पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र आजको मान्छेलाई सन्तुष्टि मिल्दैन बरू उसले पुराना कुराको खोज गर्न, त्यसबाट गौरववोध गर्न र उत्प्रेरित भएर अघि बढ्न चाहन्छ। ऐतिहासिक तथ्यलाई वुझेर नयाँ जीवन दर्शनसित अघि बढ्ने सोचको विकास गर्न चाहन्छ।


रानीघाटस्थित रानीमहल

हरेक युगको गाथाले पछि आउने पुस्तालाई नयाँ कुराको सन्देश र संङ्केत दिनै पर्छ र दिन्छन् पनि, तर त्यसलाई वुझ्ने र ग्रहण गर्ने क्षमता सबैमा नहुने भएकाले त्यसलाई वुझ्न र ग्रहण गर्न सबैले सक्दैनन्। प्रताप शमशेरद्वारा निर्मित तानसेनको दरबार होस् अथवा जुद्ध शमशेरद्वारा निर्मित मस्यामको दरबार होस् तिनको कथा उस्तै हुन्छ। चाहे जुद्ध शमशेरद्वारा निर्मित अर्गलीको दरवार होस् चाहे खड्ग शमशेरद्वारा निर्मित रानीघाटको दरवार होस् अथवा साहेबजीहरूको नील दरवार होस् वा अन्य कुनै पनि दरवार हुन्। तिनले पनि तत्कालीन समाजको ऐतिहासिक तथ्यबारे केही न केही बोल्नैपर्छ र बोल्ने गरेका छन्। इतिहासका विद्यार्थीहरू त्यही आवाजलाई सुन्ने, पढ्ने र बुझ्ने प्रयासमा लागेका हुन्छन्।

इतिहास सोझो गतिमा हिड्दैन त्यसै भएर होला नेपालको इतिहास पनि आफैमा काली गण्डकी जस्तै बाङ्गोटिङ्गो मोडबाट गुज्रिएको छ। बडो मुश्किलले गोर्खाको राज्यको जग बसाल्ने द्रब्यशाहका सन्तान पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान चलाएका हुन्। त्यो अभियान पूरा नहुँदै अर्थात् चल्दाचल्दै उनको देहावसान भयो र प्रतापसिंह शाह तथा बहादुर शाहले राज्य विस्तारको त्यो कार्यक्रमलाई अघि बढाए। पृथ्वीनारायणको ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया’ भन्ने वाक्यमा त्यस्तै अन्तर्मनको भावना पोखिएको देखिन्छ।


रानीमहलको अगाडिको भाग

वि.सं. १९०३ देखि सत्ताका नजिक पुगेका जङ्गबहादुर र उनका सन्तानहरूले भने दरबारलाई समेत शक्तिका आडमा आफ्ना अधीनमा पारी राज्य सञ्चालन गरे तर आफैभित्रको तानातान र लडाइँले तिनलाई सिथ्यायो। हत्या र षडयन्त्रको आडमा सत्ता लिने परम्परा बसालेका राणाहरूको पालो पनि १०४वर्षै गयो। सत्ताको स्वाद राम्रैसँग लिएका राणहरूमध्येका धीर शमशेरका छोराहरूले रणोद्दीप सिंहको हत्या गराएपछि वीर शमशेरले प्रधानमन्त्रित्व सम्हाले।

वीर शमशेरहरू पाँच भाइ थिए। ती मध्येका खड्ग शमशेर कमान्डर इन चिफ भएको मात्र १६ महिनापछि पदच्युत गरी ठाडा, गुल्मी निर्वासित गरिएका थिए। वि.सं. १९४५ तिर उनले निर्वासित जीवनबाट पाल्पा बस्ने अनुमति प्राप्त गरे। त्यहाँ बस्दा बस्दै पाल्पा गौंडाका तैनाथवाला र पश्चिमतर्फा सैनिक कमाण्डर बनेका खड्गशमशेरलाई पाल्पा समेत भैरहवा, तौलिहवा, वाग्लुङ र पर्वतसम्मको अख्तियारी दिइएको थियो। सोही समयमा पाल्पामै रहेका वेला १९४९मा उनकी रानी तेजकुमारीको निधन भयो।

खड्ग शमशेरले आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारीका निधनबाट अत्यन्त विहृवल भएका वेला उनको स्मृतिमा पाटी, पौवा धारा र मन्दिर सहितको दरबार निर्माण गर्ने वचन अनुसार रानीको अन्तिम चाहना अनुरुप यो दरबार तयार गराएका थिए। आग्राको ताजमहल जस्तै यसको निर्माणको कारण पनि – ‘प्रेम र वचनबद्घता नै हो’ भनिन्छ।

रानीको निधन भएको केही वर्षछि उनका मनमा श्री ३ को पद र उपत्यका कब्जा गर्ने चाहना जाग्यो र त्यसका निम्ति उनले विविध खाले तयारी गरे। सत्ताका नजरमा यो एक खालको षडयन्त्र थियो र यो थाहा पाएका चन्द्र शमशेरले उनीबाट पाल्पाको तैनाथी खोसे। उनले आफू श्री ३ बन्दा लाउन जोगेपानीका एकजना कालिगढलाई श्रीपेच समेत बनाउन लगाएका थिए भन्ने कुरा त्यतिबेला पाल्पामा चर्चाकै विषय बनेको थियो। ‘रानीमहल’ समेत भनिने खड्ग शमशेर निर्मित रानीघाटको दरबार जान तानसेन -७ चुत्रा भन्ज्याङदेखि ओह्रालो झरेर उत्तरतिर लागेपछि लसुनेको बाटो भएर पहाडको फेदीमा झरिन्छ। फेदिमा झरिसकेपछि पहिलोपटक वराङ्दीखोला तरेर तेर्र्सो तेर्र्सो अगाडि बढिन्छ। यी खोलाहरू मध्ये बराङदी खोलामा र रिप्दीखोला अँगाहाभन्दा तल त्यतिबेलै पुल बनेकाले तिनको प्रयोग अझसम्म पनि भैरहेछ। रानीघाट दरबार बनाउन आवश्यक इँटा बनाइएको यो ठाउँ अहिलेसम्म पनि ‘अवल’ नामले चिनिन्छ।


रानीघाट जाने बाटोमा पर्ने अवल

रानीघाट दरबारसित सम्बन्ध राख्ने यी दुई पुल, अवल र बैकुण्ठेको पहार एवं त्यहाँबाट लगिएको पानी आदि हुन्। दरबारमा पानीको ब्यवस्थाका निम्ति कुलो बनाएर लगिएको त्यहाँको पानी स्वादिलो छ। आग्रीहरूद्वारा चट्टान काटेर बनाइएको यो बाटो अहिलेसम्म पनि राम्रै गरी चल्तीमा रहेको छ भने बाटाका किनारामा त्यसवेला बनाइएका ठाउँ ठाउँका रेलिङहरू भने अब देखिन्नन्। रानीघाट जान तानसेन-७ देखि ओह्रालो झरेर उत्तरतिर लागेपछि लसुनेको बाटो भएर पहाडको फेदीमा झरिन्छ। फेदीमा झरिसकेपछि पहिलोपटक बराङ्दीखोला तरेर तेर्सो-तेर्सो अगाडि बढिन्छ। यी खोलाहरू मध्ये बराङदी खोलामा र रिब्दीखोलामा अँगाहाभन्दा तल त्यतिवेलै पुल बनेकोले तिनको प्रयोग अझसम्म पनि भैरहेछ। रानीघाट दरवार बनाउन आवश्यक इँटा बनाइएको यो ठाउँ अहिलेसम्म पनि अवल नामले चिनिन्छ।

