Archive for November, 2010

पाल्पा, कविता र दलान

– अभि सुवेदी

अन्धकार रात। पाल्पा सहर निदाएको मात्र छ। अकस्मात् बिजुलीका चिरा उड्छन् त्यो पुरानो सहरको आकाशमा। तलतिर राणाले बनाएको पाल्पा दरबार छ। कवि एकनारायण पौड्यालका शब्दमा त्यहाँ ‘बद्री, खड्ग, प्रताप शमशेरका आत्माहरू’ त्यो रात आन्दोलित भएर उठ्छन्। डिलमाथिबाट बम गोलाहरू प्रशासकीय थलो त्यो राणादरबारमाथि बर्सिन्छन्। सायद यो पाल्पाको एउटा अकिञ्चन सिंहदरबार थियो जो अनेकौं पटक जीवन, समय र समाजभन्दा ठूला अनिशक्तिको उन्माद भएका सपनाहरू लिएर बस्ने राणाहरूको घर भएको थियो। त्यो अन्ठाउन्न साल माघ १९ को रात। माओवादी छापामारले हमला गरेको रात। (more…)

रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

– डा. तारानाथ शर्मा

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए । हो, म यिनै गोडाका भरमा उभिएर रोम, ताइपेइ र न्यूयोर्क घुमेको छु, यिनै गोडाले गाडीको पाउदान थिचेर डयालसको, शिकागोको र एघार हजार फुटको उचाइमा स्थित रकी पर्वतमालाभित्र आइसन्हावर सुरुङको छाती चिर्दै हुँइकिएको छु र यिनै गोडाका आडमा विस्कान्सिन विश्वविद्यालयका अध्यक्षबाट पीएचडी उपाधि प्राप्त गर्न औपचारिक शिरपोस र कोटमा सगर्व हिँडेको छु अनि मदन पुरस्कारद्वारा विभूषित हुन रानी जगदम्बाकुमारी राणाका अगाडि उभिएको छु ।
(more…)