मसलाको बोट : कमल दीक्षित

निबन्ध लेख्‍नलाई मलाई विषय चाहिन्छ।विषय नचाहिने त कल्लाई होला र निबन्ध लेख्दा।तर मलाई चाहिं खाश ‘सब्जेक्ट’’नै चाहिन्छ, विशेषाङ्कहरूको किटिएको विषय, त्यसमाथि सम्पादकहरूले घरी घरी घच्घच्याइराख्‍नु पर्छ अनि निबन्ध जन्मन्छ मेरो।यस पालिको धर्मसंकटमा मैले यी कुनै सुविधा पाइन।सम्पादकले विषय पनि दिएनन्, ताकिता गर्ने पनि कोही भएनन्।विषयै नभई निबन्ध लेख्‍न सक्ने बहादुरहरू हाम्रोमा नभएका होइनन्।कवि-गुरु देवकोटाले मसलाको [...]

Surrounding Kathmandu Valley

के कोइराला परिवारले ‘रेणु’लाई सम्झेको छ?

कतिपय पुराना मान्छे भन्छन्, बीपी ‘बीपी’ बन्नमा ‘देवेन्द्र’, ‘फणीश्वर नाथ रेणु’ ‘भोला चटर्जी’को हात छ, त्यसो त यसै भनाईलाई ठीक उल्टो गरि पनि भन्न सकिएला र बीपीको योगदानका वारेमा चर्चा गर्न सकिएला। जे होस्, यहाँ चर्चा गर्न लागिएका पात्र हुन् “फणीश्वर नाथ रेणु” को हो। रेणु र बीपी दुई साथी, दाजुभाइ, क्रान्तिकारी, योद्धा र लेखक [...]

विश्वास गर दशैं आउँछ : डिल्लीराज अर्याल

तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?

महाभारतका सन्देशहरू र आजको यथार्थ : डिल्लीराज अर्याल

मान्छेहरूले जतिसुकै पुस्तक पढेपनि सबै पुस्तकले उत्तिकै प्रभाव पार्न नसकेको र केही पुस्तकले मात्र प्रभाव पार्न सकेको कुरा गर्छन्। यसरी पढेर प्रभाव पारेका पुस्तकहरूको चर्चा गर्दा रामायण र महाभारतको चर्चा गर्न उपयुक्त ठान्दछु। हुन पनि मैले पाठ्य पुस्तकभन्दा बाहिरका सबैभन्दा पहिले पढेका पुस्तक तिनै हुन् र तिनको छाप अहिले पनि छँदैछ। जब हामी दाजुभाइ बसेर [...]

पाल्पा विगत र वर्तमान ( Palpa : Past and Present)

समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग [...]

सत्र सय पचास परेको ढुकुर : डिल्लीराज अर्याल

मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त ‘निजामती सेवामा जान जाती हुन्छ ‘भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको [...]

त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)
धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु [...]

आमा गुमाएको आमा समूह र लान्द्रुक : डिल्लीराज अर्याल

टाढैबाट भएपनि मोदी खोलाको पारि पाखाको रमणीय दृश्य हेर्दै हेर्दै हामी लान्द्रुक पुग्यौं। १६१० मीटर उचाइमा अवस्थित लान्द्रुक पुग्दा दिनको पौने तीन बजेको थियो। आकाश उघ्रेकै त थिएन तैपनि पानी रोकिएको थियो। हिमालको नजिकै पुगे पनि कतै देखिएको थिएन। बरु लान्द्रुककै माथिल्लो भागतिरको घना जङ्गलले मन लोभ्याएको थियो।

पाल्पा र पर्यटनको लुकामारी : विनय कसजू

सिद्धार्थ राजमार्गको तानसेन र बुटवलको बीचमा पर्ने कालिमाटीको ठीक पारीपट्टि खोलापारिको डाँडामा हरियो वनको माझमा अचेल एउटा रमाइलो बस्ती देखिन थालेको छ। वनभित्र पर्यटक बस्ने घर र वनमा घुम्नका लागि घोडाहरु राजमार्गबाटै देखिन्छन्। अनि राजमार्गको छेउको संकेत पाटीले त्यो नयाँ रिसोर्ट (रमाइलो विश्रामस्थल) को परिचय गराउँछ : गोर्खा गाउँ हर्स स्टेबल्स, मदनपोखरा-४, कालिमाटी, पाल्पा। टाढाबाट [...]

जयदीपको सम्झनामा : दीपक अर्याल

फेरि त्यहीँ कालो दिन, फेरि त्यहीँ कहाली लाग्दो सत्यता र कहाली लाग्दो सम्झना। फागुन ९। जिन्दगीका केही अभिशप्त दिनहरूमध्येको सबैभन्दा अभिशप्त दिन। करिब ५ बजे, अफिसबाट घरजाने तयारीमा थिएँ। अचानक रमेशको मोबाइल बज्छ र जयदीप एक्सिडेन्टमा परेको खबर हुन्छ पाल्पाबाट। कम्युटरमा टाइप गर्दा गर्दैका हातहरू चल्न छाड्छन्। मन ढुक्क फुल्छ। जताततै अँध्यारो, सन्नाटा र स्थिर [...]

जयदीप हामी माझमै छ : विष्णु अधिकारी

ख्यालख्यालमै एकवर्ष वितेछ। हुन त यस्ता वर्षहरू यस भन्दा पहिले पनि धेरै पल्ट विते जीवनमा। कति खु:शीमा विते होलान्, कति दु:खमा, त्यसलाई सम्झनु र उप्काउनुको कुनै अर्थ छैन। त्यसको लेखाजोखा ऐले नगरौं। किन भने जीवनभर दुख्‍नका लागि एउटा घाउ नै काफी हुने रहेछ, अनि जीवन भर सम्झनका लागि केही हाँसो र खुशी नै काफी रहेछ। [...]