दीपक अर्याल

कुन समाचार महत्वपूर्ण हुन्छ र त्यो कसले निर्धारण गर्छ भन्ने कुरा पत्रकारिता क्षेत्रको सर्वकालीन बहसको विषयमा पर्छ।

Market price of daily uses foods items in 1914.

Market price of daily uses foods items in 1914.

नेपालमा कुनै बेला वातावरण सम्बन्धी समाचारले प्रमुखता पायो भने कुनै बेला स्वास्थ्य, कुनै बेला शिक्षा त कुनै बेला ‘ग्लोवल वार्मिङ’का समाचारले। राजनीतिले प्रमुखता पाएको नेपाली पत्रपत्रिकामा पछिल्लो समय भने कृषिका समाचारहरूले निकै प्राथमिकता पाइरहेको देखिन्छ। त्यसो त, १०० वर्ष अगाडिको गोर्खापत्रको समाचारले पनि कृषि मोफसलसँग जोडिएको विषयवस्तु हो भन्ने भान दिने गरी कृषिका समाचारलाई प्राथमिकता दिएको पाइन्छ। राजनीतिक, सामाजिक वा आर्थिक हिसाबले बन्द समाजमा खास–खास गौंडास्थित हुलाक अड्डाबाट सङ्कलित हुने ऊबेलाको गोर्खापत्रका समाचारलाई अहिलेको परिपे्रक्ष्यमा हेर्न वा विश्लेषण गर्न नसकिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई प्राथमिकतामा राखेको भन्न अवश्य सकिन्छ।

ऊबेलाको गोर्खापत्रको मोफसल खण्डको समाचारमा पानी परेको, पहिरो गएको, बाटो बिग्रिएको, असिनाले फलफूल वा बाली बिगारेको, खेतमा भल पसेको, खडेरी जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने समाचार प्रशस्त छापिएका छन्। कतिपय मानवीय चासोका कुरा पनि समेटिएको देखिन्छ। १९८२ मंसीर ८ गते सोमबारको समाचार भन्छ– ‘पूर्व १ नम्बर इलाका इरखुपोखरे गाउँमा कुलमान गिरी संन्यासीकी ३ वेत भएकी १ गाईले यही कात्तिक २८ गते शुक्रबारका दिन बाच्छो १ र बाच्छी १ समेत दुई ज्यू बाच्छावाच्छी पाइछन्, आजसम्म माऊ बाच्छावाच्छी सबै बाँची रहेकै छन्।’

गोर्खापत्रले कृषि उपजको मूल्य सूची पनि निरन्तर प्रकाशित गरेको पाइन्छ। तत्कालीन समयमा प्रकाशित घिउ, तेल, मार्सी धान, मसिनो चामल, गहुँ, चना, रहरको दाल, मुगीको दाल, मैदा, मकैको पीठो आदिको बजार मूल्य सूची आजका कृषि, अर्थ, खाद्य वा अन्य क्षेत्रका अध्येताहरूका लागि पनि महत्वपूर्ण जानकारीको स्रोत बन्न सक्छ। ढिलै भए पनि समाचारले पूर्वको झापा–इलामदेखि पश्चिमको दैलेख, कर्णाली र सुर्खेतका विशेषतः कृषि, पशुपालन, मौसम तथा स्वास्थ्यसँग सम्बन्धित समाचारहरू नियमित रूपमा समेटेको देखिन्छ।

१९८२ जेठ १९ गते सोमबार प्रकाशित ‘इलाम जिल्लामा, वैशाख महीनामा ज्यादा नै पानी परिरहेको थियो। वैशाख ११ गतेका दिन ता ३–४ घडी रात गएदेखि ठूलो पानी परी १२ गते बिहान थामियो। याहाँ पछि रैती दुनियाहरूले बारीमा बराबर मकै छरी रहेका छन्’ भन्ने समाचारले इलामको समाचार काठमाडौं आएर गोर्खापत्रमा छापिन एक महीना लाग्दो रहेछ भन्ने जानकारी मात्र दिंदैन मोफसलका कस्ता समाचार, कुन–कुन ठाउँबाट समेट्थ्यो भन्ने जानकारी पनि दिन्छ। त्यही दिन प्रकाशित भोजपुरको अर्को समाचार भन्छ– ‘वैशाख २१–२२ गतेदेखि पानी परेको छैन दुनियादारहरूले ४ खण्डको ३ खण्ड जति जग्गामा मकै छरी सकेका छन्। रगत–मासीका बेथाले गाउँ गाउँमा ज्यादै नै बेरामी र नोक्सानी समेत हुन लागेको छ।’

यसैगरी, दोलखामा वैशाखदेखि खडेरी परेर ज्वरो, रूघा, खोकी, रगत–मासीको बेथाले दुःख दिएको समाचार छ। ‘वैशाख १६ गते चितवनको मौजेहुली चौरमा महेश्वर ओली भैंसी चराउन गयाका ठाउँमा बाघले दाह्री मारी दिएको’ उल्लेख छभने ‘कलैयातर्फ दुई अंगुल जमिन भिज्ने गरी पानी परेछ’ भन्ने पश्चिम तराईको समाचार छ। उतिबेलाको गोर्खापत्रमा विशुद्ध खेतीवाली वा मौसम मात्र छैनन्, यीसँगै आउने रोग–व्याधी, हानि–नोक्सानीका समाचारहरू पनि समेटिएका छन्। ३१ असार १९८२ सालको एक समाचारमा गोर्खापत्र लेख्छ– ‘पाल्पा जिल्लामा बराबर राम्रो वर्षा भइरहेकाले खेती बाली बढिया छ। यही आषाढ १२ गतेका दिन ३–४ बजेका करीबमा यसै तानसेनका बसन्तपुर टोल बस्ने जलधारी बाहुनका १०–११ वर्षका छोरा श्रीनगर पोखरीमा डुबी मरेछन्।’

वि.सं. १९५८–१९८० बीचमा प्रकाशित केही अङ्कमा मौसम, कृषि, पशुपालनका समाचार हेर्दा गोर्खापत्रले विषय छनोटको मुख्य आधार जनताको दुःख वा सुखलाई बनाएको देखिन्छ। यसले कि दुःख, पीडा, त्रासदी, दुर्घटनाका समाचारलाई बढी समेटेको छ कि त जात्रा, हर्षबढाइँ वा उन्नति–प्रगतिका कुरालाई प्राथमिकता दिएको छ। र पनि, गोर्खापत्रले समेटेका अन्य विषयवस्तुका तुलनामा यी सामग्री नगण्य हुन्।

हिमाल खबरपत्रिकाबाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: