Archive for the ‘Gulmi’ Category

रमणीय रेसुङ्गा

मुकेश पोखरेल

गाई पाल्ने गोपाल र साधु-सन्तहरूको बास छ यो शिखरमा। प्राचीन युगमा ऋषिहरूले तपस्या गरेको मानिन्छ, जसका कारण यसको नाम रेसुङ्गा रहन गयो। समुन्द्र सतहदेखि १७०० मिटर उँचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका एघार गाविसमा पर्छ। रेसुङ्गा क्षेत्रलाई पर्वतीय घुमफिरका लागि उपयुक्त गन्तव्य मान्न सकिन्छ।

रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजिकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरिको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ। अझ्ै फागुनदेखि चैतको समयमा पुग्नुभयो भने त डाँडाभरि लाली छर्ने गुराँसले तपाईको स्वागत गर्ने छन्। (more…)

कांग्रेस र कम्युनिष्टहरू: पञ्चायत कालमा दुर्गम जिल्लाको राजनैतिक पहिचान

– फिलिप रामिरेज (Phillippe Ramirez)

नेपालका दुर्गम भू-भागहरूको भ्रमण गर्दा यो गाउँ ‘कम्युनिष्ट’ र त्यो गाउँ ‘कांग्रेस’ भनेर औंल्याउने गरेको पाइन्छ। गाउँहरूलाई चिनाउन प्रयोगमा ल्याइने यस प्रकारका राजनैतिक परिचयहरू आफैमा कत्तिको सार्थक र सापेक्ष छन्? कुन हिसावमा गाउँहरूलाई एउटा खास राजनैतिक पार्टीसँग आवद्ध भएको निर्क्‍योल गरिन्छ? अर्घाखाँची जिल्लाको वि.सं. २०४७ सम्मको राजनैतिक इतिहासलाई केलाउँदै मूलत: यिनै प्रश्‍नहरूलाई प्रष्ट पार्ने जमर्को गर्न चाहन्छु। स्मरण रहोस् यस लेखमा प्रस्तुत गरिएका तथ्यहरू वि.सं. २०४३-२०४७ बीचमा गरिएको अनुसन्धानमा आधारित छन्। यो, पञ्‍चायत कालको पछिल्लो समय थियो जतिखेर राजनैतिक पार्टीका गतिविधिहरू खुला रूपमा सञ्‍चालन गर्न बन्देज थियो (यहाँ वर्णन गरिएको अवस्था पञ्‍चायत कालमा नेपालको स्थानीय राजनीतिमा पाइने तर मानवशास्त्रका दुर्लभ पक्षहरूसँग सम्बन्धित हुन सक्छन्। इशी, १९८६ र बोर्गस्ट्रोम, १९८०)। यो कुरा प्रष्ट छ वि.सं. २०४६मा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र त्यस पछि सुरू भएको माओवादी विद्रोहले जिल्लाका स्थानीय राजनैतिक वास्तविकता र स्वरुपहरू सशक्त रूपमै प्रभावित भएका हुन सक्छन्। (more…)

प्रजातान्त्रिक आन्दोलनका योद्धा मोहन सिंह थापा : डिल्लीराज अर्याल

केही व्यक्ति र घटनाहरू यस्ता हुन्छन् जसलाई जति बिर्सन खोज्यो त्यत्ति संझिइन्छ। भित्रभित्र संझनाका भिन्नभिन्न चित्रहरू कोरिएका हुन्छन् जसको बेलाबेलामा संझना आइरहन्छ। जसको संझना आउँछ उसको चर्चा हुन्छ गफमा, लेखमा, गीतमा, कवितामा कुनै न कुनै कुरामा आउँछ नै। दुःख र पीडा विर्सन खोजेर पनि बिर्सिइन्न। अभाव कति दिन लुकाउन सकिन्छ र? जीवनमा धेरै मान्छेको सरसंगत भएको छ। आदानप्रदानदेखि बोलीचाली, गफगाफ, बरव्यवहार भएका थुप्रै मान्छेका चित्रहरू मेरा मनमा छन्। सबै भन्दा अगाडि अघिल्ला लाइनमा त्यसपछि क्रमशः अरुअरु होलान्। थुप्रैका होलान् तर पनि सबैका छन् र हुनैपर्छ भन्ने छैन। एउटाको फोटो खिच्दा नजिकै भएका अरुको आउनु अस्वाभाविक हँदैन तर आवश्यकता र महत्व त त्यसकै हुन्छ जसको फोटो खिच्न लागिएको हुन्छ। (more…)

ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा : डिल्लीराज अर्याल

पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र आजको मान्छेलाई सन्तुष्टि मिल्दैन बरू उसले पुराना कुराको खोज गर्न, त्यसबाट गौरववोध गर्न र उत्प्रेरित भएर अघि बढ्न चाहन्छ। ऐतिहासिक तथ्यलाई वुझेर नयाँ जीवन दर्शनसित अघि बढ्ने सोचको विकास गर्न चाहन्छ।

(more…)