्न केही सघाउने विश्वास छ।

जनकपुरको रामानन्द चोक स्थित प्रवेशद्वार (more…)

Advertisements

धर्मयुद्ध खण्डकाव्यको विमोचन

पाल्पाली कवि डिल्लीराज अर्यालको नयाँ पुस्तक धर्मुयुद्धविमोचित भई बजारमा आएको छ। नेपालमै जान्छु म, सरिता, रहस्य, रातमा सूर्य दिनमा तारा, ठूले राई/भन्नै पर्यो सुन्नै पर्यो, घोल्कीमा बस्ने रहर जस्ता पुस्तकहरू पश्चात् यो नयाँ खण्डकाब्य प्रकाशित भएको छ। जयदीप फाउण्डेशनबाट प्रकाशित यस पुस्तकको मुल्य रू ५० रहेको छ भने पुस्तकको भूमिका राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्‍नु भएको छ।

पुस्तक विमोचनका क्रममा- दायाँबाट क्रमश: गोपिकृष्ण शर्मा, प्राध्यापक सुवेदी, विष्णु प्रभात र कवि डिल्लीराज अर्याल (तस्बीरहरू: साजन सुवेदी) (more…)

पाल्पा तानसेन भ्रमण : Visit Tansen Palpa

यी तस्बीरहरू पाल्पाअनलाइनसँग सम्बन्धित व्यक्तिहरूले लिएका होइनन्। सबै तस्बीरहरू अनलाइन थिए। धेरै पहिले जब पाल्पाअनलाइनको शुरूवात गर्ने कुरा मेरो दिमागमा थिएन, यी सबै तस्बीरहरू कपी गरेर राखेँ। त्यतिवेला वहाँको नाम र कहाँबाट लिइएको हो भन्ने कुरामा मेरो ध्यान गएन त्यसैले अहिले वहाँको नाम र वहाँले गर्नुभएको सहयोग (तस्बीर लिएर अनलाइन राखेको)का लागि धन्यवाद दिन मात्र सकिन्छ, नाम उल्लेख गर्न सकिँदैन। यदि, यहाँहरू कसैले यी तस्बिरहरू कतै भेट्नु भयो भने वहाँको नाम वा एड्रेस (अनलाइन) उपलब्ध गराइदिनुहोला।

सिद्धबाबाका दुई मन्दिरहरू मध्ये एउटा पाल्पा जिल्लामा र अर्को रूपन्देही जिल्लामा पर्छ। यो मन्दिर पाल्पा र रूपन्देहिको बोर्डर छुट्याउने चिडियाखोलासँग जोडिएको छ र रूपन्देहि जिल्लामा पर्छ। (more…)

प्रकाश ‘गुरा’ र तान्तिङ गाउँ : दीपक अर्याल


भान्सा घरमा, प्रकाश गुरूङ
लेख्‍ने विषयहरू त थिए र छन् तर, संसार नै कस्तो भएछ भने, आफ्नो पक्षमा लेखिएको वा बोलिएको कुरा सुन्ने, पढ्ने वा मन पराउने र आफ्नो विपक्षका आएका उपयुक्त तर्कलाई पनि नमानि दिने। अर्थात्, जसरी होस्, जसले भनेको वा लेखेको होस् त्यो कुरा आफ्नो पक्षमा हुनु पर्ने र आफूलाई वा आफ्नो पक्षलाई राम्रो भनिएको हुनुपर्ने। एउटा मान्यता छ, अरूको तर्क नसुन्ने वा सुने पनि अरूको तर्कलाई नमान्ने र आफूले भनेको कुरा नै उपयुक्त हो भन्ने अहमता प्रदर्शन गर्ने वानी साउथ एशियनहरूमा बढि हुने गर्छ। खासगरी पश्चिमा मुलुकमा दिइने शैक्षिक ज्ञानले Rationality को कुरा गर्छ र गाली गर्नमा होइन, तर्क गर्नमा जोड दिन्छ। तर, कतिपय कमेन्टहरू हेर्दा भने यो मान्यतालाई झुट सावित गर्छ। यसको अर्थ पश्चिमा मुलुकका शिक्षा पाउनेहरू सबैले उक्त व्यवहार अपनाउनु पर्छ र अपनाएका छन् भन्ने पनि छैन र साउथ एसियन हुँदैमा तर्कका आधारमा कमजोर हुन्छन् र उनीहरू तर्कले जित्ने भन्दा पनि अरूले भनेको कुरालाई कुनै कलेवरमा ढालिदिएर जितिदिन्छन् भन्ने पनि होइन। त्यसो त हामीहरूले पनि प्रत्येक तर्कलाई कुनै कलेवरमा ढालिदिएर उक्त तर्कहरूलाई वेकारका बनाइदिन्छौं। जस्तै- ए, त्यो कुरा त बाहुनले भनेको, त्यो कुरा त नेवारले भनेको, अथवा गुरूङले भनेको, मधेशी नेताले भनेको, राजावादीले भनेको वा माओवादीले भनेको। यसरी अरूले गरेको तर्कलाई कुनै जात, क्षेत्र, धर्म वा पार्टीको कलेवर लगाइदिए पछि उसलाई तर्क गरेर जित्नु पर्दैन र उसले भन्दा धेरै पढ्नु वा जान्नु पनि पर्दैन। जनतालाई मुर्ख बनाउने यो भन्दा अन्य उपयुक्त विकल्प हामीसँग छैन। (more…)

खरिढुङ्गादेखि कालिन्चोकसम्मको पैदल यात्रा विवरण

तस्बीरहरू: साजन सुवेदी
काठमाडौंदेखि कालिन्चोक भगवतिको मन्दिरसम्म पुग्नका लागि बसबाट खरिढुङ्गा (दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमाना)बाट उकालो लाग्ने एउटा बाटो हुन सक्छ त्यसो त मकैबारी वा चरिकोटबाट पनि उकालो लाग्न सकिन्छ। हामीहरूको यात्रा काठमाडौंदेखि खरिढुङ्गासम्म बसमा र त्यसपछि करिब ८ घण्टाको पैदलयात्रा हुन्छ। हुन त हिड्न सक्नेहरू करिब ६ घण्टामै उक्त बाटो काट्न सक्छन्। तर, अर्को समस्या के पर्यो भने यो बाटो कम चल्तिको रहेछ। बीचबाटोमा न त मान्छे भेटिन्छन् न त कुनै घरहरू। ८ घण्टा लामो यात्रामा हामीले एउटा चौरि गोठबाहेक अन्य केही फेला पार्न सकेनौं। कुरीमा पुगेपछि भने बस्न खानका लागि प्रशस्त लजहरू रहेछन्। यसमा फोटोहरू मात्र राखिएका छन् यसले नै धेरैकुराहरूको वर्णन गर्ला।

खाडीचौरदेखि मुडे (सिन्धुपाल्चोक)तिरको उकालोमा बसको छतमा यात्रा गर्दै। (more…)