Archive for the ‘Place’ Category

Dated Lucknow, the 6th March 1903
From: Kadga (Kharga) Shamsher Jang, Rana Bahadur, of Nepal
To: The Hon’ble Sir J J D LaTouche, KCSI, Lieutenant-Governor of the United Provinces of Agra and Oudh

Just as I was contemplating to remove myself to the Dehra side owing to the advent of the hot season and to the ravages of the plague here, Mr. L Porter, C S, Commissioner of Lucknow Division, wrote, requesting to see me in connexion with my residence at Lucknow, and to convey to me what I understood to be some instructions of the Government of India orally. But before dwelling upon what he had to communicate, allow me to state briefly what I am, what my present position is, and what is my motive in coming here.Khadga Shamsher and family in Palpa
(more…)

From: C L S Russel, Esq., ICS, Under Secy to the Govt of India, Foreign Dept.
To: The Hon’ble Mr. J P Hewwtt, CSI, CIE, Officiating Chief Commissioner, Central Provinces; The Hon’ble Mr. G S Forbes, Acting Chief Secy to the Govt of MadrasKhadga Shumsher and his wife

I am directed enclose herewith, for your information/the information of His Excellency the Governor, a brief account of Deb Shamsher and Khadga (or Kharag) Shamsher, who are suspected of having recently been engaged in conspiracies against their brother Maharaja Chandra Shamsher, the Prime Minister of Nepal. (more…)

- दीपक अर्याल

कास्कीको उत्तरी सीमान्त नामार्जु ङ गाविसको ताङ्तिङ गाउँको हिमालय मिलन मावि, कक्षा ७ मा पढ्ने केश कुमारी गुरूङ पहिलोपल्ट कम्प्युटरको किबोर्डमा हात राखेर अंग्रेजी तथा नेपाली भाषामा आफ्नो नाम लेख्दै थिइन्। उनी मात्र होइन ६ देखि १० कक्षासम्म पढ्ने धेरैले पहिलो पल्ट कम्प्युटर चलाइरहेका थिए। कम्प्युटरबाट के के काम गर्न सकिन्छ सकिन्छ भन्ने१ विषयमा धेरै विद्यार्थीहरूको उत्सुकता थियो। उनीहरूले कम्प्युटरका विषयमा ठूला ठूला कुरा सुनेपनि वास्तवमै कम्प्युटरले के गर्न सक्छ र के गर्न सक्दैन? भन्नेो विषयमा भने अलमलमा परेका देखिन्थे। केश कुमारीले सरलतापूर्वक सोधिन्, “सर, ठूलो भएर म के बन्छु भन्ने कुरा पनि कम्प्युटरले जान्दछ?”

उनको प्रश्नको जवाफमा “कम्प्युटरले त्यो त थाहा पाउँदैन नानी” भन्न मन लागेन। हामीले जवाफ दियौँ, “ आफू के बन्ने भन्ने कुरा चाहिँ तिमीले आफैँ विचार गर्नु पर्छ, तर तिमीले चाहेको कुरा हासिल गर्न भने कम्प्युटरले सजिलो पार्छ।”

तर त्यति भनेर मात्र पुग्ने थिएन, हामीले त्यसको प्रमाण पनि दिन सक्नुपर्थ्यो र हामीले उनीहरुलाई आफूले लिएर गएका विभिन्न सामग्रीहरू देखाउन थाल्यौं। हामीले भिडियो र तस्वीरहरु देखायौँ, अडियो सुनायौँ र कम्प्युटरका बारेमा उनीहरुको चाख बढाउने प्रयास गर्यौ। उनीहरूले पनि कम्प्युटरलाई कसरी प्रयोग गर्न सकिन्छ, कम्प्युटर सिकेर के फाइदा हुन्छ? यसबाट पढाइ बिग्रन्छ कि पढ्नलाई झन् सजिलो हुन्छ? जस्ता प्रश्नहरू गरे। (more…)

- दीपक अर्याल

विद्यार्थीहरूले के पढ्छन्, के पढ्न मन पराउँछन् वा पढ्न नै मन पराउनन्नन् भन्नेा कुराको जानकारी प्रत्येक शिक्षकले राख्न जरूरी हुन्छ। पाठ्य पुस्तकका एकहोरो सामग्रीहरूलाई विद्यार्थीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने कुरालाई पनि शिक्षकले बाहेक अरू कसैले बुझ्न सक्दैन। त्यसैले पढाउने भनेको पाठ्य पुस्तक पढाउने वा घोकाउने र कक्षा उत्तीर्ण गराउने मात्र होइन बरू विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्ने वा उत्साहित गर्ने पनि हो। के विद्यार्थीहरूलाई अन्य काममा अग्रसर भए जस्तै पढ्ने काममा पनि अग्रसर बनाउन सम्भव छ? त्यसका लागि कुन विधी उपयुक्त हुन सक्छ। उनीहरूलाई पढाइप्रति किन रूचि छैन, हुँदैन वा खास पाठ्य सामग्री वा विषयवस्तुसँग रूचि नभएपनि अन्य विषयसँग रूचि हुन्छ भन्ने कुरा जान्नका लागि लामो अनुसन्धान जरूरी छ। जस्तै कि, चित्र भएका तस्बिरहरू बढी हेर्ने, रमाइला कुराहरू, कथाहरू, कार्टुनहरू, फिल्महरू मात्र पढ्न मन पराउने वा त्यसका कुरा गर्दा खुशी हुने जस्ता विशेषताहरू साना-साना बालबालिकामा मात्र होइन ठूला बच्चाहरूमा पनि भएको देखिन्छ। त्यसमाथि आफ्नो टोल-छिमेकको, आफ्नो धर्म संस्कृति तथा सामाजिक परिवेशका घटना, कथा वा सामग्रीहरू पढ्ने रूचि पनि बढी रहेको पाइन्छ। (more…)

रूपा जोशी (हिमाल खबरपत्रिका)

हरियाली, बिजुली र पानी हेर्न-खेल्न नपाएर रुखिएको मेरो मन पाल्पाको उत्तर पश्चिमी कुनोको अर्गली गाउँ पुगेपछि तृप्त भयो। आँखालाई त्यहाँको हरियालीले मुग्ध पार्योल। जताततै हरियाली छाएको, चाहे त्यो डाँडाको घनाजङ्गल होस्; गाउँभरि छरिएका एकदमै ठूला आँप र पीपलका बोट हुन् वा विभिन्न अन्न र तरकारी बालीले सजिएका खेतबारीका गह्रा र पाटा। ती तरेली परेका खेतबारी हेर्दा कुनै चित्रकारले एउटा ठूलो कुची लिएर विभिन्न थरीको हरियो रङ पोते जस्तो लाग्दथ्यो― कतै आलुका बोटको गाढा हरियो, कतै गहुँबालीको अलि हलुका हरियो त कतै बन्दकोबीको अझै फुस्रो हरियो, अनि कतै कतै उट्पट्याङ रङ छर्किए जस्तै तोरीबारीको पहेँलो धर्सो! फेरि ती हरिया-पहेँला खेतका बीचमा, सानो नदी बगे सरी नागवेली पारेर खेतका आली च्याप्दै बनाइएको चेप्टो सिमेन्टको गोरेटो! कति जानेको!! (more…)

- अभि सुवेदी

अन्धकार रात। पाल्पा सहर निदाएको मात्र छ। अकस्मात् बिजुलीका चिरा उड्छन् त्यो पुरानो सहरको आकाशमा। तलतिर राणाले बनाएको पाल्पा दरबार छ। कवि एकनारायण पौड्यालका शब्दमा त्यहाँ ‘बद्री, खड्ग, प्रताप शमशेरका आत्माहरू’ त्यो रात आन्दोलित भएर उठ्छन्। डिलमाथिबाट बम गोलाहरू प्रशासकीय थलो त्यो राणादरबारमाथि बर्सिन्छन्। सायद यो पाल्पाको एउटा अकिञ्चन सिंहदरबार थियो जो अनेकौं पटक जीवन, समय र समाजभन्दा ठूला अनिशक्तिको उन्माद भएका सपनाहरू लिएर बस्ने राणाहरूको घर भएको थियो। त्यो अन्ठाउन्न साल माघ १९ को रात। माओवादी छापामारले हमला गरेको रात। (more…)

- डा. तारानाथ शर्मा

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए । हो, म यिनै गोडाका भरमा उभिएर रोम, ताइपेइ र न्यूयोर्क घुमेको छु, यिनै गोडाले गाडीको पाउदान थिचेर डयालसको, शिकागोको र एघार हजार फुटको उचाइमा स्थित रकी पर्वतमालाभित्र आइसन्हावर सुरुङको छाती चिर्दै हुँइकिएको छु र यिनै गोडाका आडमा विस्कान्सिन विश्वविद्यालयका अध्यक्षबाट पीएचडी उपाधि प्राप्त गर्न औपचारिक शिरपोस र कोटमा सगर्व हिँडेको छु अनि मदन पुरस्कारद्वारा विभूषित हुन रानी जगदम्बाकुमारी राणाका अगाडि उभिएको छु ।
(more…)

-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ। त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट। कुरा यहीनेरबाट शुरु गरौं। लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ। परैबाट सजिलै देखिने फिरिक्क परेको। शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ। त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो। (more…)

- दीपक अर्याल

गोसाइँकुण्ड

गोसाइँकुण्ड

स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् र खच्चडको सहाराले उकालो लाग्छन्- लाङटाङ, क्यान्जिङ वा ठुलो श्याप्रुतिर।

हामी ५ जनाको समूह स्याप्रुवेशी (१४६२ मि.)को लाङटाङ भ्यू होटलदेखि हिड्न शुरू गर्छौं। झम-झम पानी परिरहेको छ। रेनकोटले माथिको भाग ढाक्छ तर ठूलो झोला भएका कारणले सबैकुरा ढाक्न सम्भव छैन।लाङटाङ खोलालाई पछ्याउँदै हामी उकालो चढ्न शुरू गर्छौं।हिडाइको गति सन्तोषजनक छैन।बाटोमा जुका लाग्ला भन्‍ने अनुमान थियो तर त्यति धेरै जुका भेटिएन।केही उकालो चढेर आराम गर्दा ठूलो स्याप्रुबाट झरेका ७० वर्षीय वृद्ध देखा परे। कम्मरमा खुकुरी भिरेका तथा परम्परागत हिमाली पोशाकमा सजिएका उनीसँग हामी केही समय भलाकुसारी गर्छौं। हामीले हामीसँग भएको चुरोट त दिन्छौं तर चुरोट सल्काउने साधन दिन सक्दैनौं।हामीले उनको खुट्टामा जुका रहेको जानकारी दिन्छौं; उनी दापबाट खुकुरी निकालेर खुकुरीका सहाराले रगत र जुका दुवै सोहोर्छन् र फाल्छन्।केही समय गफ गरेपछि हामी विदा हुन्छौं।हामी उभो लाग्छौं भने उनी उदो। (more…)

थानकोटबाट चित्लाङतर्फ लाग्ने उकालो मोटरबाटो। त्यसो त काठमाडौं छिर्ने ऐतिहासिक बाटोको अस्तित्व पनि बाँकी नै छ जसबाट हिड्दा यो मोटरेबाटो भन्दा छिटो हुन्छ।

थानकोटबाट चित्लाङतर्फ लाग्ने उकालो मोटरबाटो। त्यसो त काठमाडौं छिर्ने ऐतिहासिक बाटोको अस्तित्व पनि बाँकी नै छ जसबाट हिड्दा यो मोटरेबाटो भन्दा छिटो हुन्छ।

(more…)

Ranimahal

Ranimahal

(more…)

तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।

आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन? (more…)