Archive for August, 2010

मार्केटमा चलेका केही हल्लाहरू

– दीपक

– शंकर पोखरेलजीहरू लगायतका एमाले युवा साथीहरूको तर्क आयो,- “माधव नेपालको सरकारले राजिनामा दिएर देशमा समस्या निम्तियो, राजिनामा नदिएको भए यस्तो समस्या नै आउने थिएन।राजिनामा दिनाले देशले निकास पाएन। देशले प्रधानमन्त्री पाएन। यस्तो अवस्थाको सृजना हनुको कारण नै उहाँको राजीनामा हो। आदि आदि”
बडो सही कुरा! एउटाले थप्यो- प्रचण्डको राजीनामा नभएको भए माधवकुमार प्रधानमन्त्री नहुने, नेपाल प्रधानमन्त्री नभएको भए राजीनामाको कुरा नउठ्ने, राजीनामा नदिएको भए अहिलेको समस्या नै नआउने। अझ पर जाउँ- गिरिजाले राजीनामा नदिएको भए, प्रचण्ड र नेपालको बाटो छेकिने। अझ लम्बाउँदै जाँदा त संविधान सभाको चुनाव वेकारमा किन भयो होला? २०६२-०६३ को आन्दोलन किन जान्नेक भएर गर्नुपर्ने होला? राजा ज्ञानेन्द्रले किन “कू” गरेको होला? विरेन्द्र राजालाई किन मारेको होला? बहुदलीय व्यवस्था किन आयो होला? पञ्चायती व्यवस्था, राणा शासन किन फालेको होला अनि पृथ्वी नारायणले काठमाडौं नजितेको भए र रौतहट पनि नेपालभित्र नपरेको भए कम्तिमा रौतहटका माधव कुमार नेपालले राजीनामा दिनु त पर्थेन अनि नेपालले राजीनामा नदिएको भए अहिले जस्तो प्रधानमन्त्री नभएको देश भनेर संसार सामु लज्जित त हुनु पर्ने थिएन।

– बाबुराम भट्टराईले पार्टीभित्रको आन्तरिक विवाद सारमा नभई रूपमा मात्र भएको बताएछन्।
यसो सम्झदै जाँदा त राजा ज्ञानेन्द्रले पनि कुनैवेला आफु र दलहरूबीचको विवादलाई- “लोग्ने स्वास्नी बीचको सामान्य ठाकठुक” भनेका रहेछन्। यी दुई प्रसङ्ग हात्ती बलियो कि हात्ती छाप चप्पल भने जस्तै त होइन होला नि?
(more…)

मेरा नजरमा ‘आमा म र पाल्पा’भित्रका सन्दर्भहरू

कमलराज रेग्मीद्वारा लिखित पुस्तक "आमा, म र पाल्पा"को आवरण पृष्ठ

-डिल्लीराज अर्याल

पाल्पामा जन्मिएर त्यसकै सेरोफेरो हुँदै राष्ट्रिय पहिचान बनाइसकेका वयोवृद्ध व्यक्तित्व हुन् – कमलराज रेग्मी।त्यसो त उनको व्यक्तित्वको एउटै पाटो छैन तर पनि अहिलेसम्मको खास पहिचानको पाटो भने राजनीति नै रहेको छ। तानसेन १ मेहल्धारामा विसं१९८३मा जन्मेका रेग्मीले जीवनको उत्तरार्द्धतिर आएर अतीतको सम्झनालाई लिपिबद्ध गरेका छन्।त्यही शृङ्खलाको नतिजा हो – “आमा, म र पाल्पा” संस्मरणात्मक कृति।यसरी राजनीति र संघर्षबाट परिचित कमलराजको व्यक्तित्वको अर्को पाटो साहित्य बनेको छ।

वाङ्मय प्रज्ञाप्रतिष्ठान पाल्पाद्वारा प्रकाशित उनको संस्मरणसंग्रह “आमा, म र पाल्पा “ यही सेरोफेरोलाई उजागर गर्ने कृतिका रूपमा देखा परेको छ। आमाको काख, मावल, सँगीसाथी र घरपरिवारकै सेरोफेरोमा रुमल्लिएको उनको जीवनयात्रा कसरी एउटा संघर्षशील रूपमा रुपान्तरित भयो? समयक्रममा कसरी पञ्चायतको सेरोफेरोमा पुगेर पनि वामपन्थकै निकट रहने अभ्यास गर्‍‍‍‍‍‍यो र गर्दैछ? भन्ने कुरामा आधारित यो पुस्तक नेपाली राजनीतिलाई पृष्ठभूमि बनाएको संस्मरण-संग्रह हो।

डा‌‍.‍ प्रकाश रेग्मीद्वारा सम्पादित, करिब २७४‌+१२पृष्ठ आयाममा विस्तारित यो पुस्तकमा २४ संस्मरणात्मक लेख,१कविता बाहेक अनुसूचिहरू, केही ऐतिहासिक फोटा र कागजपत्रहरूसमेत छन्। त्यस्तै प्रसङ्गवश आएको सहयात्री ईश्वरीप्रसाद आचार्यको कविता, नेपाली भाषाका विद्वान् डा चूडामणि बन्धु, प्रगतिशील लेखक विष्णु प्रभात, राजनीतिज्ञ मोहन विक्रम सिँह र यज्ञेश्वर निरौलाका मन्तव्यहरू पनि समावेश गरिएका छन् ।

पुस्तकको मुख्य अंश लेखकले देखे-भोगेका, व्यहोरेका र आफू सम्मिलित गतिविधिको संक्षिप्त चर्चा, बाल्यकाल, परिवार, नालनाता, मावली आदिमा केन्द्रित छन्। साथै राजनीतिक चेतनाको प्रारम्भ, काठमाण्डौँ प्रवेश, जयतु संस्कृतम् आन्दोलन, बनारसयात्रा, नेपाल आगमन, २००७ सालको आन्दोलन, त्यसमा खासगरी पाल्पामा गरेका संघर्ष लगायत विविध ठाउँ, घटना र अनेकौँ व्यक्तिसँगको सम्बन्धकेन्द्रित रहेको छ। (more…)