तामाको गाग्री बनाउने हातमा जुन सीप छ त्यही सीप काँसका थाली र करुवा बनाउनेका हातमा पनि छन्। वन–जङ्गलमा घाँस दाउरा र मेलापात गर्दा गीत गाउनेमा देखिने कला रेडियो टी भी मा समाचार पढ्ने वा गीत गाउनेमा पनि छ। सीप, हुँक्का र नलीमा बुट्टा बनाउने हातमा र घरबुनादेखि घरेलु उत्पादन गर्न तम्तयार बनेका हातमा पनि छ। सीप र जाँगर हुने हातले काम गरेका गर्‍यै छन् तर देशको उन्नति जुन गतिमा हुनुपर्ने हो त्यही गतिमा भएको आभाष भएको छैन। श्रम गर्ने र सीप हुनेहरूको दिन आएको अनुभव भएकै छैन। त्यसैले त होला―’बारी रुखो मल हालुँला कर्मै रुखो क्यारुँ’ भनेर लोक भाकामा निराशाका गीत गाउने गरेका नेपाली गायकहरूले।

यसो भएतापनि नेपालीहरूका मनमष्तिष्कमा भोजपुरको खुकुरीले ठाउँ पाएकै छ। त्यही खुकुरीले वीरताको गौरव आर्जेका नेपालीले विश्वयुद्ध लडे, जिते, आफुले नाम कमाए र देशको सान बढाए। त्यसैले खुकुरीको प्रशंसामा लेखियो―’जर्मन जाउँकि जापान जाऊँ जतासुकै जाउँ विदेशीले जिभ्रो टोक्छन् सुन्दै मेरो नाउँ ‘।  खुकरीको नाम भयो तर नेपालीले खुकुरी बनाउने सीपको महत्व बुझेनन्। नेपालीको सरकारले वुझेन, प्रतिनिधिले वुझेनन् र त हाम्रो सीपले फस्टिने मौका पाएन, विकसित हुने अवसर पाएन।
बाग्लुङे नलीमा बनेका बुट्टा नेपालीहरूका दिमागमा तरोताजा छन्। सम्झनाका लहरमा बाग्लुङे नली मात्र छ ,त्यो नलीमा हुने बुट्टा नलीको प्रयोग जस्तै गरी अदृश्य बन्दै गएको छ। त्यसैले अब त्यस्तो नली खोज्न संग्रहालय जानुपर्ला। त्यहाँ गएर पनि पाइएला, नपाइएला। तमाखु खाने प्रवृत्ति र नलीको प्रयोग हराउँदै गएको अवस्थामा त्यसो हुनु अचम्मको कुरो होइन, अचम्मको कुरो त त्यो कला हराउनु हो। संस्कार, सीप, ज्ञान र कलाको लोप हुनु हो। त्यस्ता कुराको लोप हुनुले विनाश निम्त्याउँछ। हाम्रो समाजमा त्यही लक्षण देखा परेको छ। दैलेखको राडीपाखी, भक्तपुरको दही, बाग्लुङको नली, भोजपुरको खुकुरी, चितवनको गैंडा– हात्ती,अछामको गाई, कुन्नि के के सुन्यौं? पढ्यौ हामी नेपालीले तर त्यो पढाइ राम्ररी बुझ्न र व्यवहारमा अनुभव गर्न नपाउँदै बदलिइसकेको आभाष भएको छ।

त्यसो त नेपालीहरूमा उत्साह र लगन नभएको होइन। उनीहरूले धेरै अघिदेखि नै उत्पादनका क्षेत्रमा आफूलाई लगाएको इतिहास हाम्रा सामु छ। तन्त्रमन्त्रमा विश्वास गरेर त्यसमै पछिलाग्ने परम्परा भएका वेला पनि जडिवुटि पत्ता लगाएर उपचार गर्ने,देवीदेवताका नाममा वन जोगाउने,कलाकारिता देखाउने,वनबुट्यान जोगाउनेदेखि,पहाडिया कागज र मसुरी कटवाँसका मसी बनाउने,कटुवाले पदको सिर्जना गरेर वा भेरी,फेरी लगाएर भएपनि समाचार वा सूचना दिनेसम्मका काममा उत्साह र जाँगर देखाएकै हुन् नेपालीले। त्यसबेलाको उत्साह अहिले पनि सेलाएको छैन तर उत्साह गतिवान् भएन। उत्साहको स्तर बढेन, आवश्यक मात्रामा उत्साह र जाँगर देखाउनेहरूको संख्या बढेन। उत्साह देखाउनेहरूको स्थिति सुध्रेन। बढेको वा सुध्रेको भए हाम्रो अवस्था धेरै फरक हुने थियो। अरु देशको तुलनामा धेरै पछि पर्नुपर्ने थिएन।

हामीकहाँ सीप,ज्ञान र कला भएका मान्छे नजन्मेका होइनन् तर  चाहे अनुसारका काममा लाग्न तिनले पाएनन्। वैज्ञानिक गेहेन्द्र शमशेरले केही गर्न सकेनन् किनकि त्यस्तो वातावरण उनले पाएनन्। त्यतिबेला वैज्ञानिक बन्नु सरकारी नजरमा अपराध ठहरिन्थ्यो र अपराधीले अवसर पाउने कुरै थिएन। कृष्णप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, टङ्कप्रसाद आचार्य, गणेशमान सिंह, बिपी कोइराला, मदन भण्डारी, लक्ष्मीप्रसाद देवकोटा, गंगालाल, दशरथ चन्द, कृष्णलाल सुब्बा, कसैले, कुनै क्षेत्रमा पनि आफूले चाहे अनुसारको काम गर्ने मौका वा वातावरण पाएनन्, त्यसैले चाहे अनुसारको काम गर्न सकेनन्। केही गर्ने चाहना नभएका र गर्न नखोजेका होइनन्।  तिनले काम गर्ने अवसर पाउनुको साटो बरु सजाय,अपमान,जेलनेल पाए अथवा किनारा लगाइने खालको व्यवहार भोगेे। सरकारी दृष्टिमा पढ्नु–पढाउनु, विद्यालय वा पुस्तकालय खोल्नु, किताब लेख्नु जस्ता काम पनि अपराध ठानिने देशमा जन्मेका प्रतिभाले के गर्न सक्थे? सके नै भने पनि के गर्न पाउँथे र?

यसरी काम गर्न नपाएका प्रशस्त उदाहरण छन् नेपालमा। गर्नै नपाइने ठाउँमा गर्ने वातवरण पाउने त के परिकल्पना पनि गर्न सकिन्न। त्यसैले त भन्नै पर्छ–नेपालीले केही गर्न चाहेर पनि गर्न पाएनन्। अवसर, वातावरण त पाएनन् भने संरक्षण र प्रोत्साहन पाउने झन् कुरै भएन। वातावरण बनेको भए, सहयोग, सद्भावना, संरक्षण र प्रेरणा पाएको भए नेपाल र नेपालीले पछाडि पर्नुपर्ने थिएन। नेपालको गति यस्तो हुने थिएन। राम्रा चित्र वा मूर्ति बनाउने कलाकारका हात समेत काटिने परम्परा भएका मुलुकमा राम्रो काम गर्ने र सीप सिक्नेतिर लाग्नु भन्दा चाकडी गर्नु फाइदाजनक हुने हुनाले बरु त्यसकै परम्परा विकसित भयो र त मान्छेहरु चाकडी गर्न सिपालु भए। अरु सीप सिकेनन्, सिक्न खोजेनन्।

त्यसो हुँदाहुँदै पनि इँट्टा पार्नेदेखि काठका बुट्टे झ्याल, ढोका बनाउनेसम्मका सीप आदि सिकेका भरमा मात्रै पनि नेपाली कला कौशललाई विश्वमै चम्काएका छन् नेपालीहरूले। त्यही सीपको प्रयोगले चम्किएका अरनिको पनि चीन गएपछि उतै बसोबास गरेर बसेको कुरो इतिहासले बताउने गरेको छ। नेपालीमा त्यस्ता सीप,कलाकौसल र प्रतिभा पनि अधिकाँश राणाकालभन्दा पहिला नै देखा परेका छन्। राणाकालपछि त अवशेष मात्र रहेको स्थितिमा देखा परेको छ।  राणाकालपूर्व उदयानन्द अर्याल, शक्ति वल्लभ अर्याल, सुन्दरानन्द, गुमानी, वसन्त जस्ता थुप्रै साहित्यकारहरूले लेखनपरम्परालाई अघि नबढाएका होइनन् तर बिचको केही समय नेपाली समाज कला, सीप, शिक्षा आदिका दृष्टिले अत्यन्त निष्त्रि्कय रह्नुको परिणाम हामी आजको अवस्थामा रहनु परिरहेको छ। यसो भएर पनि एशियाकै सबैभन्दा ठूलो त्रिशुल ठड्याएर पाल्पाको भैरवस्थानको मन्दिरले कीर्तिमान कायम गरेको छ। सायद यो त्रिशुल प्रताप शमशेरको पालामा  राखिएको हो।

प्रताप शमशेरद्वारा निर्मित प्रशासकीय भवनको रूपमा रहेको तानसेनको दरवार मोफशलका दरबारहरू मध्येको चर्चित दरबार हो र यसको परिसरबाट शितलपाटीतिर निस्कने ढोका नेपालकै चर्चित मूल ढोका मानिन्छ। खड्ग शमशेरद्वारा निर्मित यो मूल ढोकाबाट बग्गी, रथ भित्र्याउन वा निकाल्न सकिन्थ्यो। नेपालका बाईसे चौबिसे राज्यहरूमध्ये सर्वाधिक चर्चामा रहेको र शक्तिशाली राज्य पाल्पामा मुकुन्दसेनद्वारा निर्मित भैरवस्थानको मन्दिर, ऋषिकेशवको मन्दिर (रिडी) काजी अमरसिंह थापाद्वारा वि.सं. १८६३ तिर निर्मित अमरनारायणको मन्दिर, फूलवारी र त्यसको वरिपरि लगाइएको उदाहरणीय पर्खाल, पाटीपौवा, पोखरी आदि अहिले पनि कुनै न कुनै रूपमा छन् भने उजीरसिंह थापाले १८७२ वि.सं.मा बनाएको भगवतीको मन्दिर पाल्पाको महत्वपूर्ण मन्दिरका रूपमा रहेको छ। कुरुङखोलाबाट पानी ल्याउने ब्यवस्था मिलाएर प्रतापशमशेरले पाल्पाको निम्ति अर्को एउटा महत्वपूर्ण योगदान गरेका हुन्। यस अर्थमा पाल्पाको चर्चा गर्दा उनको नाम लिइनु सान्दर्भिक हुन्छ।  अस्पताल, जेलघर, दरबार, मूलढोका, शितलपाटी जस्ता धेरै कुराको निर्माण त्यतिवेलै भए पनि अन्य धेरै र आवश्यक कुरामा त्यति चासो भएन। तैपनि खड्ग शमशेरका निम्ति मुकुट बनाउने कामदेखि अर्गली, रानीघाट, पाल्पा तानसेन र मस्याम आदि ठाउँमा बनेका दरबार आदिले नेपालीहरूको खासगरी पाल्पालीहरूको योगदानको बयान गरिरहेको देखिन्छ। ढुङ्गा छापेर बनाइएका तानसेन बजारका सडक र गल्लीहरूमा प्राकृतिकता छ। लामालामा कुँदेका ढुङ्गाहरू जुटाएर नारायण मन्दिर र फूलबारी घेरिएको पर्खालले चीनको–ग्रेटवालकै सम्झना दिलाउने गरेको छ। यद्यपि, धेरै कुराको संरक्षण हुन नसकेकाले कतिपय ठाउँमा भत्कने, ढुङ्गा निकालिने, पुरिने भएका छन् तर पनि फूलवारी, मन्दिर घेरिएको यो पर्खाल,मूलढोका आदि अहिलेसम्म पनि तानसेनको सौन्दर्य बढाउने महत्वपूर्ण विषय बनेका छन्।

