Archive for the ‘BP Koirala’ Category

२००७ सालताकाको कर्मचारी आन्दोलन

दीपक अर्याल

सरकार परिवर्तनसँगै प्रधानमन्त्रीले कर्मचारीहरूलाई आश्वस्त पार्न सम्बोधन गर्ने र नयाँ सरकारलाई सहयोग गर्न अनुरोध गर्ने प्रचलन जहाँसुकै हुन्छ। नेपालमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि भएको कर्मचारी आन्दोलनपश्चात् यो परम्पराले व्यापकता पाएको छ। तर, सरकार र कर्मचारीमाझ् यस्तो खटपट र अविश्वास २००७ सालको परिवर्तनपछि नै देखापरेको थियो।

२००७ सालमा न्यून वैतनिक कर्मचारीको हकहितका निम्ति भनेर ‘अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ’ स्थापना भयो। संघको शुरूको पर्चाले राणा–कांग्रेस गठबन्धनको अन्तरिम सरकार, कर्मचारी संघ र प्रजातन्त्रलाई बलियो बनाउन सदस्य बन्न आह्वान गरेको थियो। तर, पछि यसै संघमार्फत कर्मचारीहरूले हडताल गरे र सरकारले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेपछि मात्र हडताल टुङ्गियो। (more…)

Difficult Road to Democracy : Interview with B.P. Koirala

– India Today, March 16-31, 1979

Nepal’s feeble cry for democratization was virtually silenced recently in the wake of execution of two Nepali Congress activists, Captain Yagya Bahadur Thapa and Bhim Narain Shrestha. It is significant that the executions were carried out at a time when King Birendra was ostensibly moving towards a rapprochement with the ailing leader of the banned Nepali Congress party, B. P. Koiala. Equally significant was the fact that Thapa and shrestha had been sentenced to capital punishment four years ago, but were executed just when a clemency petition was pending in the courts.

The executions have added to the undercurrent of discontent that is spreading throughout Nepal. Incidents of violence have risen, specially in the rural areas; thousands of students and peasants are arrested every year-according to a recent estimate y amnesty International about 3,000 political activists are languishing in Nepali jails. The executions have proved to be a major setback to the process of “national reconciliation” which Koirala has been pursuing in the face of strong opposition from some of his own party members.

Koirala, 65, former Prime Minister of Nepal and a co-accused with Thapa was recently in Delhi on his way to Kathmandu from the US, where he had gone for medical treatment. In an exclusive interview with INDIA TODAY, he discussed the recent executions and its effects on his efforts to usher in democracy in Nepal.

Q: What effect will the execution of two of your party-men, Capt. Yagya Bahadur Thapa and Bheem Narain Shreshta, have on your efforts at ‘national reconciliation’?

BP: The executions came as a great surprise to me. They were more shocking because recently the atmosphere in the kingdom had started to ease and the general feeling was that the process of democratization would begin soon. The sudden executions have befouled the atmosphere for national reconciliation. They have created psychological difficulties for me because the killings would always be at the back of my mind when I talk to the King next. But I must say the reconciliation process will not be abandoned. (more…)

A letter to Jawaharlal from Nepali PM M.P. Koirala

8th May, 52.

CONFIDENTIAL

My dear Jawaharlal Ji,

I received your letter No. 5744-P.M. dated April 25, 1952, in which you have mentioned on foreign contacts of the Nepal Government with special reference to the U.S.A Government. I felt that there has been some misunderstanding in the matter.

When I was in Delhi in the first week of January last Mr. Chester Bowles referred in his talks to the request made by us to the Govt. of India for financial and technical help and that he too would try to the Govt. of India for financial and technical help and that he too would try to extend Point 4 Aid if it would be possible. Bedsides, he said that a certain American expert employed by the Govt. Of India for urban community planning would like to visit Kathmandu during his summer vacation and by the way give his advices to us if we so desired. Some of my colleagues were in Delhi in the last week of April to discuss the matter of help with the Govt. of India. Some members of the American Embassy saw them and tried to discuss the development projects so that they could plead for extension of the Point 4 Aid. As our plans and projects were being discuss with the Govt. of India my colleagues naturally told them that Govt. of India had accepted to examine our projects and help us. This is so far as the American aid is concerned. Mr. Goodal is here. He has seen me and said that he would send some manual of the American system of administrative reorganisation to us. He is not advising us in matters of reorganisation of administration in the strict sence of the term nor have we ever desired that both Indian team and American expert should help us in the reorganisation. There should have been no reason for any misunderstanding. (more…)

राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

पुस्तकको आवरण पृष्ठ

पुस्तकको आवरण पृष्ठ

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।

बीपीका यी विचार र टिप्पणीहरू कुनै औपचारिक वा पूर्वतैयारीका साथ गरिएको सम्बोधन वा प्रवचन थिएन र, यो यसै रुपमा प्रकाशित हुनसक्ने लागेर सङ्कलन गरिएको पनि होइन। अन्तिम पटकको त्यस क्यान्सरले गर्दा, जहाँसुकै र जतिसुकै प्रयत्न गरे पनि, त्यसको महङ्गो र कष्टकर इलाजको आधारमा कम्तिमा दुई हफ्ता र बढीमा छ महिनाको आयु मात्र लम्बिनसक्ने उहाँका चिकित्सकहरूको निदान थियो। दुःख खप्नसक्ने उहाँको मनोबल र चारित्रिक विशेषताको कठिन परीक्षा पुनः शुरू भएको त्यस क्षणका हामी प्रत्यक्षदर्शीहरूका थुप्रै सम्झनाहरू क्रमशः आफूसंगै लोप हुँदै जाने छन्। (more…)

के कोइराला परिवारले ‘रेणु’लाई सम्झेको छ?

श्रीमति लतिका रेणू (फणीश्वरनाथ रेणुकी श्रीमति)

श्रीमति लतिका रेणू (फणीश्वरनाथ रेणुकी श्रीमति)

कतिपय पुराना मान्छे भन्छन्, बीपी ‘बीपी’ बन्नमा ‘देवेन्द्र’, ‘फणीश्वर नाथ रेणु’ ‘भोला चटर्जी’को हात छ, त्यसो त यसै भनाईलाई ठीक उल्टो गरि पनि भन्न सकिएला र बीपीको योगदानका वारेमा चर्चा गर्न सकिएला। जे होस्, यहाँ चर्चा गर्न लागिएका पात्र हुन् “फणीश्वर नाथ रेणु” को हो। रेणु र बीपी दुई साथी, दाजुभाइ, क्रान्तिकारी, योद्धा र लेखक सबै थिए। पटनामा जन्मिएर नेपाली क्रान्तिका लागि अतुलनीय योगदान पुर्याएका रेणुलाई नेपालीहरूले त उहिल्यै विर्सीसके। कांग्रेसका तत्कालिन नेताहरूले पनि बिर्से नै होलान्। तर, कोइराला परिवारलाई परेको दु:ख-सुखमा हरदम साथ दिने रेणु र वहाँको परिवारका वारेमा के कोइराला परिवारको कुनै व्यक्तिले सोचेको, सम्झेको होला। फणीश्वर नाथ रेणु वितेको धेरै वर्ष भइसक्यो तर उनका पत्नि श्रीमती रेणुलाई कोइराला परिवारका कुनै सदस्यले कहिल्यै सम्झे, सम्झेनन् वा भेटे भेटेनन् थाहा छैन। आर्थिक वा अन्य सहयोगको लागि होइन तर के फणीश्वरनाथ रेणुजस्ता अग्रज लेखक र नेपाली क्रान्तिका वरिष्ट व्यक्तित्वकी पत्नि  लतिका रेणुलाई सम्झन जरूरी छैन? थोरै माया र सद्‌भाव देखाउन जरूरी छैन। यो कस्तो खालको वैगुनी परम्परा हो? के नेपालीहरू प्रति भारतीयहरूले देखाउने माया, सद्‌भाव र श्रद्धालाई यस्तै-यस्तै वैगुनका कारणले गर्दा असर परेको त छैन।

यहाँ हिन्दीमा लेखिएको लेख छ- लतिका रेणुका वारेमा। नेपालीमा अनुवाद गर्न नसकेकोमा क्षमा माग्दै हिन्दीभाषाको उक्त लेखलाई जस्ताको तस्तै राखिएको छ।

(more…)

राजा कस्तो हुनुपर्ने? : बिपी कोइराला ( BP Koirala)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर सकेन त्यसले चलाउन। नसकेपछि, जसलाई झुण्ड्याएका थिए-चार्ल्स प्रथम, त्यसकी छोरी लुकेर बसेकी थिई फ्रान्समा। त्यसलाई बोलाएर राजा बनाए। क्रौमवेलको छोरा भाग्यो। त्यसो हुनाले ताकतको आधारमा, नाङ्गगो शक्तिको आधारमा, सामान्य मान्यताको आधारमा होइन कि नग्न शक्तिको आधारमा राजाले शासन गर्न खोज्यो भने उसको छोरोले राजगद्दीमा बस्न पाउँदैन। मेरो त्यै तर्क छ। (more…)

‘नेहरू साह्रै कच्चा नेता थिए’ : बीपी कोइराला (BP Koirala)

BP koirala with Neharu

BP koirala with Neharu

(2007/10/29,Monday नयाँ पत्रिकाबाट)

(कांग्रेसका दिवंगत नेता बिपी कोइरालाले नेहरू मेमोरियल म्युजियम तथा लाइब्रेरीका डा. हरिदेव शर्मालाई २०३३ सालमा दिनुभएको ऐतिहासिक अन्तर्वार्ता क्रमशः प्रस्तुत गर्ने क्रममा आज हामीले अर्को भाग प्रस्तुत गरेका छौं। अन्तर्वार्ताको प्रतिलिपि नेपाली कांग्रेसका पुराना एवं समर्पित कार्यकर्ता पदमबहादुर थापाको अथक प्रयास र सहयोगले हामीलाई प्राप्त भएको हो। यस सामग्रीको मूल टेप र प्रामाणिक प्रतिलिपि नेहरू म्युजियममा सुरक्षित छ। थापालाई यी सामग्रीको प्रतिलिपि तयार गर्न विशेष सहयोग गर्नुहुने बिपीपुत्र शशांक र नेहरू म्युजियमका निर्देशक डा. विमल प्रसादप्रति नयाँ पत्रिकाफेरि पनि विशेष आभार प्रकट गर्दछ। कांग्रेसका चिन्तक नेता प्रदीप गिरीको चिठी र सहयोगकै कारण थापालाई यो सामग्री हासिल गर्न थप सजिलो भएकाले हामी गिरीप्रति पनि विशेष कृतज्ञ छौं। डा. शर्माले बिपीसँग दर्जनौं प्रश्न गर्नुभएको थियो। यसपटक हामीले प्रधानमन्त्री हुँदा बिपीले भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउन कस्तो प्रयास गर्नुभयो भन्ने सर्न्दर्भ प्रस्तुत गरेका छौं। यी दुर्लभ दस्तावेज हामी क्रमशः प्रकाशन गर्दै जानेछौं। सं.)

तपाईंको विदेश नीति कस्तो थियो, खासगरी भारत र चीनप्रतिको धारणा ?
भारत र चीनको सम्बन्ध असहज भएको बेला म सत्तामा आएँ। स्थिति सन् १९५३ देखि नै विग्रँदै गएको थियो। तर
, १९५९ मा नपुग्दै यो विस्फोटक बिन्दुमा पुग्यो। तपाईंलाई आश्चर्य लाग्ला, जवाहरलाल नेहरू असाध्यै कच्चा नेता थिए। म उनीसँग भारत र चीनको सम्बन्धबारे छलफल गर्थें, म प्रधानमन्त्री हुनुअघि पनि। चीनले तिब्बत कब्जा गर्नु भारतको सुरक्षाका लागि खतरा हो, मेरो भनाइ थियो। तर, लाख कोसिस गर्दा पनि नेहरूले यो कुरा बुझेनन्, बुझनै चाहेनन्। भारतप्रति आक्रामक बन्न चीन किन इच्छुक होला र ? उनको तर्क थियो। उनी भन्थे, ‘चीन आन्तरिक झमेलामा यति धेरै फसेको छ, उसले विदेशतिर आँखा लगाउने कोसिस पनि गर्नेछैन। (more…)