श्रीनगरमा भ्यू टावर बन्‍ने

यज्ञमूर्ति तिमिल्सिना
पर्यटन वर्ष सन् २०११ लाई लक्ष्य बनाएर तानसेनको श्रीनगरडाँडामा भ्यूटावर निर्माण हुने भएको छ।
विश्वभरी नै परिचित पाल्पाली करूवाको स्वरूपमा निर्माण गर्न लागि उक्त भ्यू टावर १ सय फिटको उचाई रहने निर्माण समितिका संयोजक केशव पौडेलले जानकारी दिए।
शिक्षा स्वास्थ्य पर्यटन र कुटीर उद्योगको नारा बोकेको पाल्पालाई थप पर्यटकीय गन्तव्य बनाई जिल्लाको आन्तरीक तथा बाह्य पर्यटनमा [...]

Visit Ranighat (Ranimahal) : रानीघाट भ्रमण

जाबो दरबार, भान्छे र पियनको दरबार : डिल्लीराज अर्याल

पहिले पहिले देशबन्धुको मनमा अचम्मको उत्कण्ठा जाग्ने गर्थ्यो। जताजता घुम्न पाइन्छ त्यतै त्यतै घुम्न जाने र घुम्दा देखे, सुनेका कुरामा तर्क गर्ने, नजानेका कुरामा जिज्ञासा पोख्ने जस्ता विषयमा उकत्ण्ठा हने गर्थ्यो। देशभित्र मात्र होइन, विदेश घुम्ने रहर पनि हुन्थ्यो। उसको त्यो रहर राम्ररी ती उत्कण्ठा कहिल्यै पूरा हुन पाएनन्। रहर पूरा गर्न नपाउनुको कारण उसलाई [...]

विश्वास गर दशैं आउँछ : डिल्लीराज अर्याल

तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?

Bhagwati Jatra and Tansen -2008

पाल्पा विगत र वर्तमान ( Palpa : Past and Present)

समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग [...]

पाल्पा तानसेन दरबार ( Palpa Tansen Palace )

पाल्पा दरबार आफैमा ऐतिहासिक धरोहर थियो। त्यसबाहेक पनि, तानसेन बजारलाई श्रीनगरबाट हेर्दा आकर्षित गर्ने मानवनिर्मित पहिचान थियो यो दरबार। टुँडिखेल, विहानपख देखिने माडीको हुस्सुसहितको कुहिरो र उत्तरतर्फको हिमाली दृश्य बाहेक पाल्पालाई रानीघाट दरबार र तानसेन दरबारले चिनाउने गर्दथ्यो। तर, यो दरबार तानसेनको लागि इतिहास बनेर मासिइसकेको छ। यसपटकको पाल्पा भ्रमणका क्रममा दरबार पुनर्निर्माण गर्नका [...]

पाल्पा तानसेन विगत र वर्तमान ( Palpa tansen : Past and Present)

नारायणस्थानको मन्दिर (पहिले)

नारायणस्थानको मन्दिर (अहिले)

सत्र सय पचास परेको ढुकुर : डिल्लीराज अर्याल

मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त ‘निजामती सेवामा जान जाती हुन्छ ‘भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको [...]

त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)
धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु [...]

पानी मरुवा पाल्पालीहरू : कपुर ज्ञवाली

दृष्टि साप्ताहिकमा प्रकाशित यस लेखमा कतिपय नामहरू अशुद्ध रहेका छन् भने ऋषिकेष शाह, राजेश हमाल, धिरेन्द्र शाक्य, देव राना, गुरूप्रसाद मैनाली, चुडामणि बन्धु, हिरामणी शर्मा, दर्लामी मास्टर, ह्रृदयस त्रिपाठी, डा भवेश्वर पंगेनी, काली प्रसाद रिजाल लगायत पाल्पासँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने अन्य थुप्रै व्यक्तिहरूको नाम छुटेको छन्। एउटा लेखमा सबै कुराहरू समावेश गर्न पनि [...]

ओके बाजे र पाल्पा : अगनसिंह थापा

2007-12-01,Saturday, नयाँ पत्रिका दैनिकबाट साभार
बुद्ध बोधगया गए, संसारले ज्ञान पायो। मदरटेरेसा कोलकाता आइन्, मानिसले सेवा, करुणा र सहयोग पाए। मार्क्सले मातृमुलुक छाडे, विश्वले एउटा नयाँ दर्शन पायो। जापानका काजुमासा काकिमी (६७) अर्थात् ‘ओके बाजे‘ नेपाल आएको चाहिँ पूर्वी पाल्पाको दुर्गम गाउँका गरिब गाउँलेको मद्दतका लागि रहेछ। नत्र तिनको शिक्षा, स्वास्थ्य र खानेपानीसम्बन्धी विविध समस्या हल [...]