Archive for the ‘Debate’ Category

Oral Tradition and Communication

– Deepak Aryal

Oral tradition has become a domain of great interest to scholars of different disciplines of knowledge such as literature, psychology, anthropology, and philosophy. It has a huge scope for the discipline of communication too. This article presents an appraisal of oral tradition as a means of communication from one generation to another. While doing so, it deals with following issues: Can history be narrated based on oral traditions just as it is done with ‘written documents’? Are the oral traditions only the sources of historiography or do they have other implications too? It also discusses whether oral traditions can be taken as valid historical sources, and, if not, whether there are Deepak Aryal. Oral tradition and communication

Advertisements

विश्वास जगाऊ

गएको महिना चारदिने नेपाल भ्रमणमा आएकी सन् २००९ मा अर्थशास्त्रमा नोवल पुरस्कार विजेता एलिनोर अस्ट्रमसँग नेपालको ऐतिहासिक रूपले सफल सामुदायिक स्रोत व्यवस्थापन प्रणालीबारे कनकमणि दीक्षितले गरेको कुराकानी।

जल, जङ्गललगायतका साझा स्रोतको व्यवस्थापन आदिकालदेखि हुदै आएको भए पनि नेपालमा सफलताहरूको यथोचित कदर हुनसकेको छैन। स्थानीय स्वशासन मृतप्रायः छ। सामुदायिक वनसमेत आलोचित बन्दैछ। लाग्छ, हाम्रा नीति-निर्माता र विचार निर्माताहरूमध्ये केही विगतका आफ्नै सफलतालाई देख्यानदेख्यै गरिरहेका छन्।
त्यस्तो लाग्नु अस्वाभाविक हैन। त्यसैले त विश्वभरका विद्वानहरूलाई दैनन्दिन खेती गर्ने किसान, माछा मार्ने माझ्ी र वन व्यवस्थापन गर्ने उपभोक्ताहरूले स्रोतको अति दोहन गर्छन् भन्ने कल्पना गर्न गाह्रो भएन र सन् १९६८ मा ग्यारेट हार्डिनले आफ्नो लेखमा गरेको जनसाधारणको विपत्ति (दि ट्र्याजेडी अफ कमन्स्) को चर्चाले त्यत्रो महत्व पायो। तर, नेपालमा समुदायहरूले गजबको काम गरेको इतिहास छ। मानिसहरू प्रायः बजार वा राज्यले दिने समाधानका कुरा गर्छन्, जुन स्रोतहरूको निजीकरण वा तिनमा राज्यको पूरै नियन्त्रण हो। तर, नेपालमा स्रोत व्यवस्थापनको स्थानीय परिपाटीलाई बिर्सनु हुँदैन। यसरी हेर्दा विज्ञानसँगै रैथाने ज्ञानको उपयोग गर्नैपर्छ। (more…)

राजा कस्तो हुनुपर्ने? : बिपी कोइराला ( BP Koirala)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर सकेन त्यसले चलाउन। नसकेपछि, जसलाई झुण्ड्याएका थिए-चार्ल्स प्रथम, त्यसकी छोरी लुकेर बसेकी थिई फ्रान्समा। त्यसलाई बोलाएर राजा बनाए। क्रौमवेलको छोरा भाग्यो। त्यसो हुनाले ताकतको आधारमा, नाङ्गगो शक्तिको आधारमा, सामान्य मान्यताको आधारमा होइन कि नग्न शक्तिको आधारमा राजाले शासन गर्न खोज्यो भने उसको छोरोले राजगद्दीमा बस्न पाउँदैन। मेरो त्यै तर्क छ। (more…)