तस्बीरहरू: साजन सुवेदी
काठमाडौंदेखि कालिन्चोक भगवतिको मन्दिरसम्म पुग्नका लागि बसबाट खरिढुङ्गा (दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमाना)बाट उकालो लाग्ने एउटा बाटो हुन सक्छ त्यसो त मकैबारी वा चरिकोटबाट पनि उकालो लाग्न सकिन्छ। हामीहरूको यात्रा काठमाडौंदेखि खरिढुङ्गासम्म बसमा र त्यसपछि करिब ८ घण्टाको पैदलयात्रा हुन्छ। हुन त हिड्न सक्नेहरू करिब ६ घण्टामै उक्त बाटो काट्न सक्छन्। तर, अर्को समस्या के पर्यो भने यो बाटो कम चल्तिको रहेछ। बीचबाटोमा न त मान्छे भेटिन्छन् न त कुनै घरहरू। ८ घण्टा लामो यात्रामा हामीले एउटा चौरि गोठबाहेक अन्य केही फेला पार्न सकेनौं। कुरीमा पुगेपछि भने बस्न खानका लागि प्रशस्त लजहरू रहेछन्। यसमा फोटोहरू मात्र राखिएका छन् यसले नै धेरैकुराहरूको वर्णन गर्ला।

खाडीचौरदेखि मुडे (सिन्धुपाल्चोक)तिरको उकालोमा बसको छतमा यात्रा गर्दै।

कतिखेर कहाँ पुगिने हो केही थाहा छैन, त्यसैले झोलाहरू मिलाउनु नै पर्यो र आवश्यक सामान छ कि छैन भन्ने कुरा पनि हेर्नु नै पर्यो। जुकाका लागि आवश्यक एक किलो नुन किन्न र बाटोमा पानी पर्ने सम्भावनालाई ख्याल गर्दै खरिढुङ्गामा प्लास्टिक किन्न भने विर्सेका छैनौं।

खरिढुङ्गाबाट उकालो लाग्न थालेको पाँच मिनेट मात्र भएको छ, तर जुकाले आक्रमण गर्न शुरू गरिसकेको छ र पानी पर्न थालेको छ। सबै बन्दोबस्त त गर्नु नै पर्यो नि। नत्र त्यति टाढा कसरी पुगिएला?

माथि पुगेर तल हेर्दा देखिने दोलखा (जिरी) रामेछाप जाने बाटो जसलाई हामीले खरिढुङ्गामा छोडेर उकालो लागेका थियौं।

कति हिड्नु? साह्रै थकाइ लाग्यो! एकछिन यहीँ चिसो पानीमा खुट्टा डुबाएर भए पनि थकाई मारौं। जुकादेखि भने साबधान रहनु है।

यो बाटोमा भेटिएको पहिलो र एकमात्र चौरि गोठ थियो। साथीहरू अझै ३ उकालो हिड्नु पर्छ भन्छन्, आफु थाकिसकियो। यही थकाइ र अत्यासको बेलामा कतै बाटो त हराइएको छैन?

यो कुरिको चौरीपालन गर्ने बस्ति हो। राति करिब ९ बजेतिर आएकाले यो कस्तो थियो? देख्न पाइएन। राति यही बसियो र आराम गरियो। अहिले पो कालिन्चोक मन्दिरको लागि उकालो चढ्दा यो सुन्दर र अनुपम देखिएको छ।

बल्ल त यहाँ आइपुगियो। मन्दिर पुग्न त अझ एक घण्टा नै लाग्ला जस्तो छ। थकाइले गर्दा खुट्टा लुलो भएको छ, तैपनि मन्दिर त पुग्नु नै पर्यो नि।

ओहो, पुग्नु पर्ने त त्यहाँ पो हो त!

यही पहरो भएर निस्कन्छ सुनकोशी। तल कति गहिरो छ, अनुमान गर्न त गाह्रो छ तर, हेर्दा भने डर लाग्दो नै रहेछ।

बल्ल मन्दिर आइपुगियो। यो भर्याङ् चन्द्रशमशेरले राखिदिएको रे। यो दुई पहाडको खाडल सिन्धुपाल्चोक र दोलखाको सिमाना हो।

यो नै मन्दिर हो। वरिपरि फलामको पाइपले घेरिएको छ। यो डाँडामा एउटा कहिल्यै नसुक्ने पानीको कुण्ड छ जसलाई श्रद्धाका साथ पूजा गरिन्छ।

प्रविधीले भने यहाँ पनि काम गर्दोरहेछ। कम्तिमा ‘सिडीएमए’ मोबाइल फोनले

यो कुरिको चौरी लेक हो। थुप्रै किसीमका बनस्पति पाइने यस ठाउँमा साजन र सञ्जीवका लागि त थोर-धेर उत्खनन गर्न काम भयो।

ओहो! यहाँ आएर पनि छुर्पिको कुरा गर्न विर्सेको? ध्रुव दाई बडो गम्भीर भएर हेर्दै। यो छुर्पि भने चरिकोट झर्ने बाटोमा बेच्नका लागि राखिएको थियो।

Advertisements

Comments on: "खरिढुङ्गादेखि कालिन्चोकसम्मको पैदल यात्रा विवरण" (8)

  1. ma aafu panidolakha ko shakhine ma janmayko hu tasai la kalinchhok ko yatra k 6 i no ma yati maya garchhu ki ma bhanda pani dhaari ki na ki ma must district visite garda pani mero dolakha jasto paena i am so happy happy mustyly happy

  2. ajit karki (UK) said:

    biki vai lai ta maile chini na ta ra ma pani shakhine ma nai janmeko hu kalinchowk barsha ma 1 wa 2 patak hami gai rahanchu shakhine bata chitto hednee 4.5 hour ma nai kalinchowk pugcha,natra 5 to 6 hour lagcha ,hami pani shakhine bata bojhepani ,thangsa,gairi,mehele,falame gauda hundai kuri pugi baas basera volipalta darshan gari farkanchau bato choto vaya pani ramailo ko lagi hami 2 days ko yatra taya garthiyou,last year pani ramailo vayako thiyo dashain ko tikka ko volipalta nai gayaka thiyiuo hami bato vari ramailo gardai kalinchowk ko photo haru ma sanga thprai cha jaslai http://www.ramjham.com ma rakhidiyako chu. ta ra bidambana ma ahile uk ma chu uk ko samma bhu vaag ani mero gaun,charikot ,charange,makaibari ,deurali hatti chahara jhal jhali samjhadai kalpana garchu prakrite le saath diyako mero gaun sanga yo artificial sahar le k chuna sakla ra thanks sajan ji palpa bata vaya pani hamro gaun lai maya gare ra janu vako ani aananda linu vako ma sadubhad cha yaha haru lai……………………………………..

  3. khushi lagyo aafno jillako barema sunna pauda

  4. I like this artical and image so much. we are social home based orgnization. I need some picture of dolkha . May I need use your images on my website. Please see about dolkha in . http://www.visitingnepal.com/dolkha-travel-and-tour-161.html. Do u have further more detail about dolkha ? We need your help , so that visitor could get ful information about dolkha and may increase density of tourism in dolkha

  5. ramrai said:

    vera very nice okkkkkk

  6. bikram thami said:

    yestai chha hai hajur hamro kalinchok ghumn aaunne haru ko lagi swagat 6.

  7. MAlai yo PIC. haru ayianai man paryo ra YESTAI NAI KHOJIMA RAHANCHHU

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: