Developing Alternative Media Traditions in Nepal, by Michael Wilmore. Martin Chautari, 2009.

दीपक
ग्लोबल मिडिया र संञ्चार क्षेत्रको चर्चा चलिरहँदा र त्यससँग सम्बन्धीत अध्ययन-अनुसन्धानको काममा व्यापकता आउँदा स्थानीय मिडियाको बारेमा चर्चा गर्नु र त्यसको विषयमा अध्ययन हुनु केही नौलो लाग्न सक्छ तर स्थानीय मिडियाको महत्त्व तथा स्थानीय स्तरमा यसले पारेको प्रभाव र असर तथा यस खालका मिडिया शुरू हुनुका पछाडि रहेको राजनीतिक, सांस्कृतिक वा ऐतिहासिक पृष्ठभुमिहरूका विषयमा पनि चर्चा गर्दै माइकल विलमोरको पुस्तक “Developing Alternative Media Tradition in Nepal” प्रकाशित भएको छ। Lexington Books बाट सन् २००८ सालमा प्रकाशित भएको यस पुस्तक दक्षीण एसिया क्षेत्रका लागि २००९ मा मार्टिन चौतारीबाट प्रकाशित भयो। विलमोरको ‘मिडिया इथ्नोग्राफी’ पाल्पा जिल्लास्थित तानसेन बजारमा सञ्चालित स्थानीय टेलिभिजन रत्न केवलसँग सम्बन्धित छ। सोसल एन्थ्रोपोलोजी युनिभर्सिटी अफ लण्डन अन्तर्गत विद्यावारिधी गर्ने क्रममा गरिएको अनुसन्धान नै यस पुस्तकको मुख्य आधार हो। सन् १९९५ सेप्टेम्बर देखि १९९६ सेप्टेम्बर (२०५२/२०५३)का बीचको एकवर्षमा गरिएको फिल्ड भिजिटका आधारमा यो अध्ययन भएको छ।
ग्लोबल मिडियाका कुरा गर्दा स्थानीयस्तरमा सञ्चालित मिडिया तथा यसले सामाजिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक पक्ष र पहिचानका विषयमा खेलेको भूमिकाका विषयमा लेख्न् वा कुरा गर्न बिर्सन्छौं वा यसलाई त्यति ध्यान दिइंदैन। तर यस अध्ययनले प्राज्ञिक रूपमा स्थानीय स्तरका मिडिया गृह र स्थानीय स्तरमा उत्पादन हुने कार्यक्रमहरू तथा यसले सामाजिक परिवर्तनका खेल्नेर संवेदनशील भूमिकाहरूका विषयमा मिहिन जानकारी दिन्छ। पुस्तकले तानसेनको सन्दर्भमा यस्ता टेलिभिजन कार्यक्रमहरूको उत्पादन र वितरणका लागि आवश्यक श्रोत, साधन र जोश जाँगर कसरी र किन तथा कुन ऐतिहासिक घटनाक्रमका आधारले विकसीत भयो भन्ने कुराको विश्लेषण गर्छ। कुनै कुराको शुरूवात गर्नका लागि केही ऐतिहासिक, सांस्कृतिक कारणहरूको पनि जरूरत हुन्छ वा त्यस्ता कारणहरूले गर्दा केही नयाँ कुराको शुरूवात हुन सक्छन् भन्नेि कुराको राम्रो उदाहरण पुस्तकमा पेश गरिएको छ।
रत्नक केवल टेलिभिजन र यसको सहयोगी संस्था कम्युनिकेसन फर डेभलपमेन्ट पाल्पाको सुक्ष्म अध्ययन गर्ने क्रममा मिडिया र मिडिया उत्पादन विषयवस्तुको वास्तविक स्थिति, राजनीतिक परिदृश्यहरू तथा स्थानीय मिडिया सञ्चालन र सामग्री उत्पादनका सन्दर्भमा सामुदायिक तथा राष्ट्रिय ‘एजेन्डा’हरूले पार्ने प्रभावका वारेमा पनि पुस्तकले राम्रोसँग विश्लेषण गरेको छ।

व्यक्तिगत रूपमा सञ्चालित एउटा टेलिभिजन नेटवर्क पुरै समुदायका लागि कसरी आकर्षणको केन्द्र हुन सक्छ र समुदायलाई “एउटै र उस्तै समुदाय”का रूपमा पहिचान दिलाउन वा चिनाउनका लागि कसरी मद्दत गर्न सक्छ तथा यस्तो पहिचानको निर्माण तथा विकासका लागि कसरी सहायक-सिद्ध हुन्छ भन्ने कुराको विवेचना गरिएको छ।

तानसेनस्थित स्थानीय टेलिभिजन रत्ना केबलबाट प्रसारित हुने स्थानीय कार्यक्रम अन्तर्गत दिइने कार्यक्रमहरूले खास धार्मिक समूह वा खास समुदायको प्रतिनिधित्व गरे पनि यसले उक्त क्षेत्रका जनतालाई “आफ्नो” टेलिभिजन वा ‘आफ्नो कार्यक्रम’का रूपमा ग्रहण गरेको कुरा गर्छ। सबैभन्दा ठूलो कुरा यो प्रकृया वा यो प्रविधिको विकास कुनै नयाँ र एक्कासी आएको अवधारणा भन्दा पनि पाल्पाको ऐतिहासिक कालखण्डसँग जोडिएर आएको सांस्कृतिक र मिडियाको विकाससँग सम्बन्धित छ भन्ने  तर्क गरिएको छ। उनले पाल्पाको ऐतिहासिक घटनाक्रमलाई टिपेका छन् र आफ्नो तर्कलाई मजवुत बनाएका छन्। के यसले पाल्पा जस्तै ऐतिहासिक कालखण्डमा आर्थिक, सांस्कृतिक वा राजनीतिक हिसाबले दबदबा राख्ने  नेपालका अन्य क्षेत्रहरूमा पनि यसै मानसिकताबाट काम भइरहेको हुन सक्छ वा कम्तिमा पनि मिडियाको क्षेत्रमा नभए अन्य क्षेत्रमा त्यो सम्भावना देखिन्छ? त भन्नेट प्रश्न भने उब्जाउँछ र अन्य क्षेत्रमा विकसीत भएका घटनाक्रमहरू र प्रयोगको अध्ययन-विश्लेषणका लागि बाटो देखाइदिएको छ।

स्थानीय रत्नय केवल टेलिभिजनमा स्थानीय गतिविधी तथा धार्मिक कार्यक्रमहरूको छनौटले समग्रमा सबैको प्रतिनिधित्व गरोस् भन्नेन चाहना वा “समग्र पाल्पाली” वा कम्तिमा “तानसेन”लाई एकै ठाउँ समेट्न सकोस् भन्नेआ उद्देश्य राखेको बताइएपनि यो परम्परागत धार्मिक, सांस्कृतिक वा अझ राजनीतिक प्रभुत्वमा आधारित पनि थियो भन्ने  तर्क उनको छ।

अझ उनका विचारमा त रत्नग केवल टेलिभिजन दक्षीण एसियामै पहिलोपटक स्थापित भएको केवल प्रसारण केन्द्र हो तर यो कामलाई यसकारण पूर्णत: नौलो, अनौठो वा आश्चर्यजनक प्रयोगका रूपमा मान्नन सकिदैन किनभने यो तानसेनमा पहिलेदेखिनै प्रचलनमा रहेको सांस्कृतिक तथा मिडिया विकासकै एउटा अङ्ग वा विकसीत रूप मात्र थियो (पेज ११३)।

पुस्तकले पाल्पा र यस क्षेत्रको इतिहासलाई पनि विस्तृत रूपमा समेट्छ। किताबले पाल्पा राज्यको विकास, विस्तार, प्रभुत्व, नेपाल भित्र यसको विलय आदि देखि बि.स २०४६ सालसम्मको घटनाक्रमहरूलाई केलाउने प्रयास गरेको छ।  पुस्तकले कार्यक्रम उत्पादन र मिडिया सञ्चालयमा देखिएका केही राजनीतिहरूलाई पनि अध्ययनको विषय बनाएको छ। तथापि मिडिया सञ्चालन गर्ने संस्था भित्र नै देखिएका विविध समस्या वा आन्तरिक विवाद र त्यसपछि उत्पन्न समस्याहरूका विषयमा पुस्तकले कम विश्लेषण गरेको देखिन्छ। खासगरी दोस्रो श्रोतमा भर परेका सूचना तथा जानकारीहरूले सबै पक्षका कुराहरू र जानकारीहरू पुस्तकमा नसमेटिएको भान हुन्छ।

