मुकेश पोखरेल

गाई पाल्ने गोपाल र साधु-सन्तहरूको बास छ यो शिखरमा। प्राचीन युगमा ऋषिहरूले तपस्या गरेको मानिन्छ, जसका कारण यसको नाम रेसुङ्गा रहन गयो। समुन्द्र सतहदेखि १७०० मिटर उँचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाका एघार गाविसमा पर्छ। रेसुङ्गा क्षेत्रलाई पर्वतीय घुमफिरका लागि उपयुक्त गन्तव्य मान्न सकिन्छ।

रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजिकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्। सूर्यास्तको बेला धवलागिरिको छायाँ त रेसुङ्गामै पर्दछ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ। यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि वैशाखसम्मको समय उपुक्त मानिन्छ। अझ्ै फागुनदेखि चैतको समयमा पुग्नुभयो भने त डाँडाभरि लाली छर्ने गुराँसले तपाईको स्वागत गर्ने छन्।

धार्मिक भावनाले रेसुङ्गा जाने हो भने साउन, माघ वा वैशाखमा यहाँ मेला लाग्छ। रेसुङ्गा पोखरीमा सबै तीर्थस्थलको जल मिसाएकाले यहाँ नुहाए सबै तीर्थको पुण्य प्राप्त हुने विश्वास गरिन्छ। सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्वलाई बढाएका छन्।

पुग्ने कसरी?

बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ। पाल्पाको पश्चिम-उत्तरतिर ७९ किलोमिटर पक्की सडकमा साढे दुई-तीन घण्टाको बस यात्राबाट पुगिन्छ गुल्मीको सदरमुकाम तम्घास। तानसेनको काखैमा ढल्किएको छ, रेसुङ्गा पर्वत। तम्घासबाट एकघण्टाको हिँडाइमा सजिलै रेसुङ्गा पुगिन्छ। अथवा यो हिँडाइ पनि बढी लाग्छ भने, अझ्ै माथिसम्म पनि गाडी जानसक्छ, जम्मा २० मिनेट हिँडेर रेसुङ्गा पर्वतको शिखरमा पुग्न सकिन्छ।

प्राकृतिक सौन्दर्यका अलावा गुल्मी व्यावसायिक कफी खेतीका लागि पनि प्रसिद्ध छ। रेसुङ्गा पुगिसकेपछि एक घण्टाको हिँडाइमा जुभुङ्ग गाविस पुगी कफीका बोटबिरुवा र उत्पादन प्रक्रिया पनि हेर्न सकिन्छ। यहाँको कफी जापानलगायतका मुलुकमा निर्यात हुन्छ।

एकैदिनमा रेसुङ्गा घुमेर बास बस्न साँझ् तम्घास फर्किन सकिन्छ। अथवा रेसुङ्गामै पाल टाँगेर पनि रात बिताउन सकिन्छ। यहाँ होटल/लजको सुविधा भने छैन। भोलिपल्ट फर्केर तानसेनतिर आउँदा डेढघण्टा जतिमा कालीगण्डकी र रिडी खोलाको सङ्गम रिडी आइपुगिन्छ। धार्मिक दृष्टिले नेपालका बराहक्षेत्र र मुक्तिक्षेत्रको समकक्षमा आउने रूरूक्षेत्रको रिडीमा ऋषिकेशव, रूरू कन्या, भृगुतुङ्गेश्वरलगायत ४० भन्दा बढी मन्दिर घुम्न करिब दुई घण्टा लाग्छ। माघे सङ्क्रान्ति, कात्तिक-एकादशीलगायत ग्रहण आदिमा रिडी, कालीगण्डकीमा स्नान गर्दा पुण्य प्राप्तिका साथै आत्मसन्तुष्टि मिल्छ भन्ने विश्वास छ। रिडीबाट फर्किने क्रममा बाटोमै पर्ने पाल्पाको भैरवस्थान मन्दिरको दर्शन गर्न सकिन्छ, जसको प्रमुख विशेषता ठूलो त्रिशूल हो।

तानसेनको रणउद्देश्वरी मन्दिरलाई नेपाल-अङ्ग्रेज युद्धताका कर्नेल उजिरसिंह थापाले भाकल गरेर अङ्ग्रेज फौजलाई बुटबलको जितगढी किल्लामा हराएको कथासँग जोडेर हेरिन्छ। युद्ध जितेपछि विजयोत्सव स्वरुप तानसेनमा वि.सं. १८७६ देखि थालिएको भगवती जात्रा अहिलेसम्म निकालिन्छ।

प्रवेशः     पाल्पा
यातायातः     पैदल, बस
बासः     होटेल, क्याम्प
अवधिः     २-५ दिन
आकर्षणः     जैविक विविधता, तर्ीथस्थल
उचित मौसम     मङ्सिर-वैशाखर्
खर्चः     रु.२०००-रु.५००० (बसबाट)
उचाइः     १७०० मिटर

न जाडो न गर्मी हुने तानसेनमा तराईबाट मानिसहरू गर्मी र जाडो दुवै छल्न पनि आउँछन्। थप दुई दिनको समय छ भने, रेसुङ्गाबाट फर्केर पाल्पाको प्राकृतिक सुन्दरता र मगर संस्कृतिको नजिकबाट अवलोकन गर्न सकिन्छ। तानसेनबाट चारघण्टाको पैदल बाटोमा पुगिने नेपालको ताजमहल रानीमहल गएर फर्किन सकिन्छ। वि.सं. १९५०-५४ मा पाल्पाका बडाहाकिम खड्ग सम्शेरले आफ्नी प्रेमिकाको नाममा निर्माण गराएका यो महल तानसेनबाट उत्तरतर्फ कालीगण्डकीको किनारमा ढुङ्गाको पहरामाथि बनाइएको छ।

पाल्पापछि सिद्धार्थ राजमार्गबाट पोखरा निस्किन पनि सकिन्छ। अथवा ३९ किलोमिटर तल बुटबल जाने हो भने जितगढी, मणिमुकुन्द सेनको दरबार र पार्कहरू हेर्न सकिन्छ। बुटवलबाट केही पूर्व गौतम बुद्धको मामाघर रहेको ठाउँ देवदह, भैरहवादेखि २२ किमि पश्चिम बुद्धको जन्मस्थल लुम्बिनी र अझ्ै पश्चिम कपिलबस्तुस्थित तिलौराकोट दरबारको भ्रमण गर्न सकिन्छ। यहाँबाट भैरहवा वा बुटवल फर्केपछि देशका जुनसुकै ठाउँमा पुग्ने यातायातको सुविधा उपलब्ध हुनेछ।

हिमाल खबरपत्रिका

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: