Archive for May, 2008

महाभारतका सन्देशहरू र आजको यथार्थ : डिल्लीराज अर्याल

मान्छेहरूले जतिसुकै पुस्तक पढेपनि सबै पुस्तकले उत्तिकै प्रभाव पार्न नसकेको र केही पुस्तकले मात्र प्रभाव पार्न सकेको कुरा गर्छन्। यसरी पढेर प्रभाव पारेका पुस्तकहरूको चर्चा गर्दा रामायण र महाभारतको चर्चा गर्न उपयुक्त ठान्दछु। हुन पनि मैले पाठ्य पुस्तकभन्दा बाहिरका सबैभन्दा पहिले पढेका पुस्तक तिनै हुन् र तिनको छाप अहिले पनि छँदैछ। जब हामी दाजुभाइ बसेर पढ्न थाल्थ्यौं, बुबाले ल कसले राम्ररी पढ्ने? कसले नबिराएर भन्ने? कसले कति ठाउँमा बिराउँदो रहेछ? जस्ता प्रतिष्पर्धात्मक भावना जगाउने खालका कुराले हामीलाई उत्तेजित र उत्साहित बनाउनुहुन्थ्यो। हामीले एक अर्काको गल्ती हेर्ने र सच्याउने प्रतिष्पर्धामा खुब पढ्थ्यौं। फलस्वरुप हाम्रो वाचनकला राम्रो हुँदै गयो। (more…)

Advertisements

पाल्पा विगत र वर्तमान ( Palpa : Past and Present)

समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग भिन्‍न-भिन्न पाल्पालाई प्रस्तुत गर्ने मात्र हो। यसै सन्दर्भमा यी तस्बीरहरू राखेका छौं। पुर्खा र पुर्खाको ठाउँलाई संसारको जुनसुकै कुनामा बसेपनि सम्झनु पर्छ भन्‍ने मान्यताका साथ तस्बीर राख्‍ने शुरूवात मात्र गरेका हौं। भविष्यमा अन्य तस्बीरहरू पनि राख्‍दै जानेछौं। यहाँहरूको माया, सुझाव र प्रतिकृयाको सदैव अपेक्षा गरिरहेका छौं। (more…)

Surrounding Chandragiri : Sajan Subedi

Kathmandu valley in grayscale

One of the most beautiful place around Kathmandu, a green bifurcate hill standing up to 2250 m, the third highest hill surrounding the magical Kathmandu Valley, rich vegetation, rich fauna, a small peace of paradise; I think these words alone are not enough to describe Chandragiri hill. Historically also, this place is much renowned as the place from where Prithvi Narayan Shah first saw Kathmandu and grow the ‘greed’ to rule the valley one day (greed is only my personal opinion and it has nothing to do with any political movement and thought). (more…)

From Kathmandu to Kharidhunga : On the edge of Sunkoshi

काठमाडौंदेखि खरिढुङ्गासम्म सुनकोशीको तिरै तिर

तस्बीर: साजन/निराजन सुवेदी

पाँचखाल उपत्यका जहाँबाट काठमाडौंका लागि सबैभन्दा बढी तरकारी तथा दुधको आपुर्ति हुन्छ। (more…)

पाल्पा तानसेन दरबार ( Palpa Tansen Palace )

पाल्पा दरबार आफैमा ऐतिहासिक धरोहर थियो। त्यसबाहेक पनि, तानसेन बजारलाई श्रीनगरबाट हेर्दा आकर्षित गर्ने मानवनिर्मित पहिचान थियो यो दरबार। टुँडिखेल, विहानपख देखिने माडीको हुस्सुसहितको कुहिरो र उत्तरतर्फको हिमाली दृश्य बाहेक पाल्पालाई रानीघाट दरबार र तानसेन दरबारले चिनाउने गर्दथ्यो। तर, यो दरबार तानसेनको लागि इतिहास बनेर मासिइसकेको छ। यसपटकको पाल्पा भ्रमणका क्रममा दरबार पुनर्निर्माण गर्नका लागि काम भइरहेको देखिए पनि मन आश्वस्थ हुन सकेन र यो मनले त्यहीँ र त्यस्तै खालको पुरानो दरबारको कल्पना गर्न पनि सकेन। रानीघाटको पुरानो दरबारको जिर्णोद्धारपश्चात् त्यसको ऐतिहासिकता र त्यहाँ प्रयोग भएका सबै खालका प्रविधि र श्रोत साधनहरू मासिएको कुरामा हामी साक्षी बस्नु परेकाले यो दरबारले पनि त्यस्तै नियति भोग्नेछ भन्ने कुराले मलाई बढी पीडा मात्र दियो। जे होस्, दरबारसँग सम्बन्धित यस तस्बीरहरूमा यहाँको सुझाव, सल्लाह आउने नै छ। हामीले तस्बीरको क्याप्सन राखेका छैनौं। यो जिम्मा यहाँहरूका लागि।

(more…)

पाल्पा तानसेन विगत र वर्तमान ( Palpa tansen : Past and Present)


नारायणस्थानको मन्दिर (पहिले)

नारायणस्थानको मन्दिर (अहिले) (more…)

सत्र सय पचास परेको ढुकुर : डिल्लीराज अर्याल

मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त निजामती सेवामा जान जाती हुन्छ भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको लेखकलाई एउटा खरिदार वा ना.शु.बाट पराजित गराइएको वा भएको मलाई भने पटक्कै चित्त बुझेको थिएन। (more…)