रानीघाट दरबारसित सम्बन्धित विषयवस्तु भनेका यी दुई पुल, अवल, र बैकुण्ठेको पहारको पानी आदि हुन्। दरबारमा पानीको ब्यवस्थाका निम्ति कुलो बनाएर लगिएको त्यहाँको पानी स्वादिलो छ।आग्रीहरूद्वारा चट्टान काटेर बनाइएको त्यो बाटो अहिलेसम्म पनि राम्रै गरी चल्तीमा रहेको छ भने बाटाका किनारमा त्यसवेला बनाइएका ठाउँ ठाउँका रेलिङहरू भने अब देखिन्नन्।

छेर्लुङको भूभागलाई साँच्चै सुन्दर र उर्वर बनाउने दुई महत्वपूर्ण कुलाहरू रानीघाट जाने बाटामा पर्ने अन्य महत्वपूर्ण कुरा हुन्। शुरुशुरुमा जेठी, कान्छी कुलो भन्ने सुनिएका १९९० र १९९५ मा निर्मित यी कुलाहरू छेर्लुङ र अर्तुङ्गासम्म पानी पुर्याउन वरदान सावित भएका छन्। साँच्चै भन्ने हो भने राष्ट्रिय स्तरमै चर्चा योग्य कुलाको रुपमा रहेकाले धेरै पर्यटकहरू यहाँको कुलो हेर्न र यसको सञ्चालन प्रृकृया बुझन अहिलेसम्म पनि आउने गरेका छन्। अलगअलग कुलो समितिद्वारा सञ्चालित यी दुई कुलाहरू छेर्लुङका निम्ति वरदान सावित भएका छन् भने अर्तुङ्गाले पनि केही लाभ लिएको छ।

यस क्षेत्रका मान्छेहरू त्यो डरलाग्दो पहरामा बनेका कुलाको किनारबाट घाँस, दाउरा वा अन्य भारी बोकेर हिड्ने गरेको देखिन्छ। छेर्लुङ तानसेन आउने जाने गर्दा छोटो बाटोको रुपमा पनि मान्छेहरूले यसको प्रयोग गर्छन्। तिनै कुलोका डिल मात्र भएकाले यिनलाई हिड्ने छोटो बाटोका रुपमा प्रयोग गरे पनि यिनी बाटा भने होइनन्।

रानीघाट दरबार जाने खास बाटो भने स्याङ्गजाको सटुका, वैधा विर्धा लर्सधा, कोटाकोट, आलमस्थान, कारिकोट लगायतका इलाका, क्षेत्र र त्यसपारिका क्षेत्रमा समेत जाने आउने बाटोका रुपमा प्रयोग गरिन्छ। राणाकालमा फराकिलो गरी बनाइएको यो बाटोबाट खड्ग शमशेरले रानीघाटसम्म हात्ती लगेका थिए भन्ने कुरा त्यति बेलाका धेरैले भन्दै आएका छन्। पहाडमा हात्ती आएको कुरा त्यतिवेला चर्चाकै विषय हुन्थ्यो।


रानीघाट जाने बाटोमा देखिने हात्तीको आकारको हात्ती ढुङ्गा

काली गण्डकीमा बनेको पुल पहाडी भेगका झोलुङ्गे पुलहरू मध्येको केही पहिलेसम्म सबैभन्दा लामो पुलका रुपमा चर्चित भएपनि हाल कमला आदि नदीमा यो भन्दा लामो पुल बनिसकेकोले यसको सबैभन्दा लामो भन्ने विशेषण हराएको छ। यहाँको सबभन्दा लामो भनिने त्यो पुरानो पुल भत्केर फेरि अर्को पटक बनेको पुल अहिले चलन चल्तीमा छ।

करिब ६ रोपनी जग्गा ओगटेको रानीघाटको दरबार जसलाई रानी महल वा नेपालको ताजमहल समेत भन्ने गरिन्छ त्यसको निर्माण खड्ग शमशेरले गराएका हुन्। रानीको स्मृतिमा बनाइएको यो दरबार वास्तवमा नेपालका निम्ति बेजोड कलाकृतिको नमूनाका रुपमा लिन सकिने गरी बनाइएको छ। यो शैली र यसमा प्रयुक्त साधनले अहिले पनि निर्माण परम्परालाई अघि वढाउने मार्गदर्शन गर्न सक्छन्।

पाश्चात्य कलाकौशलको प्रयोग गरिएको यो दरबारको निर्माणमा स्थानीय साधन र श्रोतको प्रयोग हुनुका साथै जनशक्तिको परिचालन समेत भएको पाइन्छ। तत्कालीन सेना र यस क्षेत्रका वासिन्दा समेतको प्रयोग गरिएको अर्थात् जनशक्ति र राजशक्तिको ब्यापक प्रयोग गरेर बनाइएको थियो भने दरबारका लागि ‘खड्ग शमशेर’ अक्षराङ्कति इँटा बनाएर प्रयोग गरिएको थियो।

कालीको तीरमा रहेको भिरालो चट्टानमा बनेको यो दरवारको पश्चिमी जगभन्दा तल गङ्गाजीको लहर अत्यन्त आकर्ष देखिन्छ। बराङ्दी खोलाको पुल ,दरबार र काली नदीको पुलको बीचमा एउटा मैदान छ जो पहिले दरबारकै हाताको रूपमा रहेको थियो। अहिले भने त्यस्तो छैन। कालीगण्डकी र त्यसको किनारबाट जग उठाएर बनेको त्यो दरबारलाई पुलतिरबाट हेर्दा नदीमाथि दरबार अडिए जस्तो अत्यन्त रमाइलो दृश्य देखिन्छ। दरबारको मूल आकर्षण पनि त्यही हो। त्यही दृश्य देखिने गरी बनाइएको यो दरबारको सबैभन्दा तल्लो भागमा अगाडि ठूलो फूलवारी सहितको करिब १७ रोपनी जग्गा भएको पाइए पनि वराङ्दी खोलाले काटेर र वालुवा भरेर अब साँच्चै बगर पारिदिएको छ। यतिबेला फूलवारीको नामोनिशान् छैन तैपनि त्यसलाई प्रत्यक्ष देखेका पुराना आँखा र अनुभवी नजरहरू त्यो स्वरुप आफ्ना आँखा अगाडि देख्छन् र त्यसको बखान गर्छन्। बगैंचाको ठाउँमा अब केही पछि खोलो फर्काएर लगाएका सिसौ आदिका रुखहरू र केही आँपका बोट मात्र छन्। वगैचासँग जोडिएर दरबारको अग्र भागमा सबैभन्दा तल पाले पहरा बस्ने ठाउँ, नदीतिर जाने सिढी र तिनको बीचबाट दरबारको मुख्य भागतिर जाने अर्को सिढी छ। सिढीबाट उक्लेपछि पहिलो भागमा दुईवटा फोहराका निम्ति तयार गरिएका सुन्दर आकृतिका पोखरी, शितलपाटी, ठूलो लङ अत्यन्त सुन्दर तरिकाले बनेका छन् भने तिनकै सुरमा ठूलो अत्यन्त कलात्मक र सुविधा सम्पन्न देखिने दरबार बनेको छ। राजधानी जस्ता ठूला शहरमा बस्नेहरूका नजरमा यस्तो दरबारको त्यति अर्थ नहोला तर ग्रामीण क्षेत्रमा बस्नेहरूका मनमा भने यसको ठूलो अर्थ छ, महत्व छ। दरबारको पछिल्तिरबाट माथि जाने भरेङ, चोटा कोठाहरू,भान्छा आदि छन्। बैकुण्ठेको पहराबाट लगिएको पानी भने आजभोलि कुलो ब्रि्रेकाले नजाने भएको छ। नदीतर्फो भागमा नदी र त्यसपछिको दृश्य हेरेर आनन्द लिने बुर्जा बनाइएको छ।

विं सं. २०५४/०५५ मा दरबार निर्माण भएको १०० वर्षपूरा भएपछि मर्मत गरिएको यो दरबार शुरुमा जतिसुकै राम्रो र बलियो भए पनि खड्ग शमशेर पाल्पाबाट पलायन भए पछि यसको रेखदेखमा कमी कमजोरी हुँदै हुँदै गएकाले लगभग भग्नावशेषका रुपमा परिणत भैसकेको थियो। देशको गौरवका रुपमा प्रस्तुत गर्न सकिने यो धरोहर संरक्षण नपाएर खण्डहर बन्दा पनि पुरातत्व विभाग र सरकार नियम कानुनका किताब हेरेर बसेका थिए भने त्यस भेगका वासिन्दा तमाशा हेरेर बस्न बाध्य थिए। त्यसैले यसमा रहेका कैयौं सामाग्रीहरू हराए कैयौं सडे, गले र विग्रे। सबैका आ-आफना बाध्यता हुन सक्लान् र ती जायज पनि होलान् तर तिनको परिणाम त दुःखद नै भयो। के त्यस्तो कानुन जसले हामीलाई बाँधेर हाम्रो गौरव लैजान्छ, हाम्रो समाजलाई नोक्सान हुन्छ बदल्नु पर्ने होइन र?

राणाहरूका आत्मसन्तुष्टि, आत्मगौरव वा प्रेयसीका अनुरोध जेसुकै कारणबाट बनेको भए पनि ठाउँ ठाउँमा बनेका यस्ता दरवारहरूमध्ये कतिपयलाई आज नेपालीहरूले प्रयोग गरेका छन्, नेपालको सरकारले प्रयोग गरेको छ र तिनको निर्माणमा प्रयुक्त शैली आकर्षक केन्द्रविन्दु बन्ने गरेको छ। त्यतिबेला प्रयुक्त प्रविधि, कला र निर्माण सामग्री आदिको राम्रो ज्ञान र प्रयोग हुने हो भने हाम्रो निर्माण परम्परालाई आज पनि विश्वमै नमुनाका रुपमा देखाउन सकिन्थ्यो कि! तर हामीले गम्भीर भएर सोच्नुपर्ने कुरामा पनि कहिल्यै ध्यान दिएनौं, सोचेनौं। बैकुण्ठेका पहरा काट्ने त्यतिवेलाका आग्रीहरू, त्यस्तो चट्टान काटेर दरवारको जग हाल्ने कालिगढहरूलाई हामीले बिर्सन थालेका छौँ। तिनको खोजविन, सोधबुझ गर्न हामीले छाडेकैले पनि हामी पुरानो सीप, क्षमता र श्रमबाट टाढिएका हौं। आफ्नोपन बिर्सेर अरुका पछि लाग्ने बनेका हौं।


रानीघाट जाँदा बाटोमा पर्ने बैकुण्ठे पहाड

रानीघाटमै यो दरबार बन्नुको खास कारण के हुन सक्छ – भन्ने प्रश्न पनि यदाकदा उठ्ने गरेको छ। यत्रो लागतमा यस्तो दरबार त्यतिवेलाका कमाण्डर इन चिफले अन्यत्र पनि बनाउन सक्थे तर किन बनाएनन् ?
जुद्घशमशेरले बुटवल तानसेन बाटोमा पर्ने मस्यामको डाँडामा पनि दरबार निर्माण गराएका थिए। पहाड तराइ गर्ने बेला बिचमा बास बस्ने सुविधाका हिसाबले बनेको यो दरबार अहिले त्यति चर्चामा छैन। अर्गलीको दरबार पनि उनैले बनाएको भए पनि हाल त्रिभुवन मा.वि.लाई हस्तान्तरण भैसकेको छ तर रानीघाटको यो दरबार भने अहिलेसम्म पनि कुनै त्यस्तो काममा प्रयोगमा आएको छैन। यसको निर्माण पनि रानीको स्मृतिमा भएको भनिन्छ। उनकै चाहना अनुरुप बनेकाले ठाउँ पनि उनकै रोजाइको होला तर यस क्षेत्रमा काली गण्डकीको धार्मिक महत्व पनि उल्लेख्य देखिन्छ। दरवार बन्नु अघि यस ठाउँलाई उलेख्य घाटका रुपमा प्रयोग गरिएको पाइन्न तापनि बनारसमा भागीरथी गङ्गाको उत्तर वहाव र त्यसको महत्ववारे चर्चा सुनेकाले यो क्षेत्रलाई बनारसकै महत्वको दर्शाउन दरवार निर्माण गर्राई, मन्दिर, पाटी, बगैंचा आदिको ब्यवस्था गर्ने सोच बनाइएको हुन सक्छ।

हिन्दु धर्ममा ‘काश्यां वासः, सतां सङ्गः, गङ्गाम्भः शिवपूजनम्’ जस्ता चार कुरालाई महत्वपूर्ण मानिएको छ। धार्मिक पर्रि्रेक्ष्यमा काशीको महत्वको एउटा खास कुरा ‘उत्तरवाहिनी गङ्गा’ पनि हो। त्यही उत्तर वाहिनी अवस्था रानीघाटमा पनि भएकाले, गङ्गाजल, शिवपूजन जस्ता चारैवटा संसारका सार त्यहाँ उपलब्ध गराउन सकिने सुन्दर कल्पनाले रानीघाट दरबार बनाउने प्रेरणा जागेको हुनु पर्छ। कारण र प्रेरक तत्व अलग अलग हुनसक्छ। यसको निर्माणमा करिब पाँच वर्षो समय लागेको देखिन्छ भने रकम कलमको अनुमान गर्नेतिर ध्यान गएको छैन। त्यहाँ प्रयोग गरिएका ठूला-ठूला काठ मध्ये जिर्णोद्धार गर्दा प्रयोग नगरेका पनि प्रशस्तै देखिन्छन्। कति सामान त जिर्णोद्धार अघि नै लथालिङ्ग भए। जतन गर्ने बानी त हामीमा कहाँ छ र?

यसरी यसको जिर्णोद्धार गरेर पुरातत्व विभागले एउटा ऐतिहासिक धरोहरको संरक्षण त गरेको छ तर यसको पूर्वस्वरुपलाई देखेका पुराना मान्छेका निम्ति यो नयाँ भवन नक्कली जस्तो लागेको होला। यसको इतिहास जानेर ऐतिहासिक तथ्य र मनोहरस्थलको आनन्द लिन चाहनेहरूका निम्ति भने रानीघाटका ती ५/७ घर जो गा.वि.स.को टुङ्गो नभएर कहिले कता कहिले कता परेकाले तथ्याङ्कहरू खोज्दा दुवैतिर नपाइने परिस्थिति समेत आएको अनुभव गरिएको छ अनि हालै पत्ता लागेको गुफा सहयोगी हुन सक्छन्। त्यसैगरी सपलक, हाती ढुङ्गा, बैकुण्ठेको पाहार र त्यहाँको चट्टान काटेर बनाइएको बाटा, झोलुङ्गे पुल, पुरानो पौवा, मन्दिर, दरबार र बगैंचाको क्षेत्र, अवल र राणाकालीन पुलहरू आदि धेरै कुरा यस क्षेत्रका ऐतिहासिक धरोहरका रुपमा लिन सकिने सामग्री हुन्।

पारिपाखा सटुकाको गाउँ खानिगाउँको डाँडो, माथितिर छेर्लुङ, वौघा गुम्हाको डाँडा र वस्तीहरू, पारिपाखा आलमदेवी र वीचमा नदीको किनारमा बनेको यो सुन्दर महल तेज कुमारीको स्मारक मात्र होइन हाम्रो ऐतिहासिक धरोहर पनि हो। ‘रानीघाट’ को पहिचान हो र रानीघाटलाई कला, संस्कृति र धर्मको सङ्गमस्थल बन्न पनि यसले मद्दत गरेको छ।


रानीघाटलाई बौघा गुम्हाको डाँडाबाट हेर्दा देखिने दृश्य र स्याङ्जा जिल्ला जोड्ने झोलुङ्गे पुल

उत्तरतिर उग्रदमस्थल भएका नदी त नेपालमा धेरै छन् तर तिनी उद्‍गमस्थलतिर फर्केर बग्ने गरेका उदाहरण एकदम कम छन्। यसले मान्छेलाई आफनो पूर्वस्वरूप अवस्था सम्झन सिकाउँछ। आफनो जन्मस्थलतिर हेर्न सिकाउँछ। पूर्व अवस्थालाई नबिर्सेर अघि बढ्न सिकाउँछ। त्यसैले यसको धार्मिक महत्व जे जति छ त्यत्तिकै र त्यो भन्दा वढी शैक्षिक र सामाजिक महत्व छ। शायद धर्मका नामबाट पनि यही सिकाइएको हो कि – मान्छेका उन्नतिका निम्ति आफ्नो अतीतलाई नविर्सनु महत्वपूर्ण हुन्छ भन्ने सिकाउन जताबाट आएको हो उतै फर्केको नदीको महत्व देखाइएको हो भने धार्मिक विषयहरू पनि मानविय परम्परा भन्दा भिन्न छैनन् भन्नै पर्छ।

(यहाँहरूका भोगाइ, देखाइ, अनुभव वा सुझावहरू हामीलाई पठाउनुहोस्। यहाँहरूको सहयोग प्रति हामी आभारी रहनेछौं)

Advertisements

Comments on: "ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा : डिल्लीराज अर्याल" (14)

  1. I read this. It was very nice artical. If there was a nice picture it would have more good.

  2. Nice Artical.

  3. Yajnamurti Khanal said:

    Nice article with nice picture.

  4. The pic from Gumha,.. that was the most happiest moment in my life. I have been to Ranighat almost 5 times through many ways… The pics are really awesome… I really appreciate Sir.Dilliraj Aryal for his valuable words abou it.. Well . who can forget about the childhood on places like ranighat.. i was lucky one……MY COUNTRY MY PRIDE

  5. I would r..really be happy if someone ‘d move his pen about CHamere Gufa . Thamke Dada.. Chechi Kot,.BhairabSthan…

  6. i am, arjun neupane from qatar .

  7. ma arjun neupane ma shyangja shree krishna gandaaki vdc ward no four bastari mero janma istal ho ra ma yo rani ghats darbar ko barema sabai jankari pauda sarai khusi lagyo.

  8. malai ranighat sarai man parchha kina ki mapani gulmeli bhayarahola sayad chimeki jilla bhayarapanihunasakchha hai teipani tehako dharatal bhaugalik distikod ani manoram ani dharmik distikod le importain hunale pani

  9. laxman karki said:

    I read this and find many more information about ranighat, this place is use for crimination also our ralative who left us also crimated in this place. So this place will always abode in our heart . We have to try to make more development to Ranighat and its neightbours area so every palpali feel good and proudful through historical place also. thanks

  10. thank u soo.13 years i look my village.its soo lovely

  11. nirendra said:

    ma dheri kushi chu aphano gillako barama yeti dheri kura taha paya tasma pani aphani gauko ranighat ko yeti dheri kura taha pauda nikai kushi chu thank u

  12. Deepak Pandey said:

    mamlai dhari man parako cha

  13. Rishikesh said:

    i like this very much . which is connection with our lovely memo

  14. My Great Palpa I am feeling to much luckey many kinds of heritage and cultures are with us ……………………………………!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: