Archive for March, 2007

२०४७ को संविधान जारी गर्दाको शाही घोषणा

(नेपाली समाज वा जनताका  लागि कतिपय हदमा सबैभन्दा प्रिय मानिएका राजा बीरेन्द्रले २०४७ सालको संविधान घोषणा जारी गर्दाको भावनाहरू ऐतिहासिक दृष्टिकोणमा महत्त्वपुर्ण हुनेछ भन्‍ने विश्वासका साथ यो दस्तावेज राखेका छौं।)

प्यारा देशवासीहरू,
लोक सम्मतिकै आधारमा मुलुकको शासन चलाउने हाम्रो परम्परा अनुसार राजा र जनताको सहयोगबाट २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएको बेला प्रजातन्त्रको विकासमा नेपालमा जे जति राजनैतिक परिवर्तनहरू भए ती सबै जनताको चाहना र सहयोगबाट भएका हुन्।
प्रजातन्त्रमा व्यक्तिको स्थान महत्वपूर्ण हुन्छ। (more…)

Advertisements

सलाम मधेशी जनता

– दीपक अर्याल
मधेशी फोरमको नेतृत्वमा भएको आन्दोलनमा मधेशी जनताले देखाएको साहसका लागि मधेशी जनतालाई ‘सलाम’ छ। तर, जनताका चाहना यतिमा सिमीत छैनन् र हुनु पनि हुँदेन। परिवर्तन गर्ने तमाम ठाउँहरू छन्। न्याय हुनु पर्ने हजारौं आवाजहरू छन्। राज्यले सुन्‍नु पर्ने र कथित उपल्लो जात वा सत्तासीन वर्गको प्रतिनिधित्व गर्नेहरूले सम्बोधन गर्नु पर्ने थुप्रै विषयवस्तुहरू छन्। यस बाहेक पनि आज जस-जसले जुन वर्गको नेतृत्व गरिरहेको छ, ती वर्गका विरूद्धमा पनि आन्दोलन हुन बाँकी नै छन्। र, शायद जातीय, क्षेत्रीय, लैङ्गिक तथा वर्गीय हिसावले सबैभन्दा दमित, सबैभन्दा पिडित र सबैभन्दा अपहेलितहरूले गर्ने आन्दोलनले पाएको सफलता पछि नै आन्दोलनका सबै कार्यक्रमहरू समाप्त हुनेछन् तर यसका लागि केही वर्ष कुर्नु नै पर्नेछ। (more…)

होली: एक अनुभव

– इन्द्रेश ठाकुर

होली शब्द सुन्ने बित्तिकै बचपनका ती दिनहरू आँखा अगाडि नाच्न थाल्दछन् जहाँ उमङ्ग, उत्साह हुने गर्थ्यो, जहाँ खुशी हुने गर्थ्यो र जहाँ आफ्नोपनको आभाष हुने गर्थ्यो। कस्तो दिन हुन्थ्यो, कस्तो जमाना हुन्थ्यो र कस्तो उत्साह हुन्थ्यो होली खेल्नुको। एका बिहानै हामी केटाकेटीहरूको टोली बनाएर घर-घर जान्थ्यौं।

(more…)

‘नेता भएर हिड्छ घरमा धारो छैन’ : डिल्ली राज अर्याल

नेपाली मानसिकताको गहिरो अध्ययन गर्नु पर्दैन जस्तो लाग्ने गरेकाले मैले त्यतातिर ध्यान दिन सकेको छैन र दिने गरेको पनि छैन। बरु अलिकति विवेचना विश्लेषण र व्याख्या गरे पुग्छ भन्ने भावनाले मलाई छुने गरेको छ। यसो भएर पनि कहिलेकाही अलि गम्भीर भएर सोच्नुपर्ने हो कि? भन्ने ठान्छु तर समयाभावका कारण सामान्य सोचाइबाटै काम चलाउने गरेको छु। केही पहिले बुटवल बस्दाका रमाइला पक्षको बिस्मृति हुन नपाउँदै तानसेनको बसाइ शुरु हुन्छ। बुटवलमा बस्दा दैनिक सिद्धार्थ र लुम्बिनीका कार्यालयमा दिनहुँ जाने, लेख्ने र समाचार सम्पादनमा सघाउने समेत गर्थें। त्यहाँ बाबुराम अर्याल, एकराज पाण्डे, बूँद राना, दिल साहनी, कर्ण कार्की, मोहनसिंह थापा, गोपीरमण उपाध्याय, हरि दुवा, बाबुराम भट्टराई लगायतका व्यक्तित्वहरूसँग दैनिकजसो भेट भैरहन्थ्यो। साहित्यिक कार्यक्रमहरू हुन्थे। (more…)

सञ्जालभित्र जकडिएको शिक्षा क्षेत्र : डिल्लीराज अर्याल

आफ्ना सन्ततिलाई शिक्षा दिने उद्देश्यले खुलेको दरवार हाइस्कूल होस् अथवा आफ्नो क्षेत्रमा शिक्षाको ज्योति फैलाउन खोलिएको दिङ्गलाको संस्कृत पाठशाला वा बझाङको प्राथमिक पाठशाला नै किन नहोस् सबै पाठशालाहरूको उद्देश्य शैक्षिक विकास नै रहेको छ।
बालागुरु षडानन, जयपृथ्वीबहादुर सिंह, अयोध्याप्रसाद प्रधान, चाहे जो सुकै होऊन् उनीहरूको तत्कालीन सोच व्यावसायिकता थिएन, व्यापार थिएन, सेवा थियो। क्षेत्र अलग्याइएको हुन सक्छ तर सेवा नै एक मात्र उद्देश्य थियो। आज आएर शिक्षण संस्था खोल्नुको उद्देश्य थोरै सेवा धेरै व्यावसायिकता वा व्यापार हुन थालेको छ। त्यो पनि शुद्घ व्यापार होइन, कालो बजारका रूपमा। धेरैलाई यस्तो महशुस भैरहे पनि सरकार भने आँखा चिम्लेर देश चलाइरहेको छ। (more…)

मेरो नजरमा ‘जयदीप’

सफ्टवेयर फ्रिडम डे का दिन हस्ताक्षर गर्दै जयदीप
– दीपक अर्याल

जयदीपलाई कहाँ, कुन मोडमा पहिलोपटक भेटें भन्‍ने कुराको सम्झना छैन। हाल आएर जति सम्झन खोज्दा पनि सम्झन सकेको छैन। तर, शुरूका केही क्षणहरूको सम्झना छ जहाँ उसले एक जना केटीलाई मन पराएको थियो र यो कुरा मैले थाहा पाएको थिएँ। मन पराइको हद कति थियो र अन्य प्रगति के भयो त्यसको साक्षी भने म हुन सकिन। धेरै साथीहरूको भनाइ थियो, होस्टलमा बस्नु नै जयदीपका लागि सबैभन्दा ठूलो दुर्भाग्य थियो। यसका बारेमा मलाई धेरै कुराहरू थाहा छैन, अन्य साथीहरूले नै भन्‍न सक्लान् अझ होस्टलमा सँगै बस्ने साथीहरूले।
(more…)