पुस्तकमा विलमोरले मुख्य धार र वैकल्पिक धारका मिडियाहरूका विषयमा धेरै जानकारीहरू दिएका छन र विस्तृत चर्चा गरेका छन्। उनले वैकल्पिक वा सामुदायिक मिडियाहरूको चर्चा गर्छन् र त्यसभित्र देखिएका आफ्नै किसीमका सांस्कृतिक, ऐतिहासिक र सामाजिक परिवेशको विषयमा विवेचना गर्छन्।
उनले कुनै एक धारको मिडियाको पक्षमा कुनै पैरवी गरेका छैनन् बरू स्थानीय मिडियाहरू कुन सामाजिक वा राजनीतिक परिवेशमा चलिरहेका हुन्छन् र स्थानीय स्तरमा “स्थानीयताको आभाष” दिलाउन वा सो विचारधाराको निर्माण गर्न मिडियाहरूले कसरी सघाइरहेका हुन्छन् र समुदायले पनि कसरी त्यस्ता मिडियाहरूलाई “आफ्नो” भन्ने  अर्थमा बुझिरहेका हुन्छ भन्नेह कुरामा ध्यान दिएका छन्। “स्थानीयताको आभाष” दिलाउन सक्ने वा “आफ्नो” भन्न र “आफ्नो” भनेर कुराकानी गर्न सिकाउने अवस्थाका विषयमा उनले गरेको विवेचनाले पुस्तकलाई गह्रौं बनाएको छ।

उनले सोसल क्यापिटलको सैद्धान्तिक मान्यतालाई पछ्याउँदै सहभागितका मुलक मिडिया कार्यक्रम उत्पादन प्रकृयाका विषयमा व्याख्या गरेका छन्। (p. 181) समाजशास्त्री पियरे वर्दियु Pierre Bourdieuका लागि प्रत्येक व्यक्तिले एउटा खास “सामाजिक ठाउँ” ओगटेको हुन्छ जुन खाली कुनै एक सामाजिक वर्गको सदस्यका रूपमा मात्र परिभाषित हुँदैन बरू उसँग रहेको वा उसले राखेको सामाजिक सम्बन्धहरूका आधारमा ऊसँग भएका प्रत्येक क्यापिटल (पुँजी)हरूलाई उसले अझ मजवुत, घनिभूत पार्न र यसको प्रयोग गर्न पनि सक्छ। रत्नय केवलका सन्दर्भमा होस् वा स्थानीय मिडियाका सन्दर्भमा यस्ता सोसल क्यापिटलको भूमिका महत्त्वपूर्ण हुने गर्छ र यसका आधारमा कतिपय सामाजिक सम्बन्धहरूको निर्माण पनि हुने गर्छ। त्यसो त सामाजिक सम्बन्धहरू नयाँ पनि हुन सक्छ र पहिले देखि नै चल्दै आइरहेको परम्परागत पनि हुन सक्छ। पाल्पाको सन्दर्भमा केवल चलाउने परिवार वा व्यवसायी र केवलसँग जोडिएका मानिसहरूको ऐतिहासिक सामाजिक सम्बन्ध हेर्न जरूरी छ; जसका आधारमा रत्नग केवल टेलिभिजन कार्यक्रमको शुरूवात गर्न सम्भव भयो र उक्त कामका लागि धेरैको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन रह्यो।

पुस्तक पढ्दा कतिपय ठाउँमा इथ्नोग्राफी (Ethnography) अध्ययनलाई लाई हिस्टोरियोग्राफी (Historiography) अध्ययनले ओझेलमा पारेको भान हुन्छ। उनले तानसेनमा स्थानीय मिडिया उत्पादनका विषयमा गहिरोसँग बुझ्नका लागि आवश्यक पूर्ण ऐतिहासिक विवरण पुस्तकमा राखेका छन्। यो सन्दर्भमा भने पुस्तक मार्फत् पाल्पा र तानसेनको इतिहास बुझ्न सकिन्छ। यसले नेपाल तथा तानसेन क्षेत्र नजान्नेत तथा नबुझ्नेहरूका लागि आवश्यक पृष्ठभुमि तयार गरिदिएको छ, जसले गर्दा नै वास्तविक अध्ययनको विषयलाई अझ विस्तृत रूपमा बुझिन्छ, तर यसको अर्थ त्यस्ता ऐतिहासिक विषयवस्तुले खास अध्ययनको विषयवस्तु पढ्न चाहने पाठकहरूलाई अल्मल्याउँदैनन् भन्नेत चाहिं होइन।

आलोचकहरूले यस पुस्तकको कमजोरीका रूपमा अध्ययनका क्रममा लिइएका सूचना तथा डाटाहरूको स्रोतलाई मानेका छन्। पुस्तकमा सामान्य तथ्यगत गल्तिहरू पनि देखिन्छन् जस्तै: नेपाली कांग्रेस हुनुपर्नेमा नेपाल कांग्रेस (पेज २५) मात्र भएको देखिन्छ भने माडी नदीले पर्बासको खेतहरू सिचाइ भएको सन्दर्भ (पेज १३) पनि पूर्णत: गलत देखिन्छ।

पुस्तकको पहिलो च्याप्टरमा तानसेनमा टेलिभिजन कसरी भित्रियो भन्ने  जानकारी दिइएको चै भने दोस्रो च्याप्टरमा मूल धारको मिडिया तथा वैकल्पिक मिडियाका बारेमा चर्चा गरिएको छ र तानसेनमा टेलिभिजन शुरू गर्दाको अवस्था वर्णन गरिएको छ। त्यसै गरि वैकल्पिक मिडियाको परिभाषा, यसको आलोचना र रत्नि केवल टेलिभिजनको परिचय पनि यस अन्तर्गत राखिएको छ। यसले मुलधारको मिडिया र मुलधार बाहिरको मिडियाको अवधारणालाई प्रष्ट्याएको छ।

च्याप्टर ३ मा “पञ्चायतकालीन नाराका” रूपमा चिनिने “विकासका लागि सञ्चार”को अवधारणा, यसको चिरफार, यसले पारेको प्रभाग तथा यसको असफलताका विषयमा चर्चा गरिएको छ। यसमा नेपालमा भएको मिडियाको विकास, पञ्चायती राजनीतिक पद्दति तथा यसैसँग जोडिएर आउने “हिन्दूकरण”, “नेपालीकरण” र विकाससँग सम्बन्धित अवधारणाका विषयमा पनि चर्चा गरिएको छ। पञ्चायती अवधारणाको असफलतालाई पनि यसले व्याख्या गर्न भ्याएको छ।खासगरी पञ्चायत पूर्व, पञ्चायत तथा पञ्चायत पछाडि गरी ३ भागमा विभाजन गरि मिडियाको विकासक्रम, प्रभाव तथा यसको प्रयोगका विषयमा चर्चा गरिएको छ। पञ्चायत पूर्व मिडियालाई बन्देज लगाएर नियन्त्रण गर्न खोजियो तर पञ्चायती सरकारले भने मिडियाको प्रयोग गरेर “राष्ट्रिय पहिचान”को नारा सहित पञ्चायती राजनीतिक नीतिलाई समर्थन गर्ने वा यसको पक्षमा आम समुदायलाई प्रभावित पार्ने रणनीति लिएको देखिन्छ। यस्तै खालको पहिचानको मान्यता “पाल्पाली”हरू माझ पनि आएको देखिन्छ। उनका अनुसार यो खाली पञ्चायती अवधारणासँग विकसीत भएको भन्दा पनि पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक जगका आधारमा जन्मिएको हुन सक्छ।

नेपाल राज्यको एकिकरण सँगै देखिएका विविध परिवर्तनहरूसँग राजनीतिक, आर्थिक तथा सामाजिक रूपले तानसेनको प्रभुत्त्वको अन्त्य भयो तर “पाल्पाली” भन्नेन मान्यताले भने जरो गाडीरह्यो र रत्न  केवल टेलिभिजन तथा त्यसप्रति त्यहाँका जनताले देखाएको अपनत्व त्यसैको एउटा रूप मात्र थियो।

यति हुँदा-हुँदै पनि पाल्पा तानसेनका जनताहरूमा रहेको विविध सांस्कृतिक, राजनीतिक, धार्मिक वा अन्य मान्यताहरूका कारण उनीहरू एकै ठाउँ बस्न सक्ने अवस्था थिएन।तानसेनका विगत तथा वर्तमानका विषयमा पनि जनतालाई जानकारी दिने प्रयास गरियो र यसको माध्यम रत्नत केवल टेलिभिजन बन्यो। पाल्पाको गौरवका रूपमा विगतको इतिहास देखाएर भविष्यका विषयमा आश्वस्त पार्ने काम ठीक त्यसै गरी भयो जसरी राष्ट्रिय रूपमा पञ्चायती सरकारले मिडिया मार्फत् गर्यो।

स्थानीय समुदाय र स्थानको विकासका विषयमा चर्चा परिचर्चा भइरहे। यसका विषयमा समाचारहरू तथा कार्यक्रमहरू बनिरहे र प्रसारित भइरहे। यस कुराको वर्णन च्याप्टर ६ मा गरिएको छ। तर यसै विचमा राजनीतिक रूपमा केही समस्या देखियो र रत्नर केवल गैरकानुनी रहेको भन्ने६ मुद्दा पर्यो भने सरकारी नीति अनुरूप नचलेकोमा यसलाई कार्यवाही हुने समस्या आयो। र यसलाई गैर सरकारी संस्थाका रूपमा दर्ता गरी सञ्चालन गर्न शुरू भयो। तर आन्तरिक विवादमा पनि फसिरहेको संस्थाले आफ्ना सबै शेयरहरू स्पेसटाइमलाई बेच्यो र तानसेनमा औपचारिक रूपमा सन् १९९२ (२०४८ सालमा) प्रसारण कार्यक्रम शुरू गरेको “रत्नम केवल टेलिभिजनको अन्त्य भयो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: