दक्षिण एशियामा प्रदर्शन हुने फिल्म वा नाटक संयोगान्त देख्न चाहने मानसिकता निकै पुरानो रहेको एक–डेढ सय वर्षअघि अनूदित र मञ्चित विदेशी नाटकहरूले पुष्टि गर्दछन्।

दीपक अर्याल

नेपाली नाट्य परम्पराको चर्चा गर्दा पलमानसिंह स्वाँर, धनविर मुखिया र बालकृष्ण समलाई बिर्सन मिल्दैन। तर स्थानीयस्तरमा यो परम्पराको सुरुआत उहाँहरू भन्दा पहिलेदेखि नै प्रचलित नाट्य मञ्चन र राजा–महाराजाका लागि तयार गरिएका धार्मिक तथा ऐतिहासिक कथामा आधारित नाटकहरूबाट भइसकेको थियो।

नाट्य परम्परालाई निरन्तरता दिने क्रममा नेपालमा विदेशी भाषामा लेखिएका प्रचलित नाटकको अनुवाद र प्रदर्शन पनि भयो। नेपाली नाट्य क्षेत्रमा वि.सं. १९६० को दशकमै खासगरी भारतका विभिन्न भाषामा अनुवाद भई प्रदर्शनमा आएका शेक्सपियरका नाटकहरू देखा पर्न थालिसकेका थिए। अठारौं शताब्दीको शुरूतिर अंग्रेजहरूले मात्र अनुवाद गर्ने गरेका यस्ता नाटकहरू पछि स्थानीय व्यक्तिहरूले पनि गर्न थालेका थिए।

शुरूमा ती नाटकहरूको अनुवाद पठन–पाठनका लागि मात्र हुन्थ्यो, मञ्चनका लागि हुँदैनथ्यो। शेक्सपियरका केही नाटकको १८औं शताब्दीमै उर्दू भाषामा अनुवाद भए पनि स्टेजमा मञ्चन हुन केही समय लाग्यो। नेपाली भाषामा यस्ता नाटकहरू मूल कृतिबाट सीधै अनुवाद भएका थिए वा थिएनन् भन्न कठिन छ, तर वि.सं. १९७४ मा गरिएको शेक्सपियरको किङ्लियर (वि.सं. १६६२) को नेपाली अनुवाद भने उर्दूबाट भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालय (मपुपु) मा संकलित एउटा पर्चाको शीर्षक शेक्सपियरको उक्त कृतिसँग मिले पनि त्यसमा शेक्सपियरका सम्बन्धमा वा अनुवादका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन।

उर्दू रंगमञ्चका लोकप्रिय नाटककारमध्ये एक आगा हश्र कश्मिरीले वि.सं. १९६४ ताका शेक्सपियरको किङ्लियर लाई सफेदखुन (ह्वाइट ब्लड) शीर्षक दिएर उर्दूमा रूपान्तरण गरेका थिए। पर्चामा उल्लिखित नाटक त्यसकै नेपाली रूपान्तरण हो, जसको शीर्षक सफेदखुन या किङ्लियर राखिएको छ। यसै समयमा गोपीचन्दको थियेटर (वि.सं. १९७२) जस्ता अन्य नाटकहरू पनि मञ्चन भएको प्रमाण भेटिन्छ। यस्ता नाटकहरू प्रायः संयोगान्त हुने गर्दथे। विदेशका अनूदित र मञ्चित नाटकहरूको अन्त्यबाट नाटकको अन्त्य कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा दक्षिण एशियाका जनताको एकै प्रकारको रूचि भएको अनुमान गर्न सकिन्छ। जर्ज बर्नार्ड शाले ‘अब कसैले यति उत्कृष्ट वियोगान्त नाटक लेख्न नसक्ने’ भनेर टिप्पणी गरेको किङ्लियर लाई दक्षिण एशियामा भने संयोगान्त नाटकका रूपमा प्रस्तुत गरिएको थियो।

यस्ता नाटकहरूको अन्त्यमा गरिएको फेरबदल र त्यसलाई दर्शकले रूचाएको कुराबाट यो क्षेत्रमा प्रदर्शन हुने फिल्म वा नाटकको अन्त्य संयोगान्त देख्न चाहने मानसिकता निकै पुरानो रहेको अनुमान गर्न सकिन्छ। कश्मिरीले नै किङ्लियर मात्र होइन रोमियो–जुलियट लाई पनि संयोगान्त बनाएका र त्यसलाई दर्शकले रूचाएको परिप्रेक्ष्यमा नाटकको स्थानीयकरण कति महत्वपूर्ण थियो भन्ने पनि बुझन सकिन्छ।

मूल रचनाबाट उर्दू भाषामा वा उर्दूबाट नेपाली र अन्य स्थानीय भाषामा हुने यस्ता अनुवादमा पनि परिमार्जन गर्ने चलन थियो। कथावस्तु बुझ्ेपछि त्यसका आधारमा स्थानीय श्रोतालाई ध्यानमा राखेर कथामा थपघट र आवश्यक परिमार्जन पनि गरिन्थ्यो। कतिपय सन्दर्भमा अनुवाद गरिसकेपछि निर्देशकले आवश्यकता अनुसार कथामा परिमार्जन गर्ने गर्थे भने कथाका पात्र, उनीहरूका नाम, धर्म, संस्कृति, कपडा र भाषा तथा संवेदनशीलता पनि स्थानीय संस्कृतिमै आधारित हुन्थे। उदाहरणका लागि किङ्लियर मै यसका लियर पात्र खाकान वादशाह बनेका थिए भने उनका तीन छोरीहरू क्रमशः महापरा, दिलारा र जारा। यस्ता नाटकहरूका बीचमा बज्ने गीत वा पृष्ठभूमिबाट बज्ने संगीत पनि स्थानीयस्तरमा प्रचलित गीत, कविता र संगीतबाटै छानिने गर्दथे।

हिमाल खबरपत्रिकाबाट http://nepalihimal.com/article/itihas/%E0%A4%B8%E0%A4%82%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4-%E0%A4%A8%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%A8%E0%A4%BE,480

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: