Archive for the ‘Madanpokhara’ Category

सम्भावनाको मार्गमा एउटा दौड

– डिल्लीराज अर्याल

ताश खेल्ने वा खेलेको हेर्नेका छोराछोरी रुखका पात टिपेर पनि खेल्न शुरु गर्छन्। रक्सी खाएर हिड्ने वा उसका छिमेकीका छोराछोरी गिलासमा पानी राखेर पनि रक्सी खाएको अभिनय गर्छन्। यस्तो अभिनयले कैयौं कैयौंलाई कलाकार बनाइदिने गरेको छ। कतिपयले भने मुख्य पात्रको चरित्रबाट वाक्क भएर, तिनका परिवारले भोगेका पीडा, पिएका आँसुबाट दुःखित भएर रक्सी ताशप्रति वितृष्णा जागेका भाव ब्यक्त गरेका पनि पाइन्छन्।

जीवनको भोगाइ दुःख-सुख र राम्रा-नराम्रा दुवै खाले हुन्छन्। त्यस्ता भोगाइमा आफ्ना कमी कमजोरीलाई सम्झने र देखाउने कुरा छन् भने नरमाइलो मान्नुपर्ने केही छैन तर कतिपयले त्यसो गर्दैनन्। उनीहरूको अभिप्राय जे भए पनि त्यस्ता कुराको विवेचना गर्नु मेरो अभिप्राय पनि हुने हुनाले आफ्नो कमजोरीलाई पनि देखाउनु राम्रै लाग्छ। त्यसैले मैले त्यस्तो कमजोरी पनि लेख्ने र देखाउने गरेको छु। (more…)

बेडुलो, दर्शन र बुद्धत्व : डिल्लीराज अर्याल

हाम्रा गाउँघरतिर दशैं तिहारका वेला घर-गोठ र बाटाघाटाहरू सिंगार्ने परम्परा पुरानो हो। धेरैजसो गाउँ र शहरमा यो परम्परा अद्यापि छ तर यसको पूर्वस्वरूप र त्यसमा अन्तर्निहित आस्था र विश्वासमा भने परिवर्तन आएको छ। घर-गोठलाई पवित्र र सुन्दर बनाएर धार्मिक एवं साँस्कृतिक पर्वहरू मनाउने, पूजा-आराधना गर्ने, परम्परामा फरक रूप देखिए पनि सिङ्गै रूपरेखा भने बदलिएको छैन।
मैले श्राद्ध तिथि, औंसी र दशैंमा घर-आँगन अनिवार्य रूपले लिप्ने गरेको देखेको हुँ। पूरै नसके पनि खास खास भाग त दैनिक लिप्ने हाम्रो परम्परा नै रहेकोले धेरैले देखे होलान् तर पुराना परम्परा र संस्कारहरूको नयाँ मान्यता र सुख सुविधासँग समन्वय हुँदै गएकाले अब हिजोका मान्यता, क्रियाकलाप, व्यवहार र भावनामा भिन्नता समेत देखा पर्न थालेको छ।

(more…)

जदौ बुहारी साहेब! : डिल्लीराज अर्याल

उत्तरतिर नजिकमा माडी फाँट र त्यसलाई अविरल रुपमा सिञ्चन गर्दै र बेलावेलामा पाँगो भरेर उर्बर बनाउने नदीहरू देखिने मेरो जन्मस्थल प्राकृतिक दृष्टिले मनोरम छ। नजिकका दृश्यहरूमा माडीफाँटका वरिपरि उठेका डाँडापाखा र तिनका बीचबीचमा बसेका सुन्दर गाउँबस्ती, उत्तरतिर तानसेन, पूर्वतिर आर्यभञ्याङ आदि शहर बजारको रमाइलो पनि देखिन्छ। हिमश्रृङ्खलाको रमाइलो त भन्नै पर्दैन। नीलगिरी, धवलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण लगायतका नामै नजानेका प्रशस्त हिम-श्रृङ्खला जतासुकैबाट देखिन्छ।
हुनत अँधेरीको डरलाग्दो पहरो, कोर्केढिकको डरलाग्दो पखेरो, पोषतिरको भर्ल्यान जस्ता डरलाग्दा पखेरा र तिनको डरलाग्दो रूप मैले नजिकैबाट अनुभव गरेको छु तर पनि सुन्दरताको राशमा ती असुन्दरताहरू हराउने गरेका छन्। हाम्रो घर एकान्तमै पर्छ। एकान्तमै परे पनि सम्पर्क विहीन छैन। नेवार बस्तीका बीच भए पनि जातिपातिका हिसाबले सम्पन्न यस गाउँमा मगरहरूको बाहुल्य छ। बाहुल्यका हिसाबले भन्दा विविधताका हिसाबले भन्नु पर्दा मगर बाहेक बाहुन, नेवार, कुमाल, दमाई, कामी, सार्की लगायतका जातिहरुको बसोवास छ।
(more…)