Archive for the ‘Uncategorized’ Category

दीपक अर्याल

संयुक्त राष्ट्रसंघले विश्व क्षयरोग दिवस मनाउन शुरू गर्नुपूर्व नै नेपालमा यसबारे सचेतना फैलाउन शुरू भइसकेको थियो।

TB awarness article in Gorkhapatra daily, published in 1921

TB awarness article in Gorkhapatra daily, published in 1921

संयुक्त राष्ट्रसंघले सन् १९८२ मा मार्च २४ लाई विश्व क्षयरोग दिवसका रूपमा मनाउने घोषणा गरेसँगै यो दिवस संसारभर मनाइँदै आइएको छ। नेपालले पनि अघिल्ला वर्षमा झै यो वर्ष पनि क्षयरोग दिवस मनायो। पछिल्लो समयमा क्षयरोगको महामारीबाट धेरैजसो मुलुक मुक्त भएका मानिए पनि यो रोगबाट पूर्ण मुक्ति भने मिलेको छैन। कुनै बेला यसलाई निको नहुने ‘असाध्य रोग’का रूपमा लिइन्थ्यो।

नेपालमा हाल पहिचान भएका क्षयरोगीको निको हुने दर ९१ प्रतिशत रहेको मानिन्छ। नेपालभित्र यस रोगबारे चर्चा चलेको पुरानो इतिहास हेर्ने हो भने, आजभन्दा ९१ वर्ष पहिले ११ जेठ १९७८ का दिन गोर्खापत्रले क्षयरोगका लक्षण तथा यसबाट कसरी बच्ने भन्दै यस्तो समाचार छापेको थियो– ‘यस्तो हरेक रोगबाट वचने उपाय जान्नु आवश्यक छ परन्तु जुनरोगीको केही औषधी मालुम हुँदैन उसबाट वचने उपाय जान्नु त परमावश्यक हो। जो बात म तल लेख्दछु सो कुरा गर्नाले यूरोप, अमेरिका देशहरूमा यो रोग दिनप्रति कम हुँदै आइरहेछ। पहिले जोवात याद राखनु पर्दछ सोवात यो हो कि यो क्षयरोग अधिक दुर्वल मानिसलाई सताउँदछ हामीहरूले वा रोगीहरूले पनि यस्तो काम गर्नु पर्दछ कि जुन तरहले भये पनि हृष्टपुष्ट हुन पर्दछ। क्षयरोगीको कफ एक ठूलो खराप वस्तु हो, किनकि त्यो कफमा करोडौं जीवित कीटाणु रहन्छन् जुन अरूको शरीरमा प्रवेश गरेर रोगोत्पादन गर्दछन्। क्षयीले यस्तो गर्नुपर्दछ कि त्यसले कहिले पनि घर्को भित्ता, ढोका इत्यादिमा नथुकनु खोकदामा पनि अर्काको शरीर, कपडा, भोज्यपदार्थ इनिहरूमा कफको छिटा पर्न नजावस। रोगी रहेको स्थानमा यौटा पिकदानी रहनू पर्दछ।’ (more…)

दीपक अर्याल

कुन समाचार महत्वपूर्ण हुन्छ र त्यो कसले निर्धारण गर्छ भन्ने कुरा पत्रकारिता क्षेत्रको सर्वकालीन बहसको विषयमा पर्छ।

Market price of daily uses foods items in 1914.

Market price of daily uses foods items in 1914.

नेपालमा कुनै बेला वातावरण सम्बन्धी समाचारले प्रमुखता पायो भने कुनै बेला स्वास्थ्य, कुनै बेला शिक्षा त कुनै बेला ‘ग्लोवल वार्मिङ’का समाचारले। राजनीतिले प्रमुखता पाएको नेपाली पत्रपत्रिकामा पछिल्लो समय भने कृषिका समाचारहरूले निकै प्राथमिकता पाइरहेको देखिन्छ। त्यसो त, १०० वर्ष अगाडिको गोर्खापत्रको समाचारले पनि कृषि मोफसलसँग जोडिएको विषयवस्तु हो भन्ने भान दिने गरी कृषिका समाचारलाई प्राथमिकता दिएको पाइन्छ। राजनीतिक, सामाजिक वा आर्थिक हिसाबले बन्द समाजमा खास–खास गौंडास्थित हुलाक अड्डाबाट सङ्कलित हुने ऊबेलाको गोर्खापत्रका समाचारलाई अहिलेको परिपे्रक्ष्यमा हेर्न वा विश्लेषण गर्न नसकिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई प्राथमिकतामा राखेको भन्न अवश्य सकिन्छ। (more…)

दीपक अर्याल

वि. सं. २०२४ मा प्रकाशित गृष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ले १३ वैशाख १९८४ मा प्रकाशित ‘चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगञ्जकी सूर्यमती श्रेष्ठेनी’को तस्वीर नै नेपाली छापामा छापिएको पहिलो तस्वीर हो भनेर दाबी गर्‍यो। हाम्रो फोटो पत्रकारिताको इतिहास यही दाबीको आधारमा अगाडि बढ्यो। गत ४० वर्षदेखि यही आधारमा नेपाली पत्रकारिताको इतिहास पढ्ने–पढाउने काम भयो र अनुसन्धानात्मक पुस्तक तथा लेखहरूमा पनि फोटो पत्रकारिताको यही दाबी दोहोर्‍याइयो। जबकि, समाचारमूलक सामग्रीका लागि १९८४ सालभन्दा अगाडि नै देश समाचार अन्तर्गत दुई वटा र श्री ३ चन्द्रशमशेर राणासँग सम्बन्धित पुस्तकको विज्ञापन गर्न एउटा फोटो (हाल्फ टोन ब्लकमा आधारित) प्रकाशित भइसकेका थिए। समाचारका रूपमा पहिलोपटक गोरखापत्रमा प्रकाशित फोटो

‘गुरुले भनेका सबै कुरा सत्य हुन्छन् वा गुरुको विद्यामाथि प्रश्न गर्नुहुँदैन’ भन्ने मान्यताले अग्रजका पुस्तक परको तथ्य खोतल्न जरूरी ठानिएन। नत्र, गोर्खापत्रमा समाचारसहित प्रकाशित फोटोमा ध्यान नजाने कुरै आउने थिएन। ३० असार १९८२ को गोर्खापत्रको देश समाचार (सदर) मा ‘श्री ३ महाराजको जन्मोत्सव’ शीर्षकमा समाचारसहित चन्द्रशमशेरको फोटो प्रकाशित छ। १९८३ श्रावण १८ गते सोमबारका दिन पनि चन्द्रशमशेरको जन्मोत्सवको समाचारमा उनको फोटोको प्रयोग गरिएको छ। (more…)

दीपक अर्याल

२ भदौ १९८२ मा ‘सदर जेल कारखाना’ स्थापना भएको एउटा समाचार गोरखापत्र मा छापियो। जसमा, ‘कैदीहरूका जीउ र आत्मामा रहन सक्ने रोग–मुर्दापन र खिया जडता’ हटाउने उद्देश्यले जेल कारखाना खोलिएको उल्लेख छ। समाचारमा जेल कारखाना नखुल्दासम्म ‘शारीरिक, मानसिक र आत्मिक सबै शक्ति–ताकतबाट हीन भई आफैंआफ ठगिई मृतप्रायः भई हीन–पशुका समान जीवन गुमाई लुत्या–कुकुर, सुँगुर मरे जस्तै मरी मशानमा फ्याँकिन्थे’ भनिएको छ। कारखानामा काम गर्ने कैदीको काम तथा योग्यता अनुसार उसले भोग्नुपर्ने कैदको समय घटाउन सक्ने गरी सनद जारी गरेको बेहोरा पनि त्यही समाचारमा छ।

यो समाचार छापिएको समयमा नेपालका शासक चन्द्रशमशेर थिए, त्यसैले उनैले जेल कारखानाको सुरुआत गरेको देखिन्छ। समाचारले जेल कारखाना कैदीहरूलाई केही काम दिन मात्र खोलिएको थियो वा त्यसबाट ठूलै मात्रामा उत्पादन गरेर राज्यले नाफा कमाउने पनि उद्देश्य राखेको थियो भन्ने खुलाउँदैन। तत्कालीन समयका कागजपत्र, विज्ञापन, नियम–कानून तथा जेल कारखानालाई हेर्दा ठूलो व्यापारिक उद्देश्य राखेको पनि देखिंदैन। सानै रूपमा शुरू गरिएको भए पनि तत्कालीन शासकहरूले ब्रिटिश शासन प्रणालीबाट प्रभावित भएर यो काम शुरू गरेका थिए भन्न सकिन्छ। (more…)

दीपक अर्याल

पुरुषप्रधालन नेपाली समाजमा लैङ्गिक असमानताको झ्लक दिने थुप्रै कृतिहरूमध्ये भानुभक्तको ‘वधूशिक्षा’ (वि.सं. १९४८) पनि एउटा हो, जसको विभिन्न बेलाका पुनःप्रकाशनहरूले समाजको बदलिंदो स्वरुपलाई पनि उतारेका छन्। मित्र तारापतिको घरका सासू–बुहारीको झ्गडा देखेपछि सबै छोरी–बुहारीलाई अर्ति दिन भानुभक्तले ‘वधूशिक्षा’ लेखेका हुन् भनिन्छ। महिला (छोरी–बुहारी) लाई उनीहरूले गर्नुपर्ने काम–कर्तव्य र अनुशासनको अर्ति–उपदेश दिंदै पुस्तकमा भनिएको छ–
हाँस्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्त छन्।

वेश्या लौ न हउन् तथापि घरको काम् ती सबै नास्त छन्।।

एक्लै हाँस्न हुँदैन कोहि न भई आर्को सँगी भो जसै।

हाँस्तैमा दिन जान्छ येही रितले सब् काम बित्छन् तसै।। (more…)

दीपक अर्याल

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

An Appeal to establish Maharana Pratap kshetriya school Gorakhpur.

‘भारतीय संस्कृतिमा आधारित शिक्षा पद्धति विकास गर्न’ सन् १९१६ (वि.सं. १९७३) मा काशी हिन्दू विश्वविद्यालय स्थापना भयो। यसै वैचारिक धारसँग जोडिएर दिग्विजयनाथको नेतृत्वमा सन् १९३२ तिर गोरखपुरमा महाराणा प्रताप शिक्षा परिषद् स्थापना गरियो। यही परिषद् अन्तर्गत महाराणा प्रताप क्षत्रीय स्कूल प्रारम्भ भयो जुन आज गोरखपुरको प्रतिष्ठित शिक्षालय भएको छ। कुनै पनि संस्था तुरून्तै खडा हुन सक्दैैनन्, त्यसले यथासक्य धेरै सहयोगी हातहरूको अपेक्षा गरेको हुन्छ। यो स्कूलको स्थापनामा सहयोग माग्ने काम पनि भारतीय भूमि र व्यक्तिहरूमा मात्र सीमित रहेन, नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर (वि.सं. १९३२–२००९) सम्म पनि अनुरोध आइपुग्यो।

मदन पुरस्कार पुस्तकालयमा राणा प्रधानमन्त्रीहरूले गरेका काम तथा तिनका विषयमा लेखिएका प्रशस्तै प्रशंसापत्रहरू भेटिन्छन्। माघ, १९९० सालको भूकम्पपछिको उद्धारलाई लिएर (जुद्धशमशेरको) होस् वा रोपवे र बिजुलीका चर्चा गर्दै चन्द्रशमशेरका गुणगान गाइएका कवितात्मक प्रशस्ति, यस्ता प्रशंसाहरू अनेक छन्। कतिपय प्रशस्तिपत्रहरू खास काम वा उद्देश्यका लागि सहयोग माग्न वा सरकारबाट सहयोग पाएपछि त्यसको लागि धन्यवाद दिन र चाकरीका लागि मात्र लेखिएको पाइन्छ। महाराणा प्रताप क्षत्रीय स्कूलका लागि सन् १९३३ मा गोरखपुरको गीता प्रेसबाट हिन्दी भाषामा प्रकाशित अपीलले चाहिं जुद्धशमशेरलाई यस क्षेत्रको एकमात्र स्वतन्त्र राष्ट्र नेपालको कर्णधारका रूपमा बखान गरेको छ, सहयोगको अपेक्षासहित। (more…)

मोहन मैनाली

गएको वर्षको अन्तिम हप्ता पाल्पामा बसेका बेला एक दिन पाल्पा जिल्ला बन्द भयो । त्यो बन्द नेपाली कांग्रेसको आह्वानमा भएको भनेर सुन्दा मलाई कांग्रेसको बदनाम गर्न खोजेझैँ लाग्यो । कांग्रेसका एकजना इमानदार कार्यकर्तालाई सोध्दा उनले भने, ‘हो, यो कांग्रेसलाई बदनाम गराउनकै लागि गरिएको हो । र, यो अरू कसैले गरेको होइन नेपाली कांग्रेस आफैँले गरेको हो ।
यो बन्द गर्नाको कारण झन् हाँसो उठ्दो छ भनी सुनाए धेरैले, पाल्पालीले । त्यो यस प्रकार छ:

तीनजना युवालाई रक्सी खान मन लागेछ, खाएछन् । तीमध्ये एकजनालाई लाइसेन्सविनै मोटरसाइकल चलाउन मन लागेछ, चलाएछन् । बाँकी दुईजनालाई त्यही मोटरसाइकलमा चढ्न मन लागेछ, चढेछन् । मोटरसाइकल चलाउने मानिसलाई आफ्नो मोटरसाइकल रोकिराखेको ट्रयाक्टरमा जोत्न मन लागेछ, जोतेछन् ।
जे हुनुथियो त्यही भयो । एकजना ठहरै भएछन् । बाँकी दुईजना घाइते । (more…)

- Review by Jill Hopke

Developing Alternative Media Traditions in Nepal, by Michael Wilmore. Lanham, MD: Lexington Books, 2008.  239 pp.

South Asian Edition:

Writer: Michael Wilmore

Publisher: Martin Chautari

First Published: 2009

Page 241+, Rs. 500

ISBN: 978-9937-8194-1-1

Within the field of global media studies the study of local community-based media may at times seem like a contradiction. Scholars often lament that the globalization of media systems undermines local identities and cultural practices. However, local media continue to hold promise to counteract such homogenizing processes. In his first book on local cable television production in Nepal, Michael Wilmore highlights the importance of focusing scholarly attention on community media outlets. His focus is on “small-scale media production” explores whether such content can play a role in broader social transformations underway in the country during the 1990s and the enhancement of local community identity.
Wilmore’s media ethnography of local cable television production in the city of Tansen, located in the Palpa district of Nepal, is the product of doctoral dissertation research he conducted while a student of social anthropology at the University of London in the mid-1990s. He is currently a professor at the University of Adelaide in Australia where his research and teaching focuses on media globalization with an emphasis on post-colonial indigenous and community media in Nepal and South Asia.

(more…)


आफ्नै मुडमा जयदीप

- दिनेश विष्ट

केही दिन अघि देखि अनौठो सपना देख्दै आएको थिएँ। विज्ञानको विद्यार्थी भएर होला सपनाको बारेमा झट्ट विश्वास त लाग्दैनथ्यो र लाग्दैन पनि तर अनौठो सपना त्यो पनि दिनहुँ देखिरहँदा मलाई एकै पटक आशंका, डर तथा कौतुहलताको अनुभव भइरहेको थियो। झण्डै तीन महिना अगाडि पनि त्यस्तै प्रकारको सपना दैनिक देख्दा-देख्दै बुवाको सितल छहारी सदाका लागि चँडिएर गएको थियो। त्यो याद ताजै रहिरहेकोले पनि होला उस्तै प्रकृति र विषयवस्तुमा आधारित सपनाको परिणाम पनि कतै दर्दनाक त हुने होइन भनेर आशंका गरिरहेको थिएँ।

(more…)