निर्माणका कुरा गर्दा गौरव गर्नैपर्ने कुरा त हाम्रा आफ्नै सीपबाट निर्मित बस्तुहरू हुन्। सयौं वर्ष अघिदेखि नै यहाँका नागरिकहरूले कपडा बुन्ने गरेको इतिहास छ। पाँगा, घरबुना कपडा बुन्ने र रङ्गीन बनाउन हिलोमा गाडेर राख्ने गरेका कथा अहिले पनि बताउँदैछन् बुढापाकाहरू। घण्ट, त्रिशुल, देवीदेवताका मूर्तिहरू, हुक्का,करुवा,गाग्री–ताउला, हलोजुवा, हँसिया, कोदाला, काँगियो,मादल ,खैंजडी, सारङ्गी, बाँसुरी, मुरली, गरगहना, सुपो, डाली, नाम्लो, दाम्लो, खुर्पेटो, माटाका पाला, हाँडी, गाग्रो, मटिया जस्ता आवश्यक अनेकौं सामग्रीहरू आफै बनाउने  गरेका नेपालीले तिनको निर्माणमा विशिष्टता हासिल गरेको पाइन्छ। त्यसैले भोजपुरे खुकुरी, भक्तपुरे दही, बाग्लुङे नली,पाल्पाली करुवा, हुँक्का भन्ने गरिएको होला। आजपनि त्यो सीप र कलाको संरक्षण एवं तिनको प्रयोगमा प्रोत्साहन गर्न सके नेपालीहरूको सीपले अर्को मोड लिने थियो।

नेपालगञ्जका विद्यार्थीले बनाएको हेलिकोप्टर, काठमाण्डौंका वैज्ञानिक मुनिबहादुरले बनाएको  कम्प्युटर, पाल्पाका केवली न्यौपानेको पानी फाल्ने प्रविधि वा अरु कुनै नेपाली सीप वा कलाकै नमूना हुन्। नेपाली सीपको विकास नेपालकै हितमा हुने भएकाले त अहिले पनि नेपालीहरू आफ्नै सीप र श्रममा बाँच्ने चाहना वोकेर अघि बढ्ने सोचबाट विमुख छैनन् तर बाहिरी वातावरण बन्न सकेको छैन। आज पनि पाल्पाको लुहुङ, स्याङ्जाको कारिकोटमा बन्ने तामाका गाग्रीहरूले कम चर्चा पाएका छैनन्। प्रसिद्धिका चुलिमा पुगेका ती सामग्री बनाउने सीपले संरक्षण पाए देशकै निम्ति महत्वपूर्ण कुरा हुन्नथ्यो र? तानसेनमा बन्ने करुवाले हुँक्कालाई छोडेर अघि बढेको छ। नेपालका विविध भागमा मात्र होइन विदेशतिर समेत जाने अभियानमा छ। त्यस्तै ढाका कपडाले पनि पुरानो घरबुनालाई बिर्साएको छ। पाल्पामा गाँडाकोटे र डाँडुमे घरबुना, वौघेली हँसिया, रम्भापानीको ताप्के, बगनासे साँचो, लुहुङे गाग्री, तानसेनका करुवाले अहिले पनि मान्छेका मनमनमा ठाउँ जमाएर राख्न सफल भएका छन्। तिनको मर्म, तिनै सीप र श्रममा लागेकालाई थाहा छ। तिनको उचित संरक्षण र सम्बर्द्धन हुन सके देशको विकासमा टेवा मिल्ने कुरामा अविश्वास गर्ने ठाउँ रहन्न।

गोर्खेकोट पाल्पामा गेटअप पाल्पाद्वारा यम्घा ५ टोक्सेका खुम बहादुर बि.क.,नेक वहादुर वि.क,.ता.न.पा.–१० गोर्खेकोटका गणेश गजमेर, चापपानी १ बगनासका रविलाल वि.क. र नायरनमतलेशका ओम वहादुर वि.क.लाई बगनासे साँचो, भोटे ताल्चा, कुलुप र मुर्चुङ्गा जस्ता सामग्री बनाउने तालिम दिलाएर यस क्षेत्रमा राम्रो कामको शुरुवात गरेको हो। तालिमकै क्रममा उनीहरूले बजाउने मुर्चुङ्गा, फलाम र पित्तलका ताल्चा, कुलुप आदि बनाएर पुरानो सीपलाई जोगाउने र अझ परिस्कृत बनाउने प्रयासमा लागेको आभास भएको हो। बाहिरबाट मगाउनु पर्ने यस्ता दैनिक जीवनमा आवश्यक पर्ने साधनहरू बनाउने सीप सिक्नेहरूले देश निर्माणका निमित्त ठूलो योगदान गर्न सक्छन्। लाइट,लाइटर बनाउनेले घडी र घडी बनाउनेले रेडियो बनाउने सीप सिक्नु अनौठो हुँदैन। बोल्ने र लेख्ने सिप पनि आज भोलिका सञ्चार माध्यमले बढाउँदै लगेका छन् जसमा पाल्पा आफै पनि अग्रसर हुँदै गएको छ। यसरी हरक्षेत्रमा अघि बढ्ने चाहना बोकेको नयाँ पुस्तालाई प्रेरित गर्न र पुरानो सिपको स्मरण गर्दै त्यसमा नवीनता दिन सक्नैपर्ने हो।    यस्तो सीप विकासमा सरकारी चासो र तिनको उत्पादनमा आवश्यक पर्ने लगानीका निम्ति आवश्यक सहयोग मात्र गर्ने हो भने पनि हाम्रो आफ्नै सीपको विकास हुने थियो। त्यो सीपले नेपाली कला र सीपलाई बाहिरी देशमा चिनाउनुका साथै हाम्रो आवश्यकता पूरा गर्न सहयोग मिल्ने थियो। त्यतातिर अझ ध्यान गएको छैन। त्यतातिर सरकार,सरकारी निकायहरू,जनता जनप्रतिनिधि वा आम नेपालीको ध्यान  कहिले जाला?

चाहे मन्दिर, पाटी, पौवा, पोखरी आदि हुन् चाहे झ्याल, ढोका आदिमा देखिने बुट्टा हुन् तिनमा नेपाली श्रम छ, सीप छ कला र कौशल छ। तिनले नेपालीहरूको ऐतिहासिक स्वरूप, कलात्मकता, सीप र जाँगरलाई पुनर्ताजगी गराउँदै अघि बढ्न प्रेरित गर्ने छन्।  आज साहित्य, कला, इतिहास, चित्रकारिता पठनपाठन, खेलकुद जस्ता सबै क्षेत्रमा प्रतिभा देखिएका छन्, परिश्रम देखिएको छ र लगनशीलहरू देखिएका छन् तर तिनको संरक्षण गर्ने कटिबद्धता जिम्मेवारी लिनुपर्ने निकायमा अझ पनि देखिएको छैन। देखिएको भए माओवादी आक्रमणबाट जल्दै गरेको पाल्पाको ऐतिहासिक दरवार निभाउने जमर्को हुने थियो। वि.सं २०६२माघ १८गते रातिदेखि लगातार कैयौं दिनसम्म जलिरहेका बेलामा निभाउनेतिर ध्यान जाने थियो र नागरिक समाज वा जनसाधारणलाई समेत आह्वान गरिने थियो। पाल्पाको गौरव यसरी जलिरहँदा पनि त्यो  निकाय मूकदर्शक भएर बसेको महसुस पाल्पालीहरूले गरे। यस्तो धेरै ठाउँमा भएको हुन सक्छ। यस्ता वा अन्य घटनामा धेरै कुरा नोक्सान भएका हुन सक्छन् तर तिनको त्यत्ति वास्ता भएको देखिन्न। सरकार बनेकै छ,संघसंस्था बनेकै छन्। देश चलेको छ, प्रतिनिधि छानिएकै छन् तर तिनले यी सबै कुराको महत्व भित्री मनले बुझेको आभाष भने हुन बाँकी नै छ। यो आभाष कहिले होला कुन्नि?

dillirajaryal@gmail.com

Advertisements

Comments on: "प्रोत्साहित र प्रेरित हुन नसकेको हाम्रो सीप: डिल्लीराज अर्याल" (1)

  1. Well, I would like to appreciate to your Admirable written Documents…..

    Really thank you very Much!!!!
    Dilli Raj Subedi

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: