Archive for the ‘Development’ Category

With an eye on the footpath

Deepak Aryal, From Himal SouthAsian (May 2011)

Publishing in Nepal is generally thought to have begun when Jang Bahadur Rana, the founder of the Rana clan that would rule the country for close to a century, brought back a printer from a visit to Europe in 1850. However, much earlier than that, in 1821, the Mission Press in Serampore, in modern-day West Bengal, had published a Nepali-language translation of the Bible. In Nepal though, several books were printed only in the 1860s, among them the Muluki Ain (the Civil Code), and some translated versions of British military manuals, probably printed on the same press that Prime Minister Jang brought from England. Either way, these three factors would set the tone for Nepali publishing trends for the next two centuries: that the industry started with legal and military documents (implying government control over publishing), that it was in the Nepali language or translations into it, and that an important component of Nepali publishing took place in India. (more…)

Advertisements

विश्वास जगाऊ

गएको महिना चारदिने नेपाल भ्रमणमा आएकी सन् २००९ मा अर्थशास्त्रमा नोवल पुरस्कार विजेता एलिनोर अस्ट्रमसँग नेपालको ऐतिहासिक रूपले सफल सामुदायिक स्रोत व्यवस्थापन प्रणालीबारे कनकमणि दीक्षितले गरेको कुराकानी।

जल, जङ्गललगायतका साझा स्रोतको व्यवस्थापन आदिकालदेखि हुदै आएको भए पनि नेपालमा सफलताहरूको यथोचित कदर हुनसकेको छैन। स्थानीय स्वशासन मृतप्रायः छ। सामुदायिक वनसमेत आलोचित बन्दैछ। लाग्छ, हाम्रा नीति-निर्माता र विचार निर्माताहरूमध्ये केही विगतका आफ्नै सफलतालाई देख्यानदेख्यै गरिरहेका छन्।
त्यस्तो लाग्नु अस्वाभाविक हैन। त्यसैले त विश्वभरका विद्वानहरूलाई दैनन्दिन खेती गर्ने किसान, माछा मार्ने माझ्ी र वन व्यवस्थापन गर्ने उपभोक्ताहरूले स्रोतको अति दोहन गर्छन् भन्ने कल्पना गर्न गाह्रो भएन र सन् १९६८ मा ग्यारेट हार्डिनले आफ्नो लेखमा गरेको जनसाधारणको विपत्ति (दि ट्र्याजेडी अफ कमन्स्) को चर्चाले त्यत्रो महत्व पायो। तर, नेपालमा समुदायहरूले गजबको काम गरेको इतिहास छ। मानिसहरू प्रायः बजार वा राज्यले दिने समाधानका कुरा गर्छन्, जुन स्रोतहरूको निजीकरण वा तिनमा राज्यको पूरै नियन्त्रण हो। तर, नेपालमा स्रोत व्यवस्थापनको स्थानीय परिपाटीलाई बिर्सनु हुँदैन। यसरी हेर्दा विज्ञानसँगै रैथाने ज्ञानको उपयोग गर्नैपर्छ। (more…)

प्रोत्साहित र प्रेरित हुन नसकेको हाम्रो सीप: डिल्लीराज अर्याल

तामाको गाग्री बनाउने हातमा जुन सीप छ त्यही सीप काँसका थाली र करुवा बनाउनेका हातमा पनि छन्। वन–जङ्गलमा घाँस दाउरा र मेलापात गर्दा गीत गाउनेमा देखिने कला रेडियो टी भी मा समाचार पढ्ने वा गीत गाउनेमा पनि छ। सीप, हुँक्का र नलीमा बुट्टा बनाउने हातमा र घरबुनादेखि घरेलु उत्पादन गर्न तम्तयार बनेका हातमा पनि छ। सीप र जाँगर हुने हातले काम गरेका गर्‍यै छन् तर देशको उन्नति जुन गतिमा हुनुपर्ने हो त्यही गतिमा भएको आभाष भएको छैन। श्रम गर्ने र सीप हुनेहरूको दिन आएको अनुभव भएकै छैन। त्यसैले त होला―’बारी रुखो मल हालुँला कर्मै रुखो क्यारुँ’ भनेर लोक भाकामा निराशाका गीत गाउने गरेका नेपाली गायकहरूले।

यसो भएतापनि नेपालीहरूका मनमष्तिष्कमा भोजपुरको खुकुरीले ठाउँ पाएकै छ। त्यही खुकुरीले वीरताको गौरव आर्जेका नेपालीले विश्वयुद्ध लडे, जिते, आफुले नाम कमाए र देशको सान बढाए। त्यसैले खुकुरीको प्रशंसामा लेखियो―’जर्मन जाउँकि जापान जाऊँ जतासुकै जाउँ विदेशीले जिभ्रो टोक्छन् सुन्दै मेरो नाउँ ‘।  खुकरीको नाम भयो तर नेपालीले खुकुरी बनाउने सीपको महत्व बुझेनन्। नेपालीको सरकारले वुझेन, प्रतिनिधिले वुझेनन् र त हाम्रो सीपले फस्टिने मौका पाएन, विकसित हुने अवसर पाएन। (more…)

Surrounding Kathmandu Valley

थानकोटबाट चित्लाङतर्फ लाग्ने उकालो मोटरबाटो। त्यसो त काठमाडौं छिर्ने ऐतिहासिक बाटोको अस्तित्व पनि बाँकी नै छ जसबाट हिड्दा यो मोटरेबाटो भन्दा छिटो हुन्छ।

थानकोटबाट चित्लाङतर्फ लाग्ने उकालो मोटरबाटो। त्यसो त काठमाडौं छिर्ने ऐतिहासिक बाटोको अस्तित्व पनि बाँकी नै छ जसबाट हिड्दा यो मोटरेबाटो भन्दा छिटो हुन्छ।

(more…)

पाल्पा र पर्यटनको लुकामारी : विनय कसजू

सिद्धार्थ राजमार्गको तानसेन र बुटवलको बीचमा पर्ने कालिमाटीको ठीक पारीपट्टि खोलापारिको डाँडामा हरियो वनको माझमा अचेल एउटा रमाइलो बस्ती देखिन थालेको छ। वनभित्र पर्यटक बस्ने घर र वनमा घुम्नका लागि घोडाहरु राजमार्गबाटै देखिन्छन्। अनि राजमार्गको छेउको संकेत पाटीले त्यो नयाँ रिसोर्ट (रमाइलो विश्रामस्थल) को परिचय गराउँछ : गोर्खा गाउँ हर्स स्टेबल्स, मदनपोखरा, कालिमाटी, पाल्पा। टाढाबाट हेर्दा जंगलमा मंगल भनेको यही हो कि जस्तो लाग्छ। राजमार्गबाट रिसोर्टसम्म पुग्ने मोटरबाटो र खोलामा सानो तर मोटर जानसक्ने काठे पुल पनि छ। खोलाको पानी यति सङ्लो छ कि माथि बाटोबाटै पानीभित्र खेलिरहेका माछा देखिएलाजस्तो लाग्छ। रिसोर्टको बास, घोडामा वनको घुमाइ अनि दिनभरि खोलामा खेल्नु कति रमाइलो होला? काठमाडौँ नफर्की नहुने बाध्यता नभएको भए त्यहीँ नै गाडीबाट ओर्लेर जाउँ जस्तो लागेको थियो। (more…)

हिलस्टेसन तानसेन : शम्भु श्रेष्ठ

के गाउँ के शहर, जताततै अहिले महोत्सवको मौसम छ। कतै उद्योग, कृषि महोत्सव त कतै पर्यटन, उद्योग आदि। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यो राम्रो अवसर भए पनि कुन ठाउँमा कहिले के महोत्सव मनाउने भन्ने कुराको पहिचान हुन नसक्दा महोत्सव शब्द हलुको भएको छ। पाल्पा, तानसेनले शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाउन थालेको झन्डै तीस वर्ष भयो। यो तीस वर्षमा तानसेनमा कतिवटा पर्यटकीय होटल खुले, कतिवटा अस्पताल थपिए र कतिवटा मेडिकल कलेज, विश्वविद्यालय खुले भन्ने कुरा सिंहावलोकन गर्नु जरुरी छ। विकासका हिसाबले तीस वर्ष भनेको चानेचुने कुरा होइन। तर मलाई लाग्छ, यो तीस वर्षमा पाल्पाले उपयुक्त क्षेत्रमा उल्लेख्य विकास गर्न सकेन। किन? यस प्रश्नको जवाफ नखोजी फेरि त्यही पुरानो नारा रटेर मात्र पाल्पाको विकास सम्भव छैन। (more…)

प्रकाश ‘गुरा’ र तान्तिङ गाउँ : दीपक अर्याल


भान्सा घरमा, प्रकाश गुरूङ
लेख्‍ने विषयहरू त थिए र छन् तर, संसार नै कस्तो भएछ भने, आफ्नो पक्षमा लेखिएको वा बोलिएको कुरा सुन्ने, पढ्ने वा मन पराउने र आफ्नो विपक्षका आएका उपयुक्त तर्कलाई पनि नमानि दिने। अर्थात्, जसरी होस्, जसले भनेको वा लेखेको होस् त्यो कुरा आफ्नो पक्षमा हुनु पर्ने र आफूलाई वा आफ्नो पक्षलाई राम्रो भनिएको हुनुपर्ने। एउटा मान्यता छ, अरूको तर्क नसुन्ने वा सुने पनि अरूको तर्कलाई नमान्ने र आफूले भनेको कुरा नै उपयुक्त हो भन्ने अहमता प्रदर्शन गर्ने वानी साउथ एशियनहरूमा बढि हुने गर्छ। खासगरी पश्चिमा मुलुकमा दिइने शैक्षिक ज्ञानले Rationality को कुरा गर्छ र गाली गर्नमा होइन, तर्क गर्नमा जोड दिन्छ। तर, कतिपय कमेन्टहरू हेर्दा भने यो मान्यतालाई झुट सावित गर्छ। यसको अर्थ पश्चिमा मुलुकका शिक्षा पाउनेहरू सबैले उक्त व्यवहार अपनाउनु पर्छ र अपनाएका छन् भन्ने पनि छैन र साउथ एसियन हुँदैमा तर्कका आधारमा कमजोर हुन्छन् र उनीहरू तर्कले जित्ने भन्दा पनि अरूले भनेको कुरालाई कुनै कलेवरमा ढालिदिएर जितिदिन्छन् भन्ने पनि होइन। त्यसो त हामीहरूले पनि प्रत्येक तर्कलाई कुनै कलेवरमा ढालिदिएर उक्त तर्कहरूलाई वेकारका बनाइदिन्छौं। जस्तै- ए, त्यो कुरा त बाहुनले भनेको, त्यो कुरा त नेवारले भनेको, अथवा गुरूङले भनेको, मधेशी नेताले भनेको, राजावादीले भनेको वा माओवादीले भनेको। यसरी अरूले गरेको तर्कलाई कुनै जात, क्षेत्र, धर्म वा पार्टीको कलेवर लगाइदिए पछि उसलाई तर्क गरेर जित्नु पर्दैन र उसले भन्दा धेरै पढ्नु वा जान्नु पनि पर्दैन। जनतालाई मुर्ख बनाउने यो भन्दा अन्य उपयुक्त विकल्प हामीसँग छैन। (more…)