Archive for February, 2013

भारतीय स्कूललाई नेपाली सहयोग

दीपक अर्याल

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

‘भारतीय संस्कृतिमा आधारित शिक्षा पद्धति विकास गर्न’ सन् १९१६ (वि.सं. १९७३) मा काशी हिन्दू विश्वविद्यालय स्थापना भयो। यसै वैचारिक धारसँग जोडिएर दिग्विजयनाथको नेतृत्वमा सन् १९३२ तिर गोरखपुरमा महाराणा प्रताप शिक्षा परिषद् स्थापना गरियो। यही परिषद् अन्तर्गत महाराणा प्रताप क्षत्रीय स्कूल प्रारम्भ भयो जुन आज गोरखपुरको प्रतिष्ठित शिक्षालय भएको छ। कुनै पनि संस्था तुरून्तै खडा हुन सक्दैैनन्, त्यसले यथासक्य धेरै सहयोगी हातहरूको अपेक्षा गरेको हुन्छ। यो स्कूलको स्थापनामा सहयोग माग्ने काम पनि भारतीय भूमि र व्यक्तिहरूमा मात्र सीमित रहेन, नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर (वि.सं. १९३२–२००९) सम्म पनि अनुरोध आइपुग्यो।

मदन पुरस्कार पुस्तकालयमा राणा प्रधानमन्त्रीहरूले गरेका काम तथा तिनका विषयमा लेखिएका प्रशस्तै प्रशंसापत्रहरू भेटिन्छन्। माघ, १९९० सालको भूकम्पपछिको उद्धारलाई लिएर (जुद्धशमशेरको) होस् वा रोपवे र बिजुलीका चर्चा गर्दै चन्द्रशमशेरका गुणगान गाइएका कवितात्मक प्रशस्ति, यस्ता प्रशंसाहरू अनेक छन्। कतिपय प्रशस्तिपत्रहरू खास काम वा उद्देश्यका लागि सहयोग माग्न वा सरकारबाट सहयोग पाएपछि त्यसको लागि धन्यवाद दिन र चाकरीका लागि मात्र लेखिएको पाइन्छ। महाराणा प्रताप क्षत्रीय स्कूलका लागि सन् १९३३ मा गोरखपुरको गीता प्रेसबाट हिन्दी भाषामा प्रकाशित अपीलले चाहिं जुद्धशमशेरलाई यस क्षेत्रको एकमात्र स्वतन्त्र राष्ट्र नेपालको कर्णधारका रूपमा बखान गरेको छ, सहयोगको अपेक्षासहित। (more…)

भगवानको पुनर्जन्म

– दीपक अर्याल

8438998615_10bf351190

चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमालका लागि नेपाली आकृतिमा २०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।
हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो । (more…)