त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)
धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु [...]

पानी मरुवा पाल्पालीहरू : कपुर ज्ञवाली

दृष्टि साप्ताहिकमा प्रकाशित यस लेखमा कतिपय नामहरू अशुद्ध रहेका छन् भने ऋषिकेष शाह, राजेश हमाल, धिरेन्द्र शाक्य, देव राना, गुरूप्रसाद मैनाली, चुडामणि बन्धु, हिरामणी शर्मा, दर्लामी मास्टर, ह्रृदयस त्रिपाठी, डा भवेश्वर पंगेनी, काली प्रसाद रिजाल लगायत पाल्पासँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने अन्य थुप्रै व्यक्तिहरूको नाम छुटेको छन्। एउटा लेखमा सबै कुराहरू समावेश गर्न पनि [...]

ओके बाजे र पाल्पा : अगनसिंह थापा

2007-12-01,Saturday, नयाँ पत्रिका दैनिकबाट साभार
बुद्ध बोधगया गए, संसारले ज्ञान पायो। मदरटेरेसा कोलकाता आइन्, मानिसले सेवा, करुणा र सहयोग पाए। मार्क्सले मातृमुलुक छाडे, विश्वले एउटा नयाँ दर्शन पायो। जापानका काजुमासा काकिमी (६७) अर्थात् ‘ओके बाजे‘ नेपाल आएको चाहिँ पूर्वी पाल्पाको दुर्गम गाउँका गरिब गाउँलेको मद्दतका लागि रहेछ। नत्र तिनको शिक्षा, स्वास्थ्य र खानेपानीसम्बन्धी विविध समस्या हल [...]

धर्मयुद्ध खण्डकाव्यको विमोचन

पाल्पाली कवि डिल्लीराज अर्यालको नयाँ पुस्तक ‘धर्मुयुद्ध‘ विमोचित भई बजारमा आएको छ। नेपालमै जान्छु म, सरिता, रहस्य, रातमा सूर्य दिनमा तारा, ठूले राई/भन्नै पर्यो सुन्नै पर्यो, घोल्कीमा बस्ने रहर जस्ता पुस्तकहरू पश्चात् यो नयाँ खण्डकाब्य प्रकाशित भएको छ। ‘जयदीप फाउण्डेशन‘ बाट प्रकाशित यस पुस्तकको मुल्य रू ५० रहेको छ भने पुस्तकको भूमिका राष्ट्रकवि माधव प्रसाद [...]

जयदीपको सम्झनामा : दीपक अर्याल

फेरि त्यहीँ कालो दिन, फेरि त्यहीँ कहाली लाग्दो सत्यता र कहाली लाग्दो सम्झना। फागुन ९। जिन्दगीका केही अभिशप्त दिनहरूमध्येको सबैभन्दा अभिशप्त दिन। करिब ५ बजे, अफिसबाट घरजाने तयारीमा थिएँ। अचानक रमेशको मोबाइल बज्छ र जयदीप एक्सिडेन्टमा परेको खबर हुन्छ पाल्पाबाट। कम्युटरमा टाइप गर्दा गर्दैका हातहरू चल्न छाड्छन्। मन ढुक्क फुल्छ। जताततै अँध्यारो, सन्नाटा र स्थिर [...]

जयदीप हामी माझमै छ : विष्णु अधिकारी

ख्यालख्यालमै एकवर्ष वितेछ। हुन त यस्ता वर्षहरू यस भन्दा पहिले पनि धेरै पल्ट विते जीवनमा। कति खु:शीमा विते होलान्, कति दु:खमा, त्यसलाई सम्झनु र उप्काउनुको कुनै अर्थ छैन। त्यसको लेखाजोखा ऐले नगरौं। किन भने जीवनभर दुख्‍नका लागि एउटा घाउ नै काफी हुने रहेछ, अनि जीवन भर सम्झनका लागि केही हाँसो र खुशी नै काफी रहेछ। [...]

Remembering You : Anjan Ale

“Uwhaa..! Uwhaaa…!!” This sweet and lovely sound broke my deep sleep while my niece screamed on a very early morning a couple of days back. She is just three-months old. As others just born baby, her cry was obvious. Most of the times there are my brother and ‘bhaujoo’ to look after her and sometime [...]

यो सम्झने मन छ, म बिर्सु कसोरी? : दीपक अर्याल

Deepak Aryal,August 12, Patauli township, Kolkata, India

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर
हिजो राति पटक्कै निद्रा लाग्दैन। करिब १२ बजेको छ, तर जता पल्टिए पनि र गर्मीका कारण जति नै पटक नुहाए पनि मलाई एउटै दृश्यले लखेटिरहन्छ, लखेटिरहन्छ। कलकत्ताको यो गर्मी ठाउँ निदाउन खोज्छु, तर निदाउन सक्दिन। पल्लो कोठामा मार्टिन (मूल घर अर्जेन्टिना भए पनि [...]

ओरालो बाटो तिर लम्कदै छ ‘तानसेन’

तस्बीर सौजन्य: रमेश कार्की
- दीपक अर्याल,
16th August, 2007, Kolkata
मलाई प्रष्टसँग थाहा छ, यो लेख पढेपछि कतिपय पाल्पालीहरूले मलाई गाली गर्नेछन्। त्यसो त कतिपयले ठीकै हो पनि भन्‍लान्। मलाई व्यक्तिगत रूपमा कुनै व्यक्तिको वा कुनै विशेष ठाउँका वासिन्दाहरूलाई लिएर उनीहरूको संवेदनशीलतामा प्रहार गर्ने अधिकार छैन। तथापि, जताततै आलोचना गर्ने बानी परेकाले होला नराम्रा कुरा देखेमा त्यसका [...]

जयदीपलाई सम्झँदा

आफ्नै मुडमा जयदीप
- दिनेश विष्ट
केही दिन अघि देखि अनौठो सपना देख्दै आएको थिएँ। विज्ञानको विद्यार्थी भएर होला सपनाको बारेमा झट्ट विश्वास त लाग्दैनथ्यो र लाग्दैन पनि तर अनौठो सपना त्यो पनि दिनहुँ देखिरहँदा मलाई एकै पटक आशंका, डर तथा कौतुहलताको अनुभव भइरहेको थियो। झण्डै तीन महिना अगाडि पनि त्यस्तै प्रकारको सपना [...]

मेरो नजरमा ‘जयदीप’

सफ्टवेयर फ्रिडम डे का दिन हस्ताक्षर गर्दै जयदीप
– दीपक अर्याल
जयदीपलाई कहाँ, कुन मोडमा पहिलोपटक भेटें भन्‍ने कुराको सम्झना छैन। हाल आएर जति सम्झन खोज्दा पनि सम्झन सकेको छैन। तर, शुरूका केही क्षणहरूको सम्झना छ जहाँ उसले [...]

हार्दिक श्रद्धाञ्जली

अरू केही लेख्‍न सक्दैनौं। हाललाई हामीहरू सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली मात्र।