Archive for April, 2008

पाल्पा तानसेन भ्रमण : Visit Tansen Palpa

यी तस्बीरहरू पाल्पाअनलाइनसँग सम्बन्धित व्यक्तिहरूले लिएका होइनन्। सबै तस्बीरहरू अनलाइन थिए। धेरै पहिले जब पाल्पाअनलाइनको शुरूवात गर्ने कुरा मेरो दिमागमा थिएन, यी सबै तस्बीरहरू कपी गरेर राखेँ। त्यतिवेला वहाँको नाम र कहाँबाट लिइएको हो भन्ने कुरामा मेरो ध्यान गएन त्यसैले अहिले वहाँको नाम र वहाँले गर्नुभएको सहयोग (तस्बीर लिएर अनलाइन राखेको)का लागि धन्यवाद दिन मात्र सकिन्छ, नाम उल्लेख गर्न सकिँदैन। यदि, यहाँहरू कसैले यी तस्बिरहरू कतै भेट्नु भयो भने वहाँको नाम वा एड्रेस (अनलाइन) उपलब्ध गराइदिनुहोला।

सिद्धबाबाका दुई मन्दिरहरू मध्ये एउटा पाल्पा जिल्लामा र अर्को रूपन्देही जिल्लामा पर्छ। यो मन्दिर पाल्पा र रूपन्देहिको बोर्डर छुट्याउने चिडियाखोलासँग जोडिएको छ र रूपन्देहि जिल्लामा पर्छ। (more…)

पाल्पा र पर्यटनको लुकामारी : विनय कसजू

सिद्धार्थ राजमार्गको तानसेन र बुटवलको बीचमा पर्ने कालिमाटीको ठीक पारीपट्टि खोलापारिको डाँडामा हरियो वनको माझमा अचेल एउटा रमाइलो बस्ती देखिन थालेको छ। वनभित्र पर्यटक बस्ने घर र वनमा घुम्नका लागि घोडाहरु राजमार्गबाटै देखिन्छन्। अनि राजमार्गको छेउको संकेत पाटीले त्यो नयाँ रिसोर्ट (रमाइलो विश्रामस्थल) को परिचय गराउँछ : गोर्खा गाउँ हर्स स्टेबल्स, मदनपोखरा, कालिमाटी, पाल्पा। टाढाबाट हेर्दा जंगलमा मंगल भनेको यही हो कि जस्तो लाग्छ। राजमार्गबाट रिसोर्टसम्म पुग्ने मोटरबाटो र खोलामा सानो तर मोटर जानसक्ने काठे पुल पनि छ। खोलाको पानी यति सङ्लो छ कि माथि बाटोबाटै पानीभित्र खेलिरहेका माछा देखिएलाजस्तो लाग्छ। रिसोर्टको बास, घोडामा वनको घुमाइ अनि दिनभरि खोलामा खेल्नु कति रमाइलो होला? काठमाडौँ नफर्की नहुने बाध्यता नभएको भए त्यहीँ नै गाडीबाट ओर्लेर जाउँ जस्तो लागेको थियो। (more…)

हिलस्टेसन तानसेन : शम्भु श्रेष्ठ

के गाउँ के शहर, जताततै अहिले महोत्सवको मौसम छ। कतै उद्योग, कृषि महोत्सव त कतै पर्यटन, उद्योग आदि। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यो राम्रो अवसर भए पनि कुन ठाउँमा कहिले के महोत्सव मनाउने भन्ने कुराको पहिचान हुन नसक्दा महोत्सव शब्द हलुको भएको छ। पाल्पा, तानसेनले शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाउन थालेको झन्डै तीस वर्ष भयो। यो तीस वर्षमा तानसेनमा कतिवटा पर्यटकीय होटल खुले, कतिवटा अस्पताल थपिए र कतिवटा मेडिकल कलेज, विश्वविद्यालय खुले भन्ने कुरा सिंहावलोकन गर्नु जरुरी छ। विकासका हिसाबले तीस वर्ष भनेको चानेचुने कुरा होइन। तर मलाई लाग्छ, यो तीस वर्षमा पाल्पाले उपयुक्त क्षेत्रमा उल्लेख्य विकास गर्न सकेन। किन? यस प्रश्नको जवाफ नखोजी फेरि त्यही पुरानो नारा रटेर मात्र पाल्पाको विकास सम्भव छैन। (more…)

जयदीपको सम्झनामा : दीपक अर्याल

फेरि त्यहीँ कालो दिन, फेरि त्यहीँ कहाली लाग्दो सत्यता र कहाली लाग्दो सम्झना। फागुन ९। जिन्दगीका केही अभिशप्त दिनहरूमध्येको सबैभन्दा अभिशप्त दिन। करिब ५ बजे, अफिसबाट घरजाने तयारीमा थिएँ। अचानक रमेशको मोबाइल बज्छ र जयदीप एक्सिडेन्टमा परेको खबर हुन्छ पाल्पाबाट। कम्युटरमा टाइप गर्दा गर्दैका हातहरू चल्न छाड्छन्। मन ढुक्क फुल्छ। जताततै अँध्यारो, सन्नाटा र स्थिर जस्तो लाग्छ। हुन त अन्य स्टाफहरू गफ गर्दै थिए र शायद काम पनि गर्दै थिए। तर, मैले कसैलाई देख्दिन, कसैको कुरा सुन्दिन। म वास्तविकता बुझ्नका लागि बाहिर जान्छु। बाहिर गएपछि स्थिति अझै भयावह बन्छ मेरा लागि। भित्र एक्सिडेन्टको खबर सुनेर होश हराएको मान्छे, बाहिर आएर सबै कुरा सुने पछि धेरै बोल्न र केही निर्णय गर्न सक्दिन। तैपनि, रमेश र अन्जन पाल्पा जानु पर्ने र हामी (म र विस्नु) अर्को दिन वा केही दिनमै आउने सल्लाह भयो। (more…)

जयदीप हामी माझमै छ : विष्णु अधिकारी

ख्यालख्यालमै एकवर्ष वितेछ। हुन त यस्ता वर्षहरू यस भन्दा पहिले पनि धेरै पल्ट विते जीवनमा। कति खु:शीमा विते होलान्, कति दु:खमा, त्यसलाई सम्झनु र उप्काउनुको कुनै अर्थ छैन। त्यसको लेखाजोखा ऐले नगरौं। किन भने जीवनभर दुख्‍नका लागि एउटा घाउ नै काफी हुने रहेछ, अनि जीवन भर सम्झनका लागि केही हाँसो र खुशी नै काफी रहेछ। यो वर्ष जीवनको अत्यन्त दुखदायी वर्ष रह्यो। यो वर्षले हामीलाई कहिल्यै नभुल्ने चोट दिएर गएको छ। कहिल्यै सञ्चो नहुने घाउ बसालिदिएको छ, सधै-सधैका लागि। जीवनमा धेरै हाँसियो, तर सबैभन्दा बढी कोसँग हाँसियो, सम्झन खोज्यो भने पक्कै पनि सबै साथीहरूलाई सम्झनु पर्छ। सबै साथीहरूका माझ सम्झियो भने, त्यहीँ मान्छेलाई सम्झनु पर्छ जसले जीवनमा सबैभन्दा बढी हँसायो र रूवायो पनि। (more…)

Remembering You : Anjan Ale

“Uwhaa..! Uwhaaa…!!” This sweet and lovely sound broke my deep sleep while my niece screamed on a very early morning a couple of days back. She is just three-months old. As others just born baby, her cry was obvious. Most of the times there are my brother and ‘bhaujoo’ to look after her and sometime I take care of her. Every night they wake to feed her. Hence, usually at morning I take care of my niece so that, they could have some sleep and it was just about 6 am when she was handed to me. I was lulling, and humming her. Walking through the room and holding her in my hand, I was thinking of my office holiday. Daily office works had been tiresome for me since long and I wanted a break so I was longing for holiday with red tick on a calendar. Suddenly my eyes led on to the calendar, stopped on “9”, that dazed me, and for a moment, I felt immensely sad. This digit was the main reason behind my sadness. This digit recalled me of an incident that took place one year back. It was the day when I lost my very nearest and dearest friend, Jaydeep. (more…)

प्रकाश ‘गुरा’ र तान्तिङ गाउँ : दीपक अर्याल


भान्सा घरमा, प्रकाश गुरूङ
लेख्‍ने विषयहरू त थिए र छन् तर, संसार नै कस्तो भएछ भने, आफ्नो पक्षमा लेखिएको वा बोलिएको कुरा सुन्ने, पढ्ने वा मन पराउने र आफ्नो विपक्षका आएका उपयुक्त तर्कलाई पनि नमानि दिने। अर्थात्, जसरी होस्, जसले भनेको वा लेखेको होस् त्यो कुरा आफ्नो पक्षमा हुनु पर्ने र आफूलाई वा आफ्नो पक्षलाई राम्रो भनिएको हुनुपर्ने। एउटा मान्यता छ, अरूको तर्क नसुन्ने वा सुने पनि अरूको तर्कलाई नमान्ने र आफूले भनेको कुरा नै उपयुक्त हो भन्ने अहमता प्रदर्शन गर्ने वानी साउथ एशियनहरूमा बढि हुने गर्छ। खासगरी पश्चिमा मुलुकमा दिइने शैक्षिक ज्ञानले Rationality को कुरा गर्छ र गाली गर्नमा होइन, तर्क गर्नमा जोड दिन्छ। तर, कतिपय कमेन्टहरू हेर्दा भने यो मान्यतालाई झुट सावित गर्छ। यसको अर्थ पश्चिमा मुलुकका शिक्षा पाउनेहरू सबैले उक्त व्यवहार अपनाउनु पर्छ र अपनाएका छन् भन्ने पनि छैन र साउथ एसियन हुँदैमा तर्कका आधारमा कमजोर हुन्छन् र उनीहरू तर्कले जित्ने भन्दा पनि अरूले भनेको कुरालाई कुनै कलेवरमा ढालिदिएर जितिदिन्छन् भन्ने पनि होइन। त्यसो त हामीहरूले पनि प्रत्येक तर्कलाई कुनै कलेवरमा ढालिदिएर उक्त तर्कहरूलाई वेकारका बनाइदिन्छौं। जस्तै- ए, त्यो कुरा त बाहुनले भनेको, त्यो कुरा त नेवारले भनेको, अथवा गुरूङले भनेको, मधेशी नेताले भनेको, राजावादीले भनेको वा माओवादीले भनेको। यसरी अरूले गरेको तर्कलाई कुनै जात, क्षेत्र, धर्म वा पार्टीको कलेवर लगाइदिए पछि उसलाई तर्क गरेर जित्नु पर्दैन र उसले भन्दा धेरै पढ्नु वा जान्नु पनि पर्दैन। जनतालाई मुर्ख बनाउने यो भन्दा अन्य उपयुक्त विकल्प हामीसँग छैन। (more…)