पाल्पाली कवि डिल्लीराज अर्यालको नयाँ पुस्तक धर्मुयुद्धविमोचित भई बजारमा आएको छ। नेपालमै जान्छु म, सरिता, रहस्य, रातमा सूर्य दिनमा तारा, ठूले राई/भन्नै पर्यो सुन्नै पर्यो, घोल्कीमा बस्ने रहर जस्ता पुस्तकहरू पश्चात् यो नयाँ खण्डकाब्य प्रकाशित भएको छ। जयदीप फाउण्डेशनबाट प्रकाशित यस पुस्तकको मुल्य रू ५० रहेको छ भने पुस्तकको भूमिका राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्‍नु भएको छ।

पुस्तक विमोचनका क्रममा- दायाँबाट क्रमश: गोपिकृष्ण शर्मा, प्राध्यापक सुवेदी, विष्णु प्रभात र कवि डिल्लीराज अर्याल (तस्बीरहरू: साजन सुवेदी)

पुस्तकका विषयमा राष्ट्रकवि घिमिरे लेख्‍नुहुन्छ,
मेसो नलड्ने जब बन्छ हाम्रो
संसार साँच्चै तब बन्छ राम्रो
लडाइँ नै अन्तिम सत्य हैन
शस्त्रास्त्र निष्कर्ष हुँदै हुँदैन
यस्तै उखान टुक्काजस्तो सरल भैकन मार्मिक शैलीले भरिएको छ यो काव्य। रुमानी शैलीका कविहरू आफ्नो भावको अभिव्यक्तिको निम्ति प्रकृतिवर्णनविना एक फड्को पनि चल्न सक्दैनन्। तर कवि अर्याल कुनै कल्पनाविना नै एक विचारपछि अर्को विचारलाई सरलतासाथ प्रकट गर्न सक्छन्- यो चमत्कार नै हो। यसरी शैली वर्णनात्मक हुँदाहुँदै पनि सन्दर्भध्वनिले गर्दा काव्य सारवान् बनेको छ। यहाँ प्रत्येक युगका दुर्योधन र शकुनिहरू षड्यन्त्र गर्छन्, प्रत्येक युगका भीम युद्घको निम्ति तम्सन्छन् र प्रत्येक युगका युधिष्ठिरले मनले नमान्दा नमान्दै पनि सत्यको निम्ति लड्नुपर्ने हुन्छ। यसरी लड्दा पनि प्राप्ति चाहिं केही पनि हुन्न।- – – – सूक्तिमय शैलीमा सन्देशमूलक काव्यको सिर्जना गर्ने प्रतिभाशाली कवि डिल्लीराज अर्यालप्रति हार्दिक बधाइ ज्ञापन गर्दछु।

गजलबाटै शुभकामना व्यक्त गर्दै कवि गजलकार ‘बुँद राना’

कार्यक्रम समारोहमा उपस्थित महानुभावहरू

पुस्तकको विषयमा टिकाटिप्पणी र समीक्षा गर्दै डा राम प्रसाद ज्ञवाली

कार्यक्रममा आफ्नो कुरा राख्दै विद्वान् वशन्त कुमार शर्मा

पुस्तकका विषयमा टिप्पणी गर्दै साहित्यकार तथा भुतपुर्व माननीय मन्त्रि प्रदिप ज्ञवाली

कार्यक्रममा उठेका विविध विषयको उत्तर दिँदै कवि डिल्लीराज अर्याल

पुस्तकभित्रका केही पंक्ति

यो देश, हार्दा पनि हार मेरै
यी बन्धु, हार्दा पनि हार मेरै
आफै म हार्दा पनि हार मेरै
त्यो मृत्यु, पीडा, सब हुन्छ मेरै।

ज्युँदैछ दुर्योधन ! को मरेछ?
ज्युँदैछ दु:शासन ! को मरेछ?
छ चाल उस्तै, छलछाम उस्तै
छली जुवाडे पनि जीवितै छ !

बनी सबै पक्ष-विपक्ष लड्छन्
उद्देश्य नै लड्नु र भिड्नु बन्छन्
महारथीका छलछामभित्रै
किशोर लाखौं अभिमन्युमर्छन्।

Advertisements

Comments on: "धर्मयुद्ध खण्डकाव्यको विमोचन" (2)

  1. hari timilsena said:

    congratulation for publishing the Dharmayuddha
    for Dilli Raj sir.

  2. sabin pandey said:

    plz take tansen bazaar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: