Archive for the ‘Culture’ Category

गोर्खापत्र मा सिनेमा

दीपक अर्याल

‘श्री ३ महाराज बाट बेदाम्मा दुनिञा हरूले हेर्न पाउन् भनी टुडिखेल मा प्रोजेक्टास्कोप् अर्थात् मानिस ले चलफिर गर्‍ये को सब काम तसवीर बाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ वुधवार देखि हुनेछ। सो तमाशा हेर्न लाई अगाडि केटा केटि हरू, ताहाँपछि नीज केटा केटी हरू का आमा हरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गी मा आउने हरू अरू लाई नछेकने गरी रहने छन्।’

गोर्खापत्र मा प्रकाशित यो सूचनाले नेपालमा ‘बाइस्कोप’ वा ‘सिनेमा’ वा ‘मूभी’ कहिले भित्रियो भन्ने आधिकारिक जानकारी दिन्छ। त्यो कति लामो वा के विषयमा थियो भन्ने विवरण नभए पनि त्यसपछिका वर्षमा दरबारमा यस्ता फिल्महरू हेर्ने र विभिन्न उत्सवलाई क्यामेराले खिच्ने चलन बसेको भन्न सकिन्छ। जोसेफ निप्से, लुइ डेगोरालगायतका फोटोग्राफी र फिल्मका उत्साही अनुसन्धाता–प्रयोगकर्ताहरूको अन्वेषणसँगै नेपालमा पनि यो प्रविधि लोकप्रिय हुँदै गयो। (more…)

भगवानको पुनर्जन्म

– दीपक अर्याल

8438998615_10bf351190

चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमालका लागि नेपाली आकृतिमा २०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।
हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो । (more…)

२००७ सालताकाको कर्मचारी आन्दोलन

दीपक अर्याल

सरकार परिवर्तनसँगै प्रधानमन्त्रीले कर्मचारीहरूलाई आश्वस्त पार्न सम्बोधन गर्ने र नयाँ सरकारलाई सहयोग गर्न अनुरोध गर्ने प्रचलन जहाँसुकै हुन्छ। नेपालमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि भएको कर्मचारी आन्दोलनपश्चात् यो परम्पराले व्यापकता पाएको छ। तर, सरकार र कर्मचारीमाझ् यस्तो खटपट र अविश्वास २००७ सालको परिवर्तनपछि नै देखापरेको थियो।

२००७ सालमा न्यून वैतनिक कर्मचारीको हकहितका निम्ति भनेर ‘अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ’ स्थापना भयो। संघको शुरूको पर्चाले राणा–कांग्रेस गठबन्धनको अन्तरिम सरकार, कर्मचारी संघ र प्रजातन्त्रलाई बलियो बनाउन सदस्य बन्न आह्वान गरेको थियो। तर, पछि यसै संघमार्फत कर्मचारीहरूले हडताल गरे र सरकारले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेपछि मात्र हडताल टुङ्गियो। (more…)

नेपाली भाषाको पुस्तक उत्पादन र पुनरूत्पादन प्रक्रिया : दीपक अर्याल

दीपक अर्याल

हिमाल कबरपत्रिकामा ‘असली पेडाको होडबाजी’ शीर्षकमा एउटा समाचार छापियो, “७६ वर्षीय वैजनाथ साहले ४० वर्षअघि सप्तरी, बरमझियाको राजमार्ग छेवैमा एउटा पेडा पसल सुरू गरेका थिए। उनले सुरू गरेका पेडा पसलको नक्कल गरेर दायाँ-बायाँ, सडक पारि र पर-परसम्म पनि लहरै पेडा पसल खुलेका छन्। र सबैजसो उनकै जस्तो साइनबोर्ड टाँगेर आ-आफ्नो पेडा बिकाउन ढुकेर बसेका देखिन्छन्” (जोशी २०६३)। यस्तै खालको रिपोर्ट ‘मेरो अनलाइन नेपाल’को पोर्टलमा ‘पेडा बूढा’ शीर्षकमा देखा पर्यो…

अलि छुट्टै प्रसङ्गमा २०१४ मा प्रकाशित कमलमणि दीक्षितको पुस्तक यस्तो पनि भित्रको एउटा लेख ‘कल्लाई भन्ने? सबै उस्तै” मा नेपाली भाषामा प्रकाशित केही पुस्तकहरूको चर्चा यसरी गरिएको छ:
‘कृष्णचरित्र’ भन्नासाथ अझ पनि ‘कोही एक मथुरापुरी नगरीमा’ भन्ने नै सम्झिरहन्छ। त्यसपछि यी “असली कृष्णचरित्र”, “ठुलो कृष्णचरित्र” र “ठुलो अलसी कृष्णचित्र” इत्यादि विशेषण जोडिएका विभिन्न कृष्णचरित्रलाई चिन्नुपर्दछ। हामीहरूको सौभाग्य या दुर्भाग्यले हामीले एक एक विषयमा कैयौं थरीका धर्मपुस्तक तयार पार्न जानेका छौं। स्वस्थानीको किताब नै लिऊँ। हामीहरूमाथि अत्यन्त दयार गरेर हाम्रा प्रकाशकहरूले छ किसिमका स्वस्थानीका पुस्तकहरू बजारमा प्राप्य गराइदिएका छन् (दीक्षित २०१४ : ९५-९६)
मिडिया अध्ययन-४ (७५-९५) २०६६
(more…)

नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (वि.सं. २००८-२०१३) : दीपक अर्याल

– दीपक अर्याल

२००७ सालपूर्व निकै कम मात्रामा प्रकाशन भएका पत्रपत्रिकाहरूबारे कुनै न कुनै रूपमा अध्ययन भएको देखिन्छ (दीक्षित २०१७, देवकोटा २०२४, पौड्याल २०२७, प्रेस काउन्सिल २०३१, विरही २०६०)। २००७ फागुन ७ को राजनीतिक परिवर्तन सँगसँगै प्रकाशन क्षेत्रमा मात्रात्मक रूपले वृद्धि भए पनि सोसम्बन्धी अध्ययनमा भने केही कमी देखिन्छ।

२००७ साल अगाडिको ५२ वर्षमा २२ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएको सन्दर्भमा २००८ सालदेखि २०१३ सालसम्मको ६ वर्षको अवधिमा बुलेटिन, राजनीतिक पार्टी र सङ्ग-संस्थाका मुखपत्र, साहित्यिक पत्रपत्रिका, म्यागेजिन तथा समाचारमूलक पत्रपत्रिकाहरू गरी नेपाली भाषाका कुल १२१ पत्रपत्रिकाहरू प्रकाशन भएको देखिन्छ (देवकोटा २०२४)। प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित प्रकाशनको दिग्दर्शन (विरही २०६०) मा सङ्ग्रहीत प्रेस कमिसन २०१४को प्रतिविदेनअनुसार २०१३ मा नेपालभित्र नेपाली भाषाका ३२ ओटा पत्रपत्रिकाहरू सञ्चालनमा रहेका थिए। यस्तै, विसं २००९ मा तीन, २०१० मा १३, २०११ मा १५ र २०१२ मा ११ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएका थिए। (मिडिया अध्ययन ६: १३१-१४८) २०६८
(more…)

पुस्तकालय पल्टाउँदा

– दीपक अर्याल

१९९७-९८ सालतिर एउटा १०-१२ वर्षको केटो रानीपोखरी स्थित दरबार हाईस्कुल पढ्ने क्रममा घरबाट खाजाका लागि दिइएको पैसाले त्यतिवेला खाजाका लागि चल्तिमा रहेको आलुचा र पुष्टकारी किन्नुभन्दा भोटाहिटीस्थित मान दास चित्तधरको पुस्तक पसलमा गएर किताब किन्ने गर्थे। त्यो उमेरमा मिठो-मिठो खाने कुरा किनेर साथीभाईसँग रमाइलो नगरी कुन उद्देश्यका लागि किताब किनियो? भन्ने कुराको प्रष्ट उत्तर त अहिले पनि आउँदैन तर अंग्रेजी किताबहरू किन्दा महङ्गो पर्ने भएकाले नेपाली भाषाका किताब किन्दै, पढ्दै र थुपार्दै गरेको भने सम्झना भने उनलाई छ। खाजाको पैसाले किताब किन्दा वा घरमा नयाँ किताब आउँदा कसैलाई मतलब थिएन। न त उनलाई कसैले गाली गरे न त हौस्याए नै! तर उनले भने एकसुरमा नेपाली किताबहरू किन्दै थुपार्दै गर्न थाले। यसरी सङ्कलन भएको किताबलाई पछि “कमलको नेपाली सङ्ग्रह” नाम दिएर व्यक्तिगत पुस्तकालय बनाउने व्यक्ति कमलमणि दीक्षित थिए र त्यसरी जम्मा भएका किताबहरूका आधारमा थप किताबहरू माग्दै, किन्दै र सङ्कलन गर्दै स्थापित भएको पुस्तकालय मदन पुरस्कार पुस्तकालय (मपुपु) हो। दीक्षितका अनुसार, “मदन पुरस्कार गुठीको स्थापना भइसकेको थियो र सोही गुठीको नामलाई फैलाउनका लागि भन्दै आफ्नो सङ्कलनमा रहेको पुस्तकहरूलाई मदन पुरस्कारको पुस्तकालयको नाम दिइएको थियो जसलाई पछि मदन पुरस्कार पुस्तकालय नामाकरण गरियो”। यसरी विसं २०१३ सालमा मदन पुरस्कार पुस्तकालय (मपुपु) विधिवत रूमा खडा भयो। सो समयदेखि निरन्तर खटिरहेका ८४ वर्षीय दीक्षित अहिले पनि विहान ७ बजे कार्यालयभित्र पसेर पुस्तकालयमा आइपुगेका पुस्तक, पत्रपत्रिकाको विवरण अनलाइन राख्छन्। कतिपय लेखक, कवि तथा साहित्यकारलाई उनीहरूले प्रकाशन गरेको सामग्री पुस्तकालयमा आएको जानकारी फोनबाट दिन्छन् भने कतिलाई इमेलबाट। कुनै वेला पुस्तकालयमा आउने सबै सामग्रीका लागि दीक्षितले धन्यवाद दिंदै व्यक्तिगत रूपमा चिठ्ठी पठाउँथे भने आजकाल त्यो काम इमेलबाट शुरू भएको छ। त्यसो त मपुपुले पुस्तक तथा पत्रपत्रिकाको सङ्कलन र संरक्षण बाहेक युनिकोड नेपाली, नेपालिनक्स, अनलाइन नेपाली डिक्सनेरी, हिज्जे परीक्षण आदिमा पनि काम गरेको छ। तर, यस्ता अनुसन्धानमुलक प्राविधिक कामले आफ्नो प्रभाव देखाउन भने अझै केही समय लाग्ने देखिन्छ। (more…)

यसकारण शिक्षकले पढ्नै पर्छ

दीपक अर्याल

सामान्यत: शिक्षकले सबै कुरा जानेको हुनाले पढाउने गर्छन् भन्नेा सोचिन्छ तर वास्तविकता भने त्यस्तो होइन। शिक्षकले विद्यार्थीलाई धेरै सिकाउन वा नयाँ नयाँ कुरा सिकाउनका लागि पनि पढ्नै पर्ने हुन्छ। तर, हामीले भने पढ्ने काम विद्यार्थीको मात्र हो भन्ठान्छौं। यसैको परिणामस्वरूप विद्यालय वा कलेजका कतिपय शिक्षकहरूलाई आफूले पढाउने खास एउटा किताबको प्रत्येक पृष्ठमा के लेखिएको छ वा कुन प्रश्न छ र त्यसको उत्तर के हो भन्ने कण्ठस्थ छ। उनीहरूले त्यही कुरा कैयौं वर्षदेखि पढाइरहेका हुन्छन् त्यसैले त्यो हुनु स्वाभाविक पनि हो तर त्यसबाहेकको पनि संसार छ भन्ने कुरालाई भने हामीले बिर्सिदिन्छौं।

विद्यार्थी वा अभिभावकहरूलाई पनि शिक्षकहरूले सबै कुरा जानेका हुन्छन् भन्ने भ्रम रहेको छ। शिक्षकले अनुभवका आधारमा तथा धेरै कुराहरू पढेको आधारमा बाटो देखाउने मात्र बाटो तय गर्ने काम विद्यार्थीकै हो। कतिपय विद्यार्थीले शिक्षकले देखाएको बाटोबाट हिड्दै जाँदा शिक्षक भन्दा ज्ञान वा अन्य हिसाबले अगाडि पुग्छन्। यो नै शिक्षकको सफलता हो। भनिन्छ शिक्षक त नदी किनारामा डुङ्गा लिएर बस्ने माझी हो, उसले यात्रुहरूलाई वारिपारि तारिदिन्छ तर ऊ भने सधै त्यहीं अवस्थामा त्यहीँ ठाउँमा रहन्छ।
(more…)