समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग भिन्‍न-भिन्न पाल्पालाई प्रस्तुत गर्ने मात्र हो। यसै सन्दर्भमा यी तस्बीरहरू राखेका छौं। पुर्खा र पुर्खाको ठाउँलाई संसारको जुनसुकै कुनामा बसेपनि सम्झनु पर्छ भन्‍ने मान्यताका साथ तस्बीर राख्‍ने शुरूवात मात्र गरेका हौं। भविष्यमा अन्य तस्बीरहरू पनि राख्‍दै जानेछौं। यहाँहरूको माया, सुझाव र प्रतिकृयाको सदैव अपेक्षा गरिरहेका छौं।

पाल्पा जिल्लाको बौघा गुम्हा गाविसमा पर्ने रानीघाटस्थित रानीमहल (रानीघाट दरबार) र घाटमा मुर्दा जलाउँदै गरेको दृश्य

विगतको शीतलपाटी जसलाई पछि गोलघरका रूपमा परिणत गरिएको थियो।

शीतलपाटीबाट गोलघर हुँदै फेरि पुरानो संरचनामा परिवर्तित गरिएको तानसेनको बीचभागमा अवस्थित शीतलपाटी (गोलघर)- (Pic. R.Karki)

राणाकालीन तानसेन दरबार

माओवादी आक्रमण पछि भग्नावशेषका रूपमा अडिएको राणाकालीन ऐतिहासिक तानसेन दरबार (Pic. R. Karki)

हामीले अन्य तस्बीरहरूलाई पनि यसरी नै प्रकाशित गर्दै जानेछौं। हामीहरू जहाँ भए पनि विगत र वर्तमानका परिदृश्यलाई समेट्न सकियोस् भनेर यसको शुरूवात गरिएको हो। यहाँहरूको सहयोग नै हामीहरूकोलागि मार्गदर्शन बन्‍नेछ भन्‍ने कुरामा हामी विश्वस्त छौं। यहाँहरूको सुझाव, सरसल्लाहका लागि हामी सदैव अनुग्रहित हुनेछौं।

यसबाहेक हामीहरूले पाल्पामा जन्मेका वा पाल्पामा हुर्केका र नेपाली समाजमा विशिष्ट योगदान पुर्याउनु हुने महानुभावहरूको परिचय पनि राख्‍ने जमर्को गर्दैछौं। यसका लागि यहाँहरूको जानकारीमा रहनुभएका महानुभावहरूका वारेमा हामीलाई जानकारी दिनु भई हाम्रा अग्रजहरू प्रति सम्मान गरिदिनु हार्दिक अनुरोध छ।

सम्पर्क ठेगाना

पोष्ट बक्स नं- २०३७०, काठमाडौं नेपाल
अथवा
tnpnepal@gmail.com, sartnepal@gmail.com

Advertisements

Comments on: "पाल्पा विगत र वर्तमान ( Palpa : Past and Present)" (2)

  1. Namaste,
    i was born in tansen. i always think about my birth place and wonder how can i make better and better.
    now i find lot of people are interested.
    so please add me on your mailing list

    thank you again for creating this site
    if there are anything i can do, please let me know

  2. समयलाई साक्षी राखेर खिचिएका तस्बिर सुन्दर छन् । तस्बिरबारेको परिचयात्मक लेखाइ ज्यादै मीठो लाग्यो । फेरि पनि यस्ता सुन्दर तस्बिर हेर्न पाउँ अनि मीठो अभिव्यक्ति पढ्न पाउँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: