Posted on October 9, 2009 by palpatansen
निबन्ध लेख्नलाई मलाई विषय चाहिन्छ।विषय नचाहिने त कल्लाई होला र निबन्ध लेख्दा।तर मलाई चाहिं खाश ‘सब्जेक्ट’’नै चाहिन्छ, विशेषाङ्कहरूको किटिएको विषय, त्यसमाथि सम्पादकहरूले घरी घरी घच्घच्याइराख्नु पर्छ अनि निबन्ध जन्मन्छ मेरो।यस पालिको धर्मसंकटमा मैले यी कुनै सुविधा पाइन।सम्पादकले विषय पनि दिएनन्, ताकिता गर्ने पनि कोही भएनन्।विषयै नभई निबन्ध लेख्न सक्ने बहादुरहरू हाम्रोमा नभएका होइनन्।कवि-गुरु देवकोटाले मसलाको [...]
Filed under: Literature, Memory, Personality | Leave a Comment »
Posted on September 1, 2009 by palpatansen
डिल्लीराज अर्याल
१ विश्वास गर दशैं आउँछ
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?
आमा तपाईं त भन्नुहुन्थ्यो
सबै बारी जोतेर रातै बनाएपछि
घर आँगन लिपेर सफा गराएपछि
बाटाघाटा खनेर राम्रा बनाएपछि
आकाशमा मालचरा आउँछन्
कर्याङ कुरुङको आवाजमा दशैं [...]
Filed under: DR Aryal, Literature | Leave a Comment »
Posted on October 20, 2008 by palpatansen
तपाईंको र मेरो भेट भएको छैन। म एकातिर छु तपाईं अर्कातिर। कोण फरक छ, दृष्टिकोण फरक छ। भेटघाट हुनुपर्ने हो तर भेट भए पनि घाट भएको छैन। घाट भैहालेछ भने पनि भेट हुनेछैन। भेटघाटको आधा मात्रै हुने गरेको छ।
तपार्इंलाई देख्न मन लाग्छ। यसो हेर्छु तर देख्दिनँ। हुनत देखभाल गर्नुपर्ने हो तर भाल हुन्छ, देख हुन्न। [...]
Filed under: Articles, DR Aryal, Literature, Philosophy | Leave a Comment »
Posted on October 8, 2008 by palpatansen
पहिले पहिले देशबन्धुको मनमा अचम्मको उत्कण्ठा जाग्ने गर्थ्यो। जताजता घुम्न पाइन्छ त्यतै त्यतै घुम्न जाने र घुम्दा देखे, सुनेका कुरामा तर्क गर्ने, नजानेका कुरामा जिज्ञासा पