आफ्नै हातमा कलम हुनेहरू पनि आफ्नै इतिहास लेख्नि बसे भने बडो असमञ्जसमा पर्न सक्छन् किनकि इतिहास सोझो वा सरल हिसाबले लेख्नेन गरिएको छैन। व्यवहारबाट इतिहास निर्माण गर्नेहरूले भने इतिहासका पन्ना कलमले कोर्दैनन्। कलमले इतिहास कोर्नेहरूले व्यवहारमा इतिहास निर्माण गर्न वा नगर्न पनि सक्छन् तर तिनका कलमले इतिहासका नाममा कागज कोरेकै हुन्छन्। हामीले भन्दै् र पढ्दैस आएको इतिहासमा गरिखानेको भन्दा बसिखानेको पक्षमा बढी लेखिएको त्यसै भएर पनि हुनसक्छ।

हामीले मान्दै आएको इतिहासमा वास्तविक इतिहास निर्माण गर्नेहरूका अनुहार झल्याकझुलुक मात्र देखापरेका र कतिपयका त नपरेका नै छन्। आज पनि हामीले त्यही मानसिकता र परम्परा बोकेर उदास मनस्थितिमा बनावटी हाँसो देखाएर बाँचेका र वास्तविकताको एउटा पक्षमा, एउटा कोणमा मात्र आधारित भएर इतिहासका कुरा कागजका पन्नामा कोर्ने गरेका छौं।

भन्ने नै हो भने हामीकहाँ संघसंस्था निर्माण गर्ने, गठन गर्ने, त्यसको परिकल्पना गर्ने एउटा र त्यसलाई आफ्नो बनाउने अर्को हुन्छ। जसरी खेतबारी र बाटो खन्नेर एकथरि र तिनको उपयोग गर्ने ,त्यहाँबाट लाभ लिने अर्काथरि हुन्छन्। धेरैजसो क्षेत्रमा काम एउटाको, नाम अर्कैको, स्वामित्व अर्कैको, ऐश आराम अर्कैको हुनेगर्छ।यो हाम्रो परम्परा बनिसकेको छ त्यसैले हामी यसलाई सहज रूपमा स्वीकार्न तयार पनि छौँ।

देशभित्रका अन्य भूभागको जस्तै मदनपोखराको वातावरण, संघसंस्थाहरू, राजनीति, समाज, भूबनोट आदिको सम्झना र चर्चा गर्दै धेरैले धेरै मसी, कागज खर्चेका छन्। मैले पनि बेलाबेलामा कागज, मसी खर्चेको छु तर कतिपय कुराको वास्तविक तथ्य अझ पनि रहस्यमै छन्। त्यस्ता तथ्यहरू नामेट हुन वा अर्कैमा सामेल हुन पनि सक्ने सम्भावना हुन्छ जसको राम्ररी खोजबिन हुँदैन।

हामीकहाँ आफ्ना रचनामा नामै नराखी छाप्ने रचनाकारहरूको परिचय जस्तै कैयौ समाजसेवीहरूका पनि परिचय नखुलेका छन् तिनको लेखाजोखा राख्ने परम्परा पनि अझै बसिसकेको छैन। यस्तो अवस्थामा एउटा छुट्टै विषयको उठान गर्नु बडो अपजस्याहा कार्य हुन सक्छ त्यसैले त्यतातिर कोही अगाडि सर्दैन।यस्तै भएर कतिपय तथ्यहरुको खुलासा हुन नसकेको अवस्थामा त्यस्ता तथ्यहरुको खोजबिन गर्न हाल उपलब्ध व्यक्तिसँगको कुराकानी,सम्बन्धित संस्था वा कार्यालयसँग परिचित रहेका व्यक्ति, सम्बन्धित वा निकटस्थ व्यक्तिहरूसँगको अन्तर्वार्ता,सोधपूछ,तथा तत्कालीन समयमा गरिएका चर्चा परिचर्चा तिनको टिपोट,खेस्रा आदिलाई आधार बनाउनुपर्ने बाध्यता जस्ताको तस्तै छ। त्यसैले त्यस्ता व्यक्तिहरूको नामलाई तीन समूहमा राखेर चर्चा गर्ने प्रयास यस लेखमा पनि भएको छ। जीवित र हाल उपलब्ध, विगतमा अत्यन्त नजिक रहेर सोधपूछ, चर्चा परिचर्चा गरिएका तर हाल उपलब्ध हुन नसक्ने,संस्थाका संस्थापन पक्षमा रहेका, सम्बन्धित कार्यालयमा रहेका र सेवामा संलग्न रहेका व्यक्तिहरूका भनाइ, प्राप्त हुन सक्ने तिनका लेख रचना, निकटस्थ व्यक्तिबाट प्राप्त जानकारी, आफ्नै संलग्नता र जानकारी आदिलाई समेत आधार बनाइएको छ। यति भएर पनि अझै कतिपय व्यक्तिसँग भेट गर्न, तिनको कुरा सुनेर उल्लेख गर्न नसकिएकामा क्षमा माग्नुपर्ने हुन्छ।

यस लेखमा उठाउन खोजिएको प्रसङ्ग वालकृष्ण प्रा वि को स्थापनाको हो। स्थापनाको पृष्ठभूमिको हो। कतिपय अप्ठेरा चुनौतीहरूको सामना गर्दै आजको अवस्थासम्म आइपुग्दा यसका निम्ति कसकसले के कति योगदान गरे भनेर भन्नच सजिलो छैन तर पनि कतिपय भनिजान्ने, सुनिजान्ने र सम्बन्धित साक्षीप्रमाणका आधारमा यसको सङ्केतसम्म गर्नु स्वर्णजयन्तीका अवसरको महत्त्वपूर्ण पक्ष हो भन्नेन लागेको छ। यसमा कसैको विमति पनि हुँदैन होला।

कतै केही ठाउँमा बाहेक धेरै नेपालीहरू ००७ सालको राजनीतिक परिवर्तनको सेरोफेरोतिरबाट विद्यालय खोल्ने कुरामा पनि सल्बलाउन थालेका हुन्। देशका अन्य क्षेत्रमा जस्तै मदनपोखरामा पनि व्यक्तिगत रूपमा घरघरमा पढाइने पुरानो गुरुकुल परम्पराको अनुकरण र पिंढी पाठशालाबाट पठनपाठन परम्पराको शुरूवात धेरै पहिले देखि नै भएको पाइए पनि स्कूल परम्पराको शुरूवात ००७ सालको सेरोफेरोबाट नै भएको पाइन्छ। इतिहास हेर्दै जाँदा केशवराज अर्याल(१), हुमकान्त पाठक, भीमदेव लुईँटेल, निमनारायण घिमिरे, झपेन्द्रराज अर्याल आदिका घर आँगनमा पुराना नयाँ परम्पराका पठनपाठन भएका देखिन्छन्। यी बाहेक अन्यव्यक्तिका घरमा पनि भएका छन्,होलान् सबैको चर्चा गर्नु यो सानो लेखमा सम्भव छैन। त्यो अन्यत्र खोजको र चर्चाको विषय हुन सक्छ।

मदनपोखरामा शुरूमा सरस्वती र शारदा गरी २ वटा विद्यालयले सरकारी अनुदान रकम प्राप्त गरेका र केही पछि बालकृष्ण विद्यालयले पनि सहायता पाउन थालेको हो।(२) ती मध्येको एउटा विद्यालय झपेन्द्रराज अर्यालको (पङ्तिकारका पिता) घर आँगनबाट प्रारम्भ भएर ऋषिराम अर्याल, शोभाखर अर्याल(काकाहरू)को घर आँगन हुँदै सरस्वती विद्यालयको नामबाट अँधेरीमा सञ्चालन हुन पुगेको र पालैपालो पढाउने परम्पराबीच पहिलो शिक्षकका रूपमा होतृराज भट्टराईको नियुक्ति भएको देखिन्छ।(३)

०१४-०१५ तिरको यो नियुक्तिसितै शोभाखर अर्यालको घर आँगनमा र त्यसपछि ऋषिराम अर्यालको घर पछाडि छाप्रो बनाएरै पढ्न सुरू गरेका विद्यार्थी, तिनका अभिभावक तथा विद्यालयका सहयोगीसमेत धेरै मौजुद रहेका अवस्थामा तिनलाई देखिजान्ने साक्षीका रूपमा लिन सकिने अवस्था विद्यमान छ।

रामजी प्रसाद गौतम,तत्कालीन डि स इ अफ स्कूल्स,डि इ आ जोन न ५ कपिलवस्तु भन्नुहुन्छ – त्यतिबेला सरकारी सहायता पाए हुने चलन थियो। कुन नामको स्कूल कहाँ? भन्नेमा त्यति ध्यान हुन्नथ्यो। अफिसले पनि माग र चासो हेरेर काम गर्नुपर्थ्यो र त्यसै गर्थ्यो। डिभिजनल इन्स्पेक्टर रामसिँह ठकुरी धेरैजसो काम आफै हेर्नुहुन्थ्यो। हामी दुवैले ०१० साल माघसम्म पाल्पामा र फागुनदेखि तौलिहवामा सरुवा भएर आएर पनि सँगै काम गरेका ‍थियौं।

अँधेरीमा विद्यालय चल्नु अघि होतृराज भट्टराईको नियुक्ति भएर हाम्रै धरमा पठनपाठन सुरु हुँदा बेनीराम श्रेष्ठ, हरिहर अर्याल, डिल्लीराज अर्याल, गुरूप्रसाद श्रेष्ठ, एकप्रसाद श्रेष्ठ, खोमनारायण श्रेष्ठ, नारायण अर्याल, गोकर्ण अर्याल, (यज्ञ प्रसाद) नेत्र प्रसाद श्रेष्ठ, विष्णु प्रसाद अर्याल, विष्णु प्रसाद अर्याल (प्रभात), श्रीधर प्रसाद श्रेष्ठ आदिको प्रत्यक्ष सहभागिता रहेको मेरा सम्झनामा आज पनि ताजै छ।

यही विद्यार्थी टोलीसहित विद्यालय अँधेरीमा स्थानान्तरण भएको र नारायण घिमिरेको नियुक्ति भएको हो।(४) अँधेरीमा स्याउला खरले छाएको गोठशाले टहरो बनाएर (लाँकुरीको फेदमा) पठन-पाठन चल्न थाल्दा छविलाल सापकोटा, मिन (निम) प्रसाद पंगेनी, कृष्णध्वज थापा, लगायतका विद्यार्थी थपिए भने चेतनारायण (वेल्टारे) एम बहादुर दिशा, डोल बहादुर आले, अन बहादुर आले, लेखनाथ अधिकारी, गुणलक्ष्मी अधिकारी, बाबुराम अधिकारी, हरि प्रसाद अधिकारी, श्रीधर घिमिरे, विष्णु घिमिरे, कृष्ण प्रसाद लुइँटेल, रिम कुमारी लुइँटेल, दुर्गादेवी लुईँटेल,सूर्य श्रेष्ठ, तारा प्रसाद श्रेष्ठ, ललिता सारू, तारा बहादु गाहा, टोप बहादुर गाहा, पुरुषोत्तम अर्याल,लगायतका विद्यार्थीहरू थपिएको सम्झना छ।

२०१६ सालमा यस गाविस वडा नं ९ र ५ को बीच बाटुली चौर भन्ने स्थानमा २००८ सालदेखि स्थापित सरस्वती विद्यालय श्री ५ को सरकारबाट वार्षिक आ स ३०० प्राप्त गर्ने र यू एस ए को सहयोगबाट वार्षिक ९०० प्राप्त गर्ने शारदा विद्यालयमध्ये शारदा वि हाल भएको ठाउँमा राखी ९ नं वडाको चौरथोक र १ नं वडाको माथिल्लो भागको वीच पर्ने गरी अँधेरी भन्ने ठाउँमा जनसहयोगबाट भवन निर्माण गरी सरस्वती विद्यालय सञ्चालन भयो। (५)

नारायण घिमिरे शारदा विद्यालयमा जानुभएपछि शिव घिमिरेले नियुक्ति लिएर अध्यापन गर्न थाल्नु भएको थियो।उहाँ मात्र शिक्षक रहेकाले बिदा लिँदा झपेन्द्रराज अर्याल, लोकनाथ अर्याल, देवराज अर्याल, शोभाखर अर्याल, राम प्रसाद अर्याल, निमनारायण घिमिरे र मदन घिमिरेले समेत सट्टामा आक्कल-झुक्कल पढाएको तथ्य मेरो सम्झनामा छ।

यसको शुरूवात जे जसरी भएको भए पनि गाउँलेहरूको सहयोग र सहमतिमा शिक्षक नियुक्त भएको तथ्य देखिन आउँछ।नारायण घिमिरेको नियुक्ति पत्रमा झपेन्द्रराज अर्याल र शोभाखर अर्यालको हस्ताक्षर सभापति र सेक्रेटरीका हैसियतले भएको देखिन्छ। यसले प्रमाणित रूपमा सरकारी अनुदान प्राप्त विद्यालय अँधेरीमा थियो भन्ने देखिन्छ।(६)

सोही अवसरमा अम्लिहानमा पनि विद्यालय चलेको र अँधेरीको विद्यालयको विरूद्धमा त्यहाँका हेडमास्टरको उजुरी परेपछि त्यस विषयमा छानविन हुँदा एउटै विद्यालयले काम चल्ने देखिएपछि अँधेरी र अम्लिहानको विद्यालय डिभिजनल इन्स्पेक्टर अफ जोन न ५ कपिलबस्तुको आदेशमा तीनपीपलेमा सरेको देखिन आउँछ।(७) यसलाई पुष्टि गर्ने थुप्रै आधारहरूमध्ये एक दुईलाई मात्र प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु।

१) सरस्वती विद्यालय अँधेरीमा नियुक्त शिव घिमिरे र भागीरथ लुईँटेल नै तीनपीपलेमा पनि शिक्षकका रूपमा रहनु।
२) त्यहाँका सम्पूर्ण विद्यार्थी तीनपीपलेमा आउनु।
३) अम्लिहानका शिक्षकहरू तीनपीपले पढाउन नआउनु र केशवमान वौघा (सार्वजनिक प्रा वि मा) गएकोले थप शिक्षकका रूपमा केही समय पछि केशव प्रसाद श्रेष्ठ र धर्मराज बस्यालको नियुक्ति हुनु।
४) तत्कालीन सरस्वती विद्यालयकै सञ्चालक समिति कायम रहनु।(८)
त्यसका निमित्त वि स २०१३ सालमा वार्षिक अनुदान रू ३००/- पाउने गरी स्वीकृत अँधेरीमा संचालित सरस्वती प्रा वि को सुत्र जोडेर बचाउनु पर्यो दमकडाको विद्यालयलाई।(९)

यसरी अँधेरीको गोठशाले भवन भएको विद्यालय वारिपाखा कनिस्टर टिनले छाएर पक्की भवन हालका गाविस भवनकै आकारमा बनेपछि पनि यही तल र माथिको तानातानपछि तीनपीपलेमा स्थानान्तर भएको देखिन्छ।

यो विवाद र तीनपीपलेमा विद्यालय सञ्चालन हुने निर्णय भएको याद दिलाउने एउटा प्रमाण अँधेरीको धारो हो जसको उल्लेख गर्नु सान्दर्भिक होला। अँधेरीको टिनले छाएको भवन बनेपछि अँधेरीको धारो र पानी ट्याङ्की निर्माण भएको हो। धेरै पछि ०४२/०४३ सम्म पनि त्यो धारो त्यहीँ रहेकाले त्यसको सम्झना धेरैलाई हुनुपर्दछ। त्यसमा नाग, चन्द्र र सूर्यको वुट्टाका साथै स्थापित २०१७ लेखिएको थियो। त्यो धारो बनाउने काममा सिमेन्ट वालुवा मिलाउनेदेखि अन्य व्यवस्था मिलाउनेमा देवराज अर्याल, शोभाखर अर्याल, झपेन्द्रराज अर्याल, दलबहादुर श्रेष्ठ र शायद विष्णु प्रसाद घिमिरे खास सिमेन्ट लाउने मिस्त्री हुनुहुन्थ्यो।

तीनपीपलेमा विद्यालय सञ्चालन शुरू भयो। शिव घिमिरे, भागीरथ लुईँटेल केशव प्रसाद श्रेष्ठ, मध्येबाट शिव घिमिरेले विदा लिनुभएपछि क्रमश: धर्मराज वस्याल, लगायत अन्य शिक्षकहरूको नियुक्ति हुँदै गयो।भागीरथ लुइँटेलले विदा लिएपछि रेवन्त सिँहको नियुक्ति भएको हुनुपर्छ।

त्यसकै सन्दर्भमा दिगम्बर झा (तत्कालीन बडा हाकिम) विद्यालयमा आएका वेला विद्यालयका सभापति रहेकाले हाम्रै(सभापतिकै)घरमा बसेका थिए। यस कुराको उल्लेख यसअघिका मेरा केही लेखहरूमा भएका छन्। उनका सम्मानमा विद्यालयमा नाचको आयोजना भयो। सो नाचमा कुल बहादुर पचभैया पुरूष र टीकाराम पचभैया मारूनी भएर नाच्दा कुल बहादुरले (त्यो त्यहीँ मरूला) भन्दै गाएको गीतको सम्झना आज पनि उस्तै गरी छ।

तीनपीपलेको पहिलो पटक बनेको स्याउलाको छानो भएको टहरो छाप्रो (गोठशाले घर) भत्काएर टिनको पक्की भवन बनाउन सुरू गर्दाको अर्को एउटा प्रसङ्ग मेरा सम्झनामा आज पनि छ। विद्यालय भवन बनाउन तीनपीपलेका तीन पीपल मध्येको एउटा पीपलको बोट काट्नुपर्ने भयो। काट्ने कि नकाट्ने असमञ्जस,विवाद र समस्या माथि छलफल हुँदा अगाडि खेल्न, प्रार्थना गर्न मैदान र भवन बनाउने ठाउँको निम्ति ङनबहादुर गाहा (छविलालका बाबु) पीपलमुनिकी दिदी र पालिघरे (लक्ष्मीपतिका बाबु)ले जग्गा दिए मिल्ने ठहर भयो। सो जग्गाका लागि धेरै पहल भयो। ती मध्ये झपेन्द्रराज अर्याल, देवराज अर्याल,शोभाखर अर्याल,भीमदेव लुइँटेल, प्रेमनाथ बस्याल, देवी बहादुर दर्लामी लगायतका प्रमुख व्यक्तिहरू रहेका थिए।(१०)

ठूलाठूला काम गर्दा साना-साना कुराको कति महत्त्व हुन्छ? र त्यो सानो कुरा कसैका निम्ति, कुनै कुराको निम्ति कति महत्त्वपूर्ण हुन्छ? भन्ने कुराको एउटा उदाहरण यो पनि हो। केही हात जग्गाले विद्यालय भवन बन्ने ठाउँ, हिड्ने बाटो र खेल मैदानका लागि धेरै काम गर्योो। जग्गा थोरै भए पनि त्यसको धेरै महत्त्व थियो र छ भन्नेि कुराको अनुभूति धेरैलाई नहोला तर बुझ्नेका निम्ति भने धेरै छ। आजको यस घडीमा ती दाताहरू र तिनलाई दिन मञ्जुर गराउने प्रयासकर्ताहरूको सम्झना हुनु आवश्यक छ भन्नेो मलाई लाग्छ।

यसरी साना ठूला धेरै चुनौती एव कठिनाइहरू पार गर्दै विद्यालयले ५० वर्षको अवधि पूरा गर्दैछ। यस अवधिमा शिक्षक विद्यार्थीहरू आउने जानेक्रममा रेवन्तसिंह अस्लामी, बुद्धिनाथ अर्याल, धनेन्द्र पाठक, हिरा नेपाल, सोमप्रसाद पाण्डे, गोपीनाथ खनाल, जित बहादुर दर्लामी, सीतादेवी अर्याल, सूर्यमान श्रेष्ठ, देवराज अर्याल, टीकाराम पंगेनी, लक्ष्मी आत्रेय लगायतका प्र अ, शिक्षक-शिक्षिकाहरूले सेवा गरेको पाइन्छ। विद्यालयलाई सहयोग गर्ने गाउँलेहरूको जे जति योगदान छ त्यसै अनुरूप विद्यालयले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ।

त्यसै गरी समितिका विभिन्न तहमा रहेर काम गर्नेहरुमा झपेन्द्रराज अर्याल, शोभाखर अर्याल, भीमदेव लुईँटेल, शुकदेव लुईँटेल, प्रेमनाथ बस्याल, देवराज अर्याल, कोमल राना, झमान सिंह पल्ली, उज्जर बहादुर पचभैया, दलबहादुर श्रेष्ठ, ज्योतिषी ,तुलबहादुर गाहा, वुद्धराज वस्याल, ज्ञानु आत्रेय, इन्दिरा अर्याल आदि रहेका छन्।यी बाहेक पनि अरु कतिपय व्यक्तिको सेवा भिन्नभिन्न समय र क्षेत्रबाट विद्यालयले पाएको होला तिनको नाम उल्लेख हुन छुटेकोमा क्षमा प्रार्थना गर्न चाहन्छु। ती सबै धन्यबादका छन्।

विद्यालय शिक्षक र अभिभावकबीचको सम्बन्ध जति भावनात्मक हुन्छ त्यत्ति विद्यालयको गतिविधिमा सक्रियता आउँछ। योगदान गर्नेहरूको विश्लेषण र पहिचान गर्ने परम्पराले हौसला प्रदान गर्छ भन्ने जस्ता कुरालाई संस्था सञ्चालन गर्नेहरूले सधै हृदयङ्गम गर्नुपर्छ। यसो भए मात्र संस्थाको विकास गर्न सजिलो पर्छ।

नयाँ संस्थाहरूले गरेको उन्नतिको रहस्यलाई पुराना संस्थामा काम गर्नेहरुले पनि बुझ्नुपर्छ र सहभागितात्मक अवस्थाको सिर्जना गर्ने प्रयासमा सबै लाग्नुपर्छ। विशेष गरी नेतृत्व वर्गले यस्तो नगरी हुँदै हुँदैन भन्ने कुरा बुझेमा कुनै पनि संस्थाको उन्नति नहुन मिल्दैन।

सरस्वती विद्यालयबाट शुरू भएर बालकृष्ण प्राविसँग एकाकार भई केही समय नि० तथा अ० प्रा० पाठशाला केन्द्र नं० ३ र फेरि बालकृष्ण प्राविका नाममा सञ्चालित यो विद्यालय हामी सबैको हो। यो भावना जाग्नु र जगाउनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यसमा हामी सबै लाग्नुपर्छ।

१) भीमदेव लुइँटेलको भनाइबाट
२) रामजी प्रसाद गौतम, तत्कालीन डि स इ अफ स्कूल्स,डि इ आ जोन न ५कपिलवस्तुका भनाइमा आधारित।
३) होत्रीराज भट्टराईको स्व०झपेन्द्रराज अर्यालका नाममा दिइएको समवेदना सन्देश शोकपुस्तिका २०५९
४) नारायण घिमिरेको नियुक्तिपत्र
५) अर्याल, दुर्गाप्रसाद, २०६३, वार्षिक प्रतिवेदन २०६२/२०६३, दमकडा उ मा वि, स्वर्ण जयन्ती स्मारिका-२०६३, पृ XIX
६) ऐजन
७) कविराज अर्याल ०१० सालदेखि पाल्पामै नियुक्त भई ०११देखि डि इ आ जोन न ५ कपिलवस्तु तौलिहवा (शिक्षा कार्यालय)मा कार्यरत कर्मचारीसँग मिति २०५९ असोज ९ र १० का दिन पाल्पामा भएको कुराकानी तथा वहाँद्वारा लिखित पुस्तक आशीर्वचन, २०६०मा आधारित।
८) तत्कालीन हेडमास्टर केशव प्रसाद श्रेष्ठबाट प्राप्त जानकारी
९) वस्याल, प्रेमनाथ, २०६३, दमकडा उ मा वि हिजो र आज, दमकडा उ मा वि स्वर्ण जयन्ती स्मारिका-२०६३, पृ १७
१०) लक्ष्मीपति नेपाली र उनका बाबुका भनाइमा आधारित।

सन्दर्भ सामग्री
अर्याल, कविराज, २०६०, आशीर्वचन, सावित्री अर्याल
अर्याल, डिल्लीराज, २०५६, मदनपोखरा यसरी अघि बढ्यो, नयाँ करेन्ट साप्ताहिक, वर्ष १६अङ्क२

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: