Archive for the ‘Development’ Category

गोर्खापत्र मा सिनेमा

दीपक अर्याल

‘श्री ३ महाराज बाट बेदाम्मा दुनिञा हरूले हेर्न पाउन् भनी टुडिखेल मा प्रोजेक्टास्कोप् अर्थात् मानिस ले चलफिर गर्‍ये को सब काम तसवीर बाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ वुधवार देखि हुनेछ। सो तमाशा हेर्न लाई अगाडि केटा केटि हरू, ताहाँपछि नीज केटा केटी हरू का आमा हरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गी मा आउने हरू अरू लाई नछेकने गरी रहने छन्।’

गोर्खापत्र मा प्रकाशित यो सूचनाले नेपालमा ‘बाइस्कोप’ वा ‘सिनेमा’ वा ‘मूभी’ कहिले भित्रियो भन्ने आधिकारिक जानकारी दिन्छ। त्यो कति लामो वा के विषयमा थियो भन्ने विवरण नभए पनि त्यसपछिका वर्षमा दरबारमा यस्ता फिल्महरू हेर्ने र विभिन्न उत्सवलाई क्यामेराले खिच्ने चलन बसेको भन्न सकिन्छ। जोसेफ निप्से, लुइ डेगोरालगायतका फोटोग्राफी र फिल्मका उत्साही अनुसन्धाता–प्रयोगकर्ताहरूको अन्वेषणसँगै नेपालमा पनि यो प्रविधि लोकप्रिय हुँदै गयो। (more…)

नेपाली भाषाको पुस्तक उत्पादन र पुनरूत्पादन प्रक्रिया : दीपक अर्याल

दीपक अर्याल

हिमाल कबरपत्रिकामा ‘असली पेडाको होडबाजी’ शीर्षकमा एउटा समाचार छापियो, “७६ वर्षीय वैजनाथ साहले ४० वर्षअघि सप्तरी, बरमझियाको राजमार्ग छेवैमा एउटा पेडा पसल सुरू गरेका थिए। उनले सुरू गरेका पेडा पसलको नक्कल गरेर दायाँ-बायाँ, सडक पारि र पर-परसम्म पनि लहरै पेडा पसल खुलेका छन्। र सबैजसो उनकै जस्तो साइनबोर्ड टाँगेर आ-आफ्नो पेडा बिकाउन ढुकेर बसेका देखिन्छन्” (जोशी २०६३)। यस्तै खालको रिपोर्ट ‘मेरो अनलाइन नेपाल’को पोर्टलमा ‘पेडा बूढा’ शीर्षकमा देखा पर्यो…

अलि छुट्टै प्रसङ्गमा २०१४ मा प्रकाशित कमलमणि दीक्षितको पुस्तक यस्तो पनि भित्रको एउटा लेख ‘कल्लाई भन्ने? सबै उस्तै” मा नेपाली भाषामा प्रकाशित केही पुस्तकहरूको चर्चा यसरी गरिएको छ:
‘कृष्णचरित्र’ भन्नासाथ अझ पनि ‘कोही एक मथुरापुरी नगरीमा’ भन्ने नै सम्झिरहन्छ। त्यसपछि यी “असली कृष्णचरित्र”, “ठुलो कृष्णचरित्र” र “ठुलो अलसी कृष्णचित्र” इत्यादि विशेषण जोडिएका विभिन्न कृष्णचरित्रलाई चिन्नुपर्दछ। हामीहरूको सौभाग्य या दुर्भाग्यले हामीले एक एक विषयमा कैयौं थरीका धर्मपुस्तक तयार पार्न जानेका छौं। स्वस्थानीको किताब नै लिऊँ। हामीहरूमाथि अत्यन्त दयार गरेर हाम्रा प्रकाशकहरूले छ किसिमका स्वस्थानीका पुस्तकहरू बजारमा प्राप्य गराइदिएका छन् (दीक्षित २०१४ : ९५-९६)
मिडिया अध्ययन-४ (७५-९५) २०६६
(more…)

नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (वि.सं. २००८-२०१३) : दीपक अर्याल

– दीपक अर्याल

२००७ सालपूर्व निकै कम मात्रामा प्रकाशन भएका पत्रपत्रिकाहरूबारे कुनै न कुनै रूपमा अध्ययन भएको देखिन्छ (दीक्षित २०१७, देवकोटा २०२४, पौड्याल २०२७, प्रेस काउन्सिल २०३१, विरही २०६०)। २००७ फागुन ७ को राजनीतिक परिवर्तन सँगसँगै प्रकाशन क्षेत्रमा मात्रात्मक रूपले वृद्धि भए पनि सोसम्बन्धी अध्ययनमा भने केही कमी देखिन्छ।

२००७ साल अगाडिको ५२ वर्षमा २२ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएको सन्दर्भमा २००८ सालदेखि २०१३ सालसम्मको ६ वर्षको अवधिमा बुलेटिन, राजनीतिक पार्टी र सङ्ग-संस्थाका मुखपत्र, साहित्यिक पत्रपत्रिका, म्यागेजिन तथा समाचारमूलक पत्रपत्रिकाहरू गरी नेपाली भाषाका कुल १२१ पत्रपत्रिकाहरू प्रकाशन भएको देखिन्छ (देवकोटा २०२४)। प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित प्रकाशनको दिग्दर्शन (विरही २०६०) मा सङ्ग्रहीत प्रेस कमिसन २०१४को प्रतिविदेनअनुसार २०१३ मा नेपालभित्र नेपाली भाषाका ३२ ओटा पत्रपत्रिकाहरू सञ्चालनमा रहेका थिए। यस्तै, विसं २००९ मा तीन, २०१० मा १३, २०११ मा १५ र २०१२ मा ११ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएका थिए। (मिडिया अध्ययन ६: १३१-१४८) २०६८
(more…)

स्कूलमा सूचना प्रविधि : कम्प्युटर, उत्सुकता र उत्साह

– दीपक अर्याल

कास्कीको उत्तरी सीमान्त नामार्जु ङ गाविसको ताङ्तिङ गाउँको हिमालय मिलन मावि, कक्षा ७ मा पढ्ने केश कुमारी गुरूङ पहिलोपल्ट कम्प्युटरको किबोर्डमा हात राखेर अंग्रेजी तथा नेपाली भाषामा आफ्नो नाम लेख्दै थिइन्। उनी मात्र होइन ६ देखि १० कक्षासम्म पढ्ने धेरैले पहिलो पल्ट कम्प्युटर चलाइरहेका थिए। कम्प्युटरबाट के के काम गर्न सकिन्छ सकिन्छ भन्ने१ विषयमा धेरै विद्यार्थीहरूको उत्सुकता थियो। उनीहरूले कम्प्युटरका विषयमा ठूला ठूला कुरा सुनेपनि वास्तवमै कम्प्युटरले के गर्न सक्छ र के गर्न सक्दैन? भन्नेो विषयमा भने अलमलमा परेका देखिन्थे। केश कुमारीले सरलतापूर्वक सोधिन्, “सर, ठूलो भएर म के बन्छु भन्ने कुरा पनि कम्प्युटरले जान्दछ?”

उनको प्रश्नको जवाफमा “कम्प्युटरले त्यो त थाहा पाउँदैन नानी” भन्न मन लागेन। हामीले जवाफ दियौँ, “ आफू के बन्ने भन्ने कुरा चाहिँ तिमीले आफैँ विचार गर्नु पर्छ, तर तिमीले चाहेको कुरा हासिल गर्न भने कम्प्युटरले सजिलो पार्छ।”

तर त्यति भनेर मात्र पुग्ने थिएन, हामीले त्यसको प्रमाण पनि दिन सक्नुपर्थ्यो र हामीले उनीहरुलाई आफूले लिएर गएका विभिन्न सामग्रीहरू देखाउन थाल्यौं। हामीले भिडियो र तस्वीरहरु देखायौँ, अडियो सुनायौँ र कम्प्युटरका बारेमा उनीहरुको चाख बढाउने प्रयास गर्यौ। उनीहरूले पनि कम्प्युटरलाई कसरी प्रयोग गर्न सकिन्छ, कम्प्युटर सिकेर के फाइदा हुन्छ? यसबाट पढाइ बिग्रन्छ कि पढ्नलाई झन् सजिलो हुन्छ? जस्ता प्रश्नहरू गरे। (more…)

डिजिटल डिभाइड र शैक्षिक भाषाको कुरा

– दीपक अर्याल

पञ्चायतकालीन शिक्षा नीति अनुसार केही वर्ष पहिलेसम्म नेपालको पूर्व-पश्चिम, उत्तर-दक्षिणतिरका सरकारी स्कुलहरूमा नेपाल सरकारले लागू गरेको पाठ्यपुस्तकमा आधारित शिक्षा दिने गरिन्थ्यो। विस्तारै त्यसभित्र मिशनरी स्कुल तथा २०४६ पछि नीजि स्कुलहरूको वर्चश्व बढ्दै गयो र विद्यार्थीहरूले पढ्ने पाठ्य पुस्तकहरूमा पनि भिन्नता आउँदै गयो र शिक्षा वा ज्ञान पाउने स्रोत, माध्यम र परिवेशमा फराकिलो अन्तर हुँदै गयो। त्यसो त पञ्चायती शैक्षिक नीति तथा पद्धतिले एउटै भाषा नेपालीका माध्यमद्वारा राजनीतिक, सांस्कृतिक वर्चश्व कायम गर्यो र खास क्षेत्र तथा जात-जातिका मान्छेहरूलाई मात्र फाइदा पुर्यायो भन्नेा कुरामा शंका गर्न मिल्दैन। तथापि पछिल्लो चरणको फरक-फरक शैक्षिक क्यालेण्डर, पाठ्यपुस्तक, पढाउने तथा पढ्ने वातावरण तथा सोसँगै भित्रिएको आधुनिक प्रविधिले विद्यार्थी तथा शिक्षकहरूका माझ ठूलो खाडल बढाएको छ र त्यसको प्रत्यक्ष प्रमाणहरू समाजमा देखिन थालेका छन्। (more…)

निजि र सरकारी स्कुल तथा गुणस्तरको मापदण्ड

– दीपक अर्याल

निजि र सामुदायिक तथा सरकारी विद्यालयका सकारात्मक तथा नकारात्मक पाटाका विषयमा निकै चर्चा हुने गर्छ। अझ, खासगरी एसएलसीको रिजल्ट आउने वेलामा वा आएपछि त यसका वारेमा गरिएका टिप्पणीहरूले पत्रपत्रिकाका पानाहरू भरिन्छन्। सरकारले सरकारी विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल नआएको, विद्यार्थीहरू बढी फेल हुने गरेको, शिक्षकहरूले बढि राजनीति गरेको वा शिक्षकको क्षमता नभएको मात्र होइन देशको शैक्षिक प्रगतिको आधार नै निजि विद्यालय भएको र यसले मात्र राम्रो नतिजा दिन सकेको तर्क पनि यो समयमा दिइन्छ। खासगरी निजि विद्यालयका वकालत गर्नेहरूले एसएलसीमा सरकारी र निजि विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीहरूको संख्यालाई आधार मानेर निजि विद्यालय सरकारी भन्दा कैयौं गुणा उत्कृष्ट भएको तर्क गर्छन्। यही तर्क प्लस टु वा सो भन्दा माथिका शैक्षिक संस्थाहरूमा पनि लागू हुन्छ। के दुई फरक धारका विद्यालयहरूको शैक्षिक स्तरको तुलना गर्दा “रिजल्ट” मात्र एक आधार हुन सक्छ? के कति प्रतिशत विद्यार्थी कुन श्रेणीमा पास भए भन्ने आधारले मात्र शैक्षिक स्तरको तुलना गर्न सम्भव छ? के यसरी आउने रिजल्ट विग्रनु वा बन्नु का पछाडि ती विद्यार्थी र ती विद्यार्थीका अभिभावकहरूको सामाजिक, आर्थिक वा सांस्कृतिक सहजता वा वाध्यताले पनि ठूलो भूमिका खेल्छ र त्यसले रिजल्टलाई राम्रो वा नराम्रो बनाउन सक्छ भन्ने कुरामा विचार गर्न हुँदैन? (more…)

ज्ञानको श्रोत के हो?

– दीपक अर्याल

ज्ञान के हो वा यसको श्रोत के हो? के ज्ञानका लागि स्कुल, कलेज वा विश्वविद्यालयका शिक्षा अपरिहार्य छन् वा ती नै पूर्ण छन्? सामान्यत: वर्तमान शिक्षा प्रणालीले हामीलाई त्यहीँ सिकाउँछ। हो, पढ्न, लेख्नन आवश्यक छ तर वर्तमान शैक्षिक योग्यता मात्र ज्ञानको श्रोत हो कि होइन? त्यसमा भने विवाद गर्ने प्रशस्त ठाउँ छ। शायद हामीलाई मानसिक रूपमा वर्तमान शिक्षा प्रणाली वा यसबाट प्रात भएको शैक्षिक योग्यता नै ज्ञानको एक मात्र श्रोत हो भन्ने भ्रम पाल्न सिकाइएको छ। शिक्षा आफैमा ज्ञानको श्रोत हो तर त्यसको दायरा भने स्कुल, कलेज वा विश्वविद्यालयमा मात्र सिमीत छैन। (more…)