ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा : डिल्लीराज अर्याल

पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र [...]