– दीपक अर्याल

कास्कीको उत्तरी सीमान्त नामार्जु ङ गाविसको ताङ्तिङ गाउँको हिमालय मिलन मावि, कक्षा ७ मा पढ्ने केश कुमारी गुरूङ पहिलोपल्ट कम्प्युटरको किबोर्डमा हात राखेर अंग्रेजी तथा नेपाली भाषामा आफ्नो नाम लेख्दै थिइन्। उनी मात्र होइन ६ देखि १० कक्षासम्म पढ्ने धेरैले पहिलो पल्ट कम्प्युटर चलाइरहेका थिए। कम्प्युटरबाट के के काम गर्न सकिन्छ सकिन्छ भन्ने१ विषयमा धेरै विद्यार्थीहरूको उत्सुकता थियो। उनीहरूले कम्प्युटरका विषयमा ठूला ठूला कुरा सुनेपनि वास्तवमै कम्प्युटरले के गर्न सक्छ र के गर्न सक्दैन? भन्नेो विषयमा भने अलमलमा परेका देखिन्थे। केश कुमारीले सरलतापूर्वक सोधिन्, “सर, ठूलो भएर म के बन्छु भन्ने कुरा पनि कम्प्युटरले जान्दछ?”

उनको प्रश्नको जवाफमा “कम्प्युटरले त्यो त थाहा पाउँदैन नानी” भन्न मन लागेन। हामीले जवाफ दियौँ, “ आफू के बन्ने भन्ने कुरा चाहिँ तिमीले आफैँ विचार गर्नु पर्छ, तर तिमीले चाहेको कुरा हासिल गर्न भने कम्प्युटरले सजिलो पार्छ।”

तर त्यति भनेर मात्र पुग्ने थिएन, हामीले त्यसको प्रमाण पनि दिन सक्नुपर्थ्यो र हामीले उनीहरुलाई आफूले लिएर गएका विभिन्न सामग्रीहरू देखाउन थाल्यौं। हामीले भिडियो र तस्वीरहरु देखायौँ, अडियो सुनायौँ र कम्प्युटरका बारेमा उनीहरुको चाख बढाउने प्रयास गर्यौ। उनीहरूले पनि कम्प्युटरलाई कसरी प्रयोग गर्न सकिन्छ, कम्प्युटर सिकेर के फाइदा हुन्छ? यसबाट पढाइ बिग्रन्छ कि पढ्नलाई झन् सजिलो हुन्छ? जस्ता प्रश्नहरू गरे।

हामी एउटा अनुसन्धानमूलक तालिमका क्रममा त्यहाँ गएका थियौँ। हाम्रो उद्देश्य थियो विद्यार्थीहरूलाई कम्प्युटरको तालिम दिने तथा तालिमका क्रममा विद्यार्थीहरूले के सिक्छन्, के कुरा मन पराउँछन्, के मन पराउन्नन्, कस्ता विद्यार्थीहरूले छिटो र कस्ताले ढिलो सिक्छन् तथा के कुरामा उनीहरूको रूचि हुन्छ? जस्ता विविध प्रश्नहरूमा आधारित मानव प्रविधि सम्बन्धका विषयमा अनुसन्धान गर्ने।ल्याङ्वेज टेक्नोलोजी केन्द, काठमाडौंबाट गएका कम्प्युटर इन्जिनियर र समाजशास्त्रीहरूको हाम्रो टोलीलाई उनीहरूको प्रश्न र उत्सुकताले धेरै नयाँ कुराहरू सिकाउँदै पनि थियो। कतिजना विद्यार्थीहरू उत्सुकतासाथ प्रश्नहरू सोधिरहन्थे। कतिपयले छलफललाई भन्दा पनि आफू अगाडिको कम्प्युटरमै बढी ध्यान दिन्थे भने कतिपय के गर्ने भन्नेर कुरामा नै अलमलिन्थे।

यस्तो अलमललाई साम्य पार्न कम्प्युटर इन्जिनियर तथा हाल मानव प्रविधि अन्तकिर्रयामा अनुसन्धान गरिरहेका सगुन धाख्वाले कम्प्युटरको परिभाषा यसरी दिए, “कम्प्युटरले तिमीहरुलाई पढाउने ‘गुरा’ले भन्दा पनि धेरै कुराहरू जानेको हुन्छ, एउटा हातमा बोक्न सकिने कम्प्युटरमा तिमीहरूका स्कुलभरिमा पनि नअटने किताबहरू वा सयौँ सीडी डीभीडी बराबरका संगीत वा फिल्म अट्छन्। आफूसित भएका ती कुरालाई अक्षर, अडियो, भिडियो, नक्शा वा चित्रका माध्यमबाट पढाउन, सिकाउन सक्ने मेसिन नै कम्प्युटर हो।“ उनले थपे, “तर यसले आफै चाहिँ केही काम गर्न सक्दैन। यसलाई “यस्तो काम गर भनेर किबोर्ड वा माउसका माध्यमद्वारा अह्राउन पर्छ। उसको क्षमता अनुसारको काम अह्राउन जान्यो भने चाहिँ यसले मान्छेले गरेको भन्दा कैयौं गुना छिटो र सजिलोसँग गर्न सक्छ।
अनि हामीले एकजना विद्यार्थीका आफन्तको बसोबास भएको बेलायतको सानो शहर ब्राइटनको नाम टाइप गरेर केही भिडियो, नक्शा र जानकारीहरू दियौँ। हामीले उनीहरुले विज्ञानमा पढेका एटम, मोलिक्युल, कम्पाउण्ड जस्ता सामान्य वा एस्ट्रोलोजी, मेट्रोलोजीसँग सम्बन्धित गाह्रा सैद्धान्तिक जानकारी, गणितमा पाइथागोरस साध्यका विषयमा वा पाईको मान जस्ता कुरा पनि देखाइदियौँ। हामीले उनीहरुलाई कम्प्युटरबाट कुनैपनि देशको भाषा, धर्म, संस्कृति, जनसंख्या वा शहर र गाउँका विषयमा पनि जानकारी पाउन सकिने कुरा बतायौँ।

“के यस्ता सामग्रीहरू इन्टरनेट विना पनि खोज्न सम्भव छ?” पहिले पनि कम्प्युटर र इन्टरनेटका वारेमा जानकारी भएका १० कक्षाका एउटा छात्रको प्रश्न थियो। “हो त्यो पनि सम्भव छ, इनकार्टा, विकिपिडिया वा यस्तै खालका अन्य कैयौं अफलाइन सामग्रीहरूलाई कम्प्युटरमा राख्ने हो भने इन्टरनेट नभएको समयमा पनि जानकारीहरू हेर्न र पढ्न सकिन्छ”- इन्जिनियर धाख्वाको उत्तर थियो। वास्तवमा हामी विद्यार्थीलाई अधिकांश कुरा अफलाइन वा इन्टरनेटको प्रयोग नगरीकनै देखाइरहेका थियौँ।

प्रश्न र उत्तरहरूको सिलसिला चलिरह्यो। कम्प्युटर सिक्ने विद्यार्थीहरूका चाहनाका माझ स्कुलमा भएका १० वटा कम्प्युटर थोरै हुने भए। त्यसपछि एउटा कम्प्युटरमा २ जनाका दरले विद्यार्थी राखेर कम्प्युटर खोल्नदेखि कम्प्युटरमा भएका अफलाइन नेपाली शब्दकोष हेर्न, विकिपिडियामा आफूलाई चाहिने विज्ञान, हिसाब, अंग्रेजी, भूगोल, संस्कृतिसँग सम्बन्धित सामग्रीहरू खोज्न र पढ्न र ठीक किसिमले बन्द गर्न सिकाइयो। त्यति मात्र होइन इमेल र इन्टरनेटका सैद्धान्तिक ज्ञान र त्यसको उपयोगिताका वारेमा चर्चा चल्यो र त्यो सिकाउने जिम्मा त्यहाँका सरहरूले पाउनुभयो।

स्कुलका सरहरूलाई पनि यो अभ्यास उपयोगी भयो। उहाँहरु ‘युट्युब’बाट मिओसिस, माइटोसिस, डिएनए, अमिबा, शरीरका अङ्गहरू, विरूवा र अन्य जनवारका बनोटका विषयमा जानकारी दिन भिडियो फाइलहरू डाउनलोड गरेर विद्यार्थीहरूलाई सिकाउन सक्ने हुनुभयो। बायोलोजी पढाउँदा जीवजन्तु तथा बोटनी पढाउँदा विरूवाहरूका तस्बिर, यसको बनोट, यसको वर्गिकरणका विषयमा पनि नियमित किताबका भन्दा प्रष्ट तस्बिर तथा भिडियोहरूको प्रयोग गरेर विद्यार्थीहरूलाई बुझाउन पाउने हुनुभयो। हाल उक्त विद्यालयमा पढाउने विज्ञानका शिक्षक संगम भुषाल आफूलाई आवश्यक सामग्री र विद्यार्थीहरूलाई बुझाउनका लागि आवश्यक पर्ने सामग्रीहरू राति इन्टरनेटबाट डाउनलोड गरेर अर्को दिन देखाउने र बुझाउने प्रयासमा खटिनु भयो। यसले विद्यार्थीहरूलाई प्राविधिक कुराहरू बुझाउन सजिलो बनायो।
जीवनमा पहिलोपटक नेपालीमा टाइप गरेकोमा दङ्ग हुने शिक्षक, शिक्षिका तथा पहिलोपल्ट कम्प्युटर चलाउने वा फेसबुक र इमेलमा आफन्तहरूलाई नेपालीमा इमेल गर्ने अभिभावकहरूको उत्साहले प्रविधिको उपयोगीता कहाँ र कसरी हुन सक्दोरहेछ भन्नेक कुराको नयाँ पाठ भने काठमाडौंबाट खटिएका इन्जिनियर र समाजशास्त्रीहरूलाई सिकाउँदै थियो। पोखराबाट २ घण्टाको बस यात्रा र त्यसपछि करिब ४ घण्टा पैदलयात्रा गरेर पुगिने कास्कीको सिमानामा पर्ने तथा मनाङ र लमजुङसँग छोइने यो सुन्दर गाउँका विद्याथी विदेशमा भएका आफन्तहरूसँग स्काइपबाट आफ्नै भाषामा कुरा गर्दै थिए। उनीहरूका आफन्तहरू गाउँका विद्यार्थीहरूले कम्प्युटर सिकिरहेका फोटोहरू फेसबुक मार्फत् टाढाको कुनै शहरबाट नियालिरहेका थिए। बाटो घाटोको सुविधालाई छाड्ने हो भने ताङ्तिङ गाउँ आफैमा अविकसित गाउँ होइन। गाउँको आफ्नै हाइड्रो पावर छ, हेल्थ पोष्ट छ, बाल स्याहार केन्द्र छ, स्थानीय युवा क्लब सवि्र्कय छ। यस्तो सक्रियताका पछाडि समग्र गाउँलेको सवि्र्कयता त छँदैछ त्यो भन्दा बढी सक्रियता भने विद्यालयका प्रधानाध्यापक ओमप्रकाश गुरूङ र अन्य शिक्षक शिक्षिकाको छ।

केही वर्ष अगाडिसम्म गाउँमा फोनको सुविधा थिएन, मोबाइलको टावरले काम नगर्ने हुनाले मोबाइल सम्पर्कका लागि गाउँको डाँडा चढ्नुपर्थ्यो तर अहिले सबै खालका प्रविधिहरू एकैपटक भित्रिने क्रममा छन्। स्थानीय शिक्षक डिल्लीजङ गुरूङ, जसबहादुर गुरूङ मात्र होइन गाउँ बाहिर घर भएपनि यसै स्कुललाई कर्मथलो बनाउने माधव आचार्य, खगराज कुँइकेल आदि पनि कम्प्युटर प्रविधिमा गहिरो चाख राखेर कैयौं नयाँ कुराहरू सिकिरहेका छन्। नयाँ कुरामा चाख राख्ने शिक्षक भए विद्यार्थी पनि जिज्ञासु हुन्छन् र शिक्षक जान्ने भए विद्यार्थीले जान्दछन् भन्ने कुरा ताङतिङमा प्रत्यक्ष देखिन्छ। ल्याङ्वेज टेक्नोलोजी केन्द्रको यो अनुसन्धानमुलक कार्यक्रम त्यहाँ पुग्नमा पनि त्यहाँका प्रअ, अन्य शिक्षक र स्थानीय बासिन्दाको उत्सुकता र उत्साहकै भूमिका छ।

के यस्तै फाइदा अन्य विद्यालयले पनि लिन सक्छ?

विद्यालयमा एउटा मात्र कम्प्युटर हुने हो भने पनि राम्रो सुरुआत हुन सक्छ। विभिन्न व्यक्ति वा संस्थाहरूबाट पुस्तक सहयोग लिएर पुस्तकालय निर्माण गरे जसरी नै कम्प्युटरमा पढ्ने सामग्रीहरूको सङ्कलन गर्न र त्यसको प्रयोग गर्न सकिन्छ। कतिपय सामग्रीहरू शहरमा हुने आफ्ना शुभचिन्तकहरूलाई डाउनलोड गर्न भन्ने, डिजिटल पुस्तकालयमा काम गरिरहेकाहरूसँग डिजिटल पुस्तकहरू माग्ने तथा इनसाइक्लोपडिया, डिक्सनेरी र पाठ्यपुस्तकसँग सम्बन्धित सफ्टवेयरहरू राखेर इन्टरनेट नभए पनि कम्प्युटरबाट फाइदा उठाउन सकिन्छ। धेरै कम्प्युटर भएमा एउटा कम्प्युटरलाई सर्भर बनाएर यी सबै सामग्रीहरू एकै ठाउँ राख्नेर र नेटवर्कका माध्यमद्वारा अन्य कम्प्युटरबाट पनि एकैपटक हेर्न, पढ्न र सुन्न मिल्ने व्यवस्था गर्न धेरै समस्या पर्दैन।

इन्टरनेटको लागि आवश्यक खर्च जुटाउन सकेमा नयाँ सामग्रीहरू पनि तुरून्तै हेर्न र पढ्न सकिन्छ तर अफलाइनमा राखिएका सामग्रीहरू भने केही समयको अन्तरालमा फेर्दा हुन्छ। उदाहरणका लागि हाल सबैभन्दा धेरै सामग्री भएको वेवसाइट मध्येको एउटा साइट ‘विकिपिडिया’ इन्टरनेट हुने व्यक्ति वा संस्थाले डाउनलोड गरिदिएमा त्यही सामग्री इन्टरनेट नहुने कम्प्युटरमा राखेर पढ्न सकिन्छ। ६ महिना वा १ वर्षपछि यसमा थप भएका सामग्रीलाई पुनः थप्न सकिन्छ। यस बाहेक निशुल्क उपलब्ध हुने थुप्रै पुस्तक तथा अन्य सामग्रीहरूको सङ्कलन र व्यवस्थापन गरेर पनि इन्टरनेट नहुने ठाउँमा उपयोग गर्न सकिन्छ।

यसका लागि कम्प्युटर त चाहिन्छ नै, कम्प्युटरमा एकदमै गहिरो चाख भएका शिक्षक पनि चाहिन्छन्। अलिकति स्रोत साधन चाहिन्छ, जो अभिभावकबाट पनि जुटाउन सक्छ यदि उनीहर आफूले खर्च गरेको कुरा आफ्ना बालबालिकाको हितमा प्रयोग हुन्छ भन्ने कुरामा विश्वस्त भए भने। यो विश्वास प्रधान अध्यापक बाहेक अरु कसैले दिलाउन सक्दैन, ताङतिङमा गरिएको अनुसन्धानको एउटा अनौपचारिक “फाइण्डिङ” यो पनि हो।

(माघ २०६८ को शिक्षक मासिकमा प्रकाशित)

Advertisements

Comments on: "स्कूलमा सूचना प्रविधि : कम्प्युटर, उत्सुकता र उत्साह" (1)

  1. Thanks sir for the article. This is time to change and we have to make peoples for Nepal.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: