Archive for the ‘Literature’ Category

डायमन्ड शमशेर राणाको निधन

काठमाडौं, २० फागुन।वरिष्ठ साहित्यकार डायमन्ड शमशेर राणाको ९३ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ। लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित साहित्यकार राणाको दुवै मृगौलाले काम गर्न छाडेपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

रगतमा हेमोग्लोबिनको मात्राको कमि भएपछि राणालाई गत मङ्गलबार अस्पतालमा भर्ना गरिएको थियो। राणा ऐतिहासिक उपन्यासहरु सेतो बाघ, बसन्ती, अनिता, सत्प्रयास लगायतका कृतिका लेखक समेत हुनुहुन्छ। राणाका सेतो बाघ उपन्यास अङग्रजी, जापानिजसहित १२ भाषामा प्रकाशित भएको छ। (more…)

Advertisements

सम्भावनाको मार्गमा एउटा दौड

– डिल्लीराज अर्याल

ताश खेल्ने वा खेलेको हेर्नेका छोराछोरी रुखका पात टिपेर पनि खेल्न शुरु गर्छन्। रक्सी खाएर हिड्ने वा उसका छिमेकीका छोराछोरी गिलासमा पानी राखेर पनि रक्सी खाएको अभिनय गर्छन्। यस्तो अभिनयले कैयौं कैयौंलाई कलाकार बनाइदिने गरेको छ। कतिपयले भने मुख्य पात्रको चरित्रबाट वाक्क भएर, तिनका परिवारले भोगेका पीडा, पिएका आँसुबाट दुःखित भएर रक्सी ताशप्रति वितृष्णा जागेका भाव ब्यक्त गरेका पनि पाइन्छन्।

जीवनको भोगाइ दुःख-सुख र राम्रा-नराम्रा दुवै खाले हुन्छन्। त्यस्ता भोगाइमा आफ्ना कमी कमजोरीलाई सम्झने र देखाउने कुरा छन् भने नरमाइलो मान्नुपर्ने केही छैन तर कतिपयले त्यसो गर्दैनन्। उनीहरूको अभिप्राय जे भए पनि त्यस्ता कुराको विवेचना गर्नु मेरो अभिप्राय पनि हुने हुनाले आफ्नो कमजोरीलाई पनि देखाउनु राम्रै लाग्छ। त्यसैले मैले त्यस्तो कमजोरी पनि लेख्ने र देखाउने गरेको छु। (more…)

मसलाको बोट : कमल दीक्षित

निबन्ध लेख्‍नलाई मलाई विषय चाहिन्छ।विषय नचाहिने त कल्लाई होला र निबन्ध लेख्दा।तर मलाई चाहिं खाश ‘सब्जेक्ट’’नै चाहिन्छ, विशेषाङ्कहरूको किटिएको विषय, त्यसमाथि सम्पादकहरूले घरी घरी घच्घच्याइराख्‍नु पर्छ अनि निबन्ध जन्मन्छ मेरो।यस पालिको धर्मसंकटमा मैले यी कुनै सुविधा पाइन।सम्पादकले विषय पनि दिएनन्, ताकिता गर्ने पनि कोही भएनन्।विषयै नभई निबन्ध लेख्‍न सक्ने बहादुरहरू हाम्रोमा नभएका होइनन्।कवि-गुरु देवकोटाले मसलाको बोटले के हेर्छ भनेर त एउटा निबन्ध लेखिदिनुभएको छ भने…।उसो भए म पनि त्यै मसलाको बोटबाट शुरू गरूँ?त त्यसै गरूँ क्यारे! (more…)

विश्वास गर दशैं आउँछ

डिल्लीराज अर्याल

१ विश्वास गर दशैं आउँछ
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?
आमा तपाईं त भन्नुहुन्थ्यो
सबै बारी जोतेर रातै बनाएपछि
घर आँगन लिपेर सफा गराएपछि
बाटाघाटा खनेर राम्रा बनाएपछि
आकाशमा मालचरा आउँछन्
कर्‍याङ कुरुङको आवाजमा दशैं बोलाउँछन्
खै तपाईंले भने झै त भएको देखिएन
मालचरा आएको पनि देखिएन
खर काटेर बारीका पीङ पनि बाटिएन
वाँस काटेर घारीका लिंगा पनि गाडिएन
सधैं आउने हाम्रो दशैं अझै आएन ।
हो बाबु,यस पटक यस्तै यस्तै भएको छ ,
घरघरमा असन्तोष फैलिएको छ
लिपपोत गरेर घर सिंगार्ने सोचै छैन
बाटाघाटा खन्न जाने खोजै छैन
यस्ता बेलामा कसरी आउँथ्यो दशैं ?
आउने बाटो नै बनेको छैन,
खन्नु पर्नेले कतै खनेकै छैन ।
बाबु,दशैं आउन त शरद् ऋतु आउनुपर्छ,
सुन्दर फूलले वाग सजाउनुपर्छ
बाटाघाटा,घरआँगन सजाउन श्रम लगाउनुपर्छ
प्रकृतिले जतासुकै सुन्दरता फिंजाउनुपर्छ,
मान्छेको मनमा उज्यालो छाउनुपर्छ
आकाश हेर न अझै उघ्रेकै छैन
कालो बादल मडारिन छाडेकै छैन
बस्ती उजाड पार्ने बाढी मच्चिन छाडेकै छैन
झाडीमा श्याल कराउन छाडेकै छैन
मीठोआवाजमा मालचरा कराउन थालेकै छैन।
तिम्रा शिरमा जमरा घुसारेर
निधार राता अक्षताले सिंगारेर
मान्य जनका आशीर्वादमा
राम्राराम्रा कपडामा सजिएर
र मीठा खानेकुरा लिएर दशैं आउन करै लाग्छ
तर पर्खेर हेर र विचार गर,
दशैं आउन समय त लाग्छ लाग्छ
किनकि दशैं आउन कालो बादल फाट्नुपर्छ
गड्गडाएर बग्ने बाढीको बेग घट्नुपर्छ
र आकाश नीलो हुने गरी उघ्रनुपर्छ
त्यसका लागि सुन्दर वातावरण त बन्नैपर्छ
स्वच्छ शरद् त आउनैपर्छ
त्यसका लागि पनि केही समय त लाग्छ लाग्छ ।
त्यसैले पनि धैर्य र विश्वास गर
एकदिन यो आकाश निश्चितरूपले उघ्रनेछ
वरिपरिको वातावरण सुध्रनेछ,
घरहरूका भित्ता थरीथरीका रङले सजाइनेछ,
घरघरमा रमाइलो मनाइनेछ
आकाशमा उड्दाउड्दै मालचराको हूलले
तिमीलाई मीठो गीत सुनाउनेछ
र फेरि तिमी हामीले खोजेको दशैं आउनेछ
दशैंताका तानसेनबाट देखिने माँडीफाँटको दृश्य

दशैंताका तानसेनबाट देखिने माँडीफाँटको दृश्य

आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?

(more…)

समास भन्दा विग्रह जाती : डिल्लीराज अर्याल

तपाईंको र मेरो भेट भएको छैन। म एकातिर छु तपाईं अर्कातिर। कोण फरक छ, दृष्टिकोण फरक छ। भेटघाट हुनुपर्ने हो तर भेट भए पनि घाट भएको छैन। घाट भैहालेछ भने पनि भेट हुनेछैन। भेटघाटको आधा मात्रै हुने गरेको छ।

तपार्इंलाई देख्न मन लाग्छ। यसो हेर्छु तर देख्दिनँ। हुनत देखभाल गर्नुपर्ने हो तर भाल हुन्छ, देख हुन्न। देख भएछ भने भाल हुनेछैन, अर्थात् भेट र घाटको आधा मात्र भए झैं देख र भालको पनि आधा मात्र हुन्छ। देश यस्तै भएको छ। हरेक क्षेत्र यस्तै भएर गएका छन्। सबै कुरामा आधा मात्र रहेको देखिएको छ। पूरा हुने, गर्ने कुरामा बाधा छ। (more…)

जाबो दरबार, भान्छे र पियनको दरबार : डिल्लीराज अर्याल

पहिले पहिले देशबन्धुको मनमा अचम्मको उत्कण्ठा जाग्ने गर्थ्यो। जताजता घुम्न पाइन्छ त्यतै त्यतै घुम्न जाने र घुम्दा देखे, सुनेका कुरामा तर्क गर्ने, नजानेका कुरामा जिज्ञासा पोख्ने जस्ता विषयमा उकत्ण्ठा हने गर्थ्यो। देशभित्र मात्र होइन, विदेश घुम्ने रहर पनि हुन्थ्यो। उसको त्यो रहर राम्ररी ती उत्कण्ठा कहिल्यै पूरा हुन पाएनन्। रहर पूरा गर्न नपाउनुको कारण उसलाई थाहा छ त्यसैले चाहँदाचाहँदै पनि उसले खैंचिएर बस्नु परेकोले पनि यो गुनासो कसैसँग पोख्ने गरेको छैन। नघुमेकै पनि होइन, खालि सोचे अनुसार भएन भन्ने मात्र हो। ऊ पढैया होइन र बन्न पनि चाहेन। त्यसैले पढ्न स्कूलतिर लाग्नुभन्दा गाई गोरु फुकाएर महारातिर जान मन लाग्थ्यो। चराउने नाममा चउरतिर वा खेततिर लगेर गाइगोरु जुधाउन मन लाग्थ्यो। यदाकदा केटा उफार्ने र लहैलहैमा हिडाउनेहरूका सुरमा लागेर गाउँ डुलेर पनि हिड्थ्यो। त्यसो गर्न पाउँदा रमाउँथ्यो पनि। (more…)

विश्वास गर दशैं आउँछ : डिल्लीराज अर्याल

तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।

आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन? (more…)