Archive for November, 2008

राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

पुस्तकको आवरण पृष्ठ

पुस्तकको आवरण पृष्ठ

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।

बीपीका यी विचार र टिप्पणीहरू कुनै औपचारिक वा पूर्वतैयारीका साथ गरिएको सम्बोधन वा प्रवचन थिएन र, यो यसै रुपमा प्रकाशित हुनसक्ने लागेर सङ्कलन गरिएको पनि होइन। अन्तिम पटकको त्यस क्यान्सरले गर्दा, जहाँसुकै र जतिसुकै प्रयत्न गरे पनि, त्यसको महङ्गो र कष्टकर इलाजको आधारमा कम्तिमा दुई हफ्ता र बढीमा छ महिनाको आयु मात्र लम्बिनसक्ने उहाँका चिकित्सकहरूको निदान थियो। दुःख खप्नसक्ने उहाँको मनोबल र चारित्रिक विशेषताको कठिन परीक्षा पुनः शुरू भएको त्यस क्षणका हामी प्रत्यक्षदर्शीहरूका थुप्रै सम्झनाहरू क्रमशः आफूसंगै लोप हुँदै जाने छन्। (more…)

Advertisements

के कोइराला परिवारले ‘रेणु’लाई सम्झेको छ?

श्रीमति लतिका रेणू (फणीश्वरनाथ रेणुकी श्रीमति)

श्रीमति लतिका रेणू (फणीश्वरनाथ रेणुकी श्रीमति)

कतिपय पुराना मान्छे भन्छन्, बीपी ‘बीपी’ बन्नमा ‘देवेन्द्र’, ‘फणीश्वर नाथ रेणु’ ‘भोला चटर्जी’को हात छ, त्यसो त यसै भनाईलाई ठीक उल्टो गरि पनि भन्न सकिएला र बीपीको योगदानका वारेमा चर्चा गर्न सकिएला। जे होस्, यहाँ चर्चा गर्न लागिएका पात्र हुन् “फणीश्वर नाथ रेणु” को हो। रेणु र बीपी दुई साथी, दाजुभाइ, क्रान्तिकारी, योद्धा र लेखक सबै थिए। पटनामा जन्मिएर नेपाली क्रान्तिका लागि अतुलनीय योगदान पुर्याएका रेणुलाई नेपालीहरूले त उहिल्यै विर्सीसके। कांग्रेसका तत्कालिन नेताहरूले पनि बिर्से नै होलान्। तर, कोइराला परिवारलाई परेको दु:ख-सुखमा हरदम साथ दिने रेणु र वहाँको परिवारका वारेमा के कोइराला परिवारको कुनै व्यक्तिले सोचेको, सम्झेको होला। फणीश्वर नाथ रेणु वितेको धेरै वर्ष भइसक्यो तर उनका पत्नि श्रीमती रेणुलाई कोइराला परिवारका कुनै सदस्यले कहिल्यै सम्झे, सम्झेनन् वा भेटे भेटेनन् थाहा छैन। आर्थिक वा अन्य सहयोगको लागि होइन तर के फणीश्वरनाथ रेणुजस्ता अग्रज लेखक र नेपाली क्रान्तिका वरिष्ट व्यक्तित्वकी पत्नि  लतिका रेणुलाई सम्झन जरूरी छैन? थोरै माया र सद्‌भाव देखाउन जरूरी छैन। यो कस्तो खालको वैगुनी परम्परा हो? के नेपालीहरू प्रति भारतीयहरूले देखाउने माया, सद्‌भाव र श्रद्धालाई यस्तै-यस्तै वैगुनका कारणले गर्दा असर परेको त छैन।

यहाँ हिन्दीमा लेखिएको लेख छ- लतिका रेणुका वारेमा। नेपालीमा अनुवाद गर्न नसकेकोमा क्षमा माग्दै हिन्दीभाषाको उक्त लेखलाई जस्ताको तस्तै राखिएको छ।

(more…)

असली राष्ट्र निर्माता

कुपण्डोलको उकालो काटेपछि पुल्चोक क्याम्पसको साइडमा थकै मार्दै तरकारी व्यापारी

कुपण्डोलको उकालो काटेपछि पुल्चोक क्याम्पसको साइडमा थकै मार्दै गरेका तरकारी व्यापारी

विहान अफिस जानेबेलामा हिमालयन होटलको सानो उकालो चढेपछि एउटा समूह निरन्तर भेट हुन्छ। कालीमाटीबाट तरकारी र फलफुल लिएर व्यापारमा हिडेका सबैजना पुल्चोक क्याम्पसको छेउमा केहीवेर सुस्ताउँछन्। म उनीहरूलाई निरन्तर भेट्छु र उनीहरू मलाई। मैले उनीहरूको समूहलाई चिनेपनि उनीहरूले मलाई चिन्ने कुरा हुँदैन। केही समयदेखि उनीहरूको फोटो लिन्छु भन्ने सोचेको थिएँ। तर, धेरै कुराले मिलेको थिएन। आज भने मौका मिल्यो।

देशका विभिन्न कुनाबाट आएर काठमाडौंबासीका घरघरमा तरकारी र फलफुल पुर्याइदिने यी परिश्रमी व्यक्तित्वहरूको परिश्रमको कदर गर्न न त पहाडी समुदायका व्यक्तिले सकेका छन् न त राज्यले नै। केही दिनको छठ विदामा तराईतिर लागेका कारण घर-घरमा पाइने तरकारी वा फलफुलमा मात्र कमी आएको थिएन वरू त्यसका लागि नजिकको पसल धाउनु पर्ने वाध्यताको सृजना भएको थियो। त्यसैगरि कपाल काट्ने पसलहरू बन्द थिए र केही खुलेका पसलमा अत्याधिक भिडभाड देखिन्थ्यो। खासगरी मधेशी समुदायबाट पुग्नेगरेको यो सेवा र सहयोगका लागि हामीहरू आभारी हुन जान्नु नै पर्छ। यति परिश्रम, मेहनत र लगनका साथ आफ्नो पसीना खाडी मुलुक वा अन्य मुलुकमा गएर  पोख्नेहरूका लागि मेरो एउटा मात्र भनाइ छ, यहाँ वसेर यसरी काम गर्ने नेपालीहरू नै असली राष्ट्र निर्माता हुन्। यो समुदाय, यो पेशा, यो परिश्रम, श्रम, पसिना र स्वावलम्बीपनको सम्मान गर्न सिकौं।