– दीपक अर्याल

२००७ सालपूर्व निकै कम मात्रामा प्रकाशन भएका पत्रपत्रिकाहरूबारे कुनै न कुनै रूपमा अध्ययन भएको देखिन्छ (दीक्षित २०१७, देवकोटा २०२४, पौड्याल २०२७, प्रेस काउन्सिल २०३१, विरही २०६०)। २००७ फागुन ७ को राजनीतिक परिवर्तन सँगसँगै प्रकाशन क्षेत्रमा मात्रात्मक रूपले वृद्धि भए पनि सोसम्बन्धी अध्ययनमा भने केही कमी देखिन्छ।

२००७ साल अगाडिको ५२ वर्षमा २२ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएको सन्दर्भमा २००८ सालदेखि २०१३ सालसम्मको ६ वर्षको अवधिमा बुलेटिन, राजनीतिक पार्टी र सङ्ग-संस्थाका मुखपत्र, साहित्यिक पत्रपत्रिका, म्यागेजिन तथा समाचारमूलक पत्रपत्रिकाहरू गरी नेपाली भाषाका कुल १२१ पत्रपत्रिकाहरू प्रकाशन भएको देखिन्छ (देवकोटा २०२४)। प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित प्रकाशनको दिग्दर्शन (विरही २०६०) मा सङ्ग्रहीत प्रेस कमिसन २०१४को प्रतिविदेनअनुसार २०१३ मा नेपालभित्र नेपाली भाषाका ३२ ओटा पत्रपत्रिकाहरू सञ्चालनमा रहेका थिए। यस्तै, विसं २००९ मा तीन, २०१० मा १३, २०११ मा १५ र २०१२ मा ११ ओटा पत्रपत्रिकाहरू प्रकाशन भएका थिए। (मिडिया अध्ययन ६: १३१-१४८) २०६८

यसभित्र रहेका च्याप्टरहरू

साहित्य र साहित्यकारको बाक्लो उपस्थिति
रङ्गीन बनाउने मोह
सचित्र देखाउने होड
म्याजेजिनको बाहुल्य र यसभित्रका विषयवस्तु
विज्ञापनको अवस्था

विस्तृत अध्ययनका लागि

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: