Archive for the ‘Palpali’ Category

नेपालीमा पहिलो पुस्तक

दीपक अर्याल

First Nepali Language book 'The Holy Bible' and Serampur Press
गुटेनवर्ग प्रेसबाट ४२-लाइन बाइबल सन् १४५४ मा प्रकाशन भएपछि संसारमा सबैभन्दा धेरै प्रति मुद्रित, धेरै भाषामा अनुदित तथा वितरित हुने पुस्तकका रूपमा बाइबल प्रसिद्ध छ। नेपालको पछिल्लो जनगणना (२०५८) लाई आधार मान्ने हो भने नेपालमा क्रिश्चियन धर्मावलम्बीको संख्या करिब एक लाख अर्थात् कूल जनसंख्याको ०.४५% छ तर बाइबलको सम्बन्ध भने नेपाली क्रिश्चियन धर्मावलम्बीसँग मात्र होइन ‘नेपाली भाषा र पुस्तक’मा चासो राख्नेथ धेरैसँग जोडिएको छ। जे ए एटनको अ ग्रामर अफ दि नेपलीज ल्याङ्वेज (सन् १८२०) मा प्रयोग भएका शब्द तथा वाक्यहरूलाई छाड्ने हो भने हालसम्म प्राप्त प्रमाणका आधारमा नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक द होली बाइबल हो र यसको प्रकाशन शेरामपुर बापिस्ट मिसन प्रेसबाट सन् १८२१ (विसं १८७८)मा भएको थियो।

सन् १८००मा भारतको कलकत्तामा स्थापित यो प्रेसले बाइबल मात्र होइन साहित्य, ग्रामर, डिक्सनेरी, इतिहासका पुस्तकहरू प्रकाशन गरेको थियो। प्रेसको मूल उद्देश्य लेटर प्रेसको प्रयोग गरेर क्रिश्चियन साहित्यको प्रवर्धन गर्नु भए पनि यसले विस्तारै व्यापारिक काममा हात हाल्यो र भारतका विभिन्नस भाषा, नेपाली, तिब्बती जस्ता ४० मुख्य स्क्रिप्ट तथा २२५ भाषामा विविध खालका सामग्रीहरूको प्रकाशन गर्यो (more…)

Advertisements

डायमन्ड शमशेर राणाको निधन

काठमाडौं, २० फागुन।वरिष्ठ साहित्यकार डायमन्ड शमशेर राणाको ९३ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ। लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित साहित्यकार राणाको दुवै मृगौलाले काम गर्न छाडेपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

रगतमा हेमोग्लोबिनको मात्राको कमि भएपछि राणालाई गत मङ्गलबार अस्पतालमा भर्ना गरिएको थियो। राणा ऐतिहासिक उपन्यासहरु सेतो बाघ, बसन्ती, अनिता, सत्प्रयास लगायतका कृतिका लेखक समेत हुनुहुन्छ। राणाका सेतो बाघ उपन्यास अङग्रजी, जापानिजसहित १२ भाषामा प्रकाशित भएको छ। (more…)

सम्भावनाको मार्गमा एउटा दौड

– डिल्लीराज अर्याल

ताश खेल्ने वा खेलेको हेर्नेका छोराछोरी रुखका पात टिपेर पनि खेल्न शुरु गर्छन्। रक्सी खाएर हिड्ने वा उसका छिमेकीका छोराछोरी गिलासमा पानी राखेर पनि रक्सी खाएको अभिनय गर्छन्। यस्तो अभिनयले कैयौं कैयौंलाई कलाकार बनाइदिने गरेको छ। कतिपयले भने मुख्य पात्रको चरित्रबाट वाक्क भएर, तिनका परिवारले भोगेका पीडा, पिएका आँसुबाट दुःखित भएर रक्सी ताशप्रति वितृष्णा जागेका भाव ब्यक्त गरेका पनि पाइन्छन्।

जीवनको भोगाइ दुःख-सुख र राम्रा-नराम्रा दुवै खाले हुन्छन्। त्यस्ता भोगाइमा आफ्ना कमी कमजोरीलाई सम्झने र देखाउने कुरा छन् भने नरमाइलो मान्नुपर्ने केही छैन तर कतिपयले त्यसो गर्दैनन्। उनीहरूको अभिप्राय जे भए पनि त्यस्ता कुराको विवेचना गर्नु मेरो अभिप्राय पनि हुने हुनाले आफ्नो कमजोरीलाई पनि देखाउनु राम्रै लाग्छ। त्यसैले मैले त्यस्तो कमजोरी पनि लेख्ने र देखाउने गरेको छु। (more…)

मेरा नजरमा ‘आमा म र पाल्पा’भित्रका सन्दर्भहरू

कमलराज रेग्मीद्वारा लिखित पुस्तक "आमा, म र पाल्पा"को आवरण पृष्ठ

-डिल्लीराज अर्याल

पाल्पामा जन्मिएर त्यसकै सेरोफेरो हुँदै राष्ट्रिय पहिचान बनाइसकेका वयोवृद्ध व्यक्तित्व हुन् – कमलराज रेग्मी।त्यसो त उनको व्यक्तित्वको एउटै पाटो छैन तर पनि अहिलेसम्मको खास पहिचानको पाटो भने राजनीति नै रहेको छ। तानसेन १ मेहल्धारामा विसं१९८३मा जन्मेका रेग्मीले जीवनको उत्तरार्द्धतिर आएर अतीतको सम्झनालाई लिपिबद्ध गरेका छन्।त्यही शृङ्खलाको नतिजा हो – “आमा, म र पाल्पा” संस्मरणात्मक कृति।यसरी राजनीति र संघर्षबाट परिचित कमलराजको व्यक्तित्वको अर्को पाटो साहित्य बनेको छ।

वाङ्मय प्रज्ञाप्रतिष्ठान पाल्पाद्वारा प्रकाशित उनको संस्मरणसंग्रह “आमा, म र पाल्पा “ यही सेरोफेरोलाई उजागर गर्ने कृतिका रूपमा देखा परेको छ। आमाको काख, मावल, सँगीसाथी र घरपरिवारकै सेरोफेरोमा रुमल्लिएको उनको जीवनयात्रा कसरी एउटा संघर्षशील रूपमा रुपान्तरित भयो? समयक्रममा कसरी पञ्चायतको सेरोफेरोमा पुगेर पनि वामपन्थकै निकट रहने अभ्यास गर्‍‍‍‍‍‍यो र गर्दैछ? भन्ने कुरामा आधारित यो पुस्तक नेपाली राजनीतिलाई पृष्ठभूमि बनाएको संस्मरण-संग्रह हो।

डा‌‍.‍ प्रकाश रेग्मीद्वारा सम्पादित, करिब २७४‌+१२पृष्ठ आयाममा विस्तारित यो पुस्तकमा २४ संस्मरणात्मक लेख,१कविता बाहेक अनुसूचिहरू, केही ऐतिहासिक फोटा र कागजपत्रहरूसमेत छन्। त्यस्तै प्रसङ्गवश आएको सहयात्री ईश्वरीप्रसाद आचार्यको कविता, नेपाली भाषाका विद्वान् डा चूडामणि बन्धु, प्रगतिशील लेखक विष्णु प्रभात, राजनीतिज्ञ मोहन विक्रम सिँह र यज्ञेश्वर निरौलाका मन्तव्यहरू पनि समावेश गरिएका छन् ।

पुस्तकको मुख्य अंश लेखकले देखे-भोगेका, व्यहोरेका र आफू सम्मिलित गतिविधिको संक्षिप्त चर्चा, बाल्यकाल, परिवार, नालनाता, मावली आदिमा केन्द्रित छन्। साथै राजनीतिक चेतनाको प्रारम्भ, काठमाण्डौँ प्रवेश, जयतु संस्कृतम् आन्दोलन, बनारसयात्रा, नेपाल आगमन, २००७ सालको आन्दोलन, त्यसमा खासगरी पाल्पामा गरेका संघर्ष लगायत विविध ठाउँ, घटना र अनेकौँ व्यक्तिसँगको सम्बन्धकेन्द्रित रहेको छ। (more…)

वैकल्पिक मिडिया परम्परा: पुस्तक समीक्षा (Developing Alternative Media Traditions in Nepal)

Developing Alternative Media Traditions in Nepal, by Michael Wilmore. Martin Chautari, 2009.

दीपक
ग्लोबल मिडिया र संञ्चार क्षेत्रको चर्चा चलिरहँदा र त्यससँग सम्बन्धीत अध्ययन-अनुसन्धानको काममा व्यापकता आउँदा स्थानीय मिडियाको बारेमा चर्चा गर्नु र त्यसको विषयमा अध्ययन हुनु केही नौलो लाग्न सक्छ तर स्थानीय मिडियाको महत्त्व तथा स्थानीय स्तरमा यसले पारेको प्रभाव र असर तथा यस खालका मिडिया शुरू हुनुका पछाडि रहेको राजनीतिक, सांस्कृतिक वा ऐतिहासिक पृष्ठभुमिहरूका विषयमा पनि चर्चा गर्दै माइकल विलमोरको पुस्तक “Developing Alternative Media Tradition in Nepal” प्रकाशित भएको छ। Lexington Books बाट सन् २००८ सालमा प्रकाशित भएको यस पुस्तक दक्षीण एसिया क्षेत्रका लागि २००९ मा मार्टिन चौतारीबाट प्रकाशित भयो। विलमोरको ‘मिडिया इथ्नोग्राफी’ पाल्पा जिल्लास्थित तानसेन बजारमा सञ्चालित स्थानीय टेलिभिजन रत्न केवलसँग सम्बन्धित छ। सोसल एन्थ्रोपोलोजी युनिभर्सिटी अफ लण्डन अन्तर्गत विद्यावारिधी गर्ने क्रममा गरिएको अनुसन्धान नै यस पुस्तकको मुख्य आधार हो। सन् १९९५ सेप्टेम्बर देखि १९९६ सेप्टेम्बर (२०५२/२०५३)का बीचको एकवर्षमा गरिएको फिल्ड भिजिटका आधारमा यो अध्ययन भएको छ। (more…)

त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)

धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु केही महत्त्वपूर्ण काममा सहभागी हुन पाइयो। (more…)

पानी मरुवा पाल्पालीहरू : कपुर ज्ञवाली

दृष्टि साप्ताहिकमा प्रकाशित यस लेखमा कतिपय नामहरू अशुद्ध रहेका छन् भने ऋषिकेष शाह, राजेश हमाल, धिरेन्द्र शाक्य, देव राना, गुरूप्रसाद मैनाली, चुडामणि बन्धु, हिरामणी शर्मा, दर्लामी मास्टर, ह्रृदयस त्रिपाठी, डा भवेश्वर पंगेनी, काली प्रसाद रिजाल लगायत पाल्पासँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने अन्य थुप्रै व्यक्तिहरूको नाम छुटेको छन्। एउटा लेखमा सबै कुराहरू समावेश गर्न पनि सम्भव हुँदैन भन्ने कुरा यहाँहरूले मनन गरिदिनु होला। यसबाहेक, केही जानकारीहरू अनुसन्धान अभावका कारणले होलान्, पूर्णत गलत छन्। त्यसैगरि लेखका केही वाक्यले मगर समुदायप्रति सम्मान नगरे जस्तो लाग्यो र त्यसलाई सम्पादन गरेका छौं। तथापि, यस लेखको मर्म र हामीहरूको मर्म मिल्न गएकोले यो लेख राखेका छौं। यहाँहरूको प्रतिकृया र यस लेखमा समावेश नहुनु भएका अन्य महानुभावहरूको नामको अपेक्षा राख्दछौं। – सम्पादक मण्डल

एक पाल्पाली गाउँले ठिटो वनमा गाई चराइरहेको छ। वरपिपलको चौतारीमा थाप्लामा हात राखेर ऊ आजको पाल्पाको नियती सोचिरहेको छ। उसको मन त्यतिबेला कटक्क दुःख्न थाल्छ, जब उसले माओवादीले ध्वस्त पारेको तानसेनको भग्नावशेष देख्छ। प्र्रताप शमसेर र रुद्र शमसेरहरुलाई सम्झदै ऊ मनमनै बात मार्न थाल्छ– ‘अहो, सानो काठमाडौंझैं थियो पाल्पाअसन टोल, भिमसेन टोल, बसन्तपुर, भगवती टोल, ठाडो गल्ली मखन आदि। तर आज म जस्तै उराठ छ पाल्पा। (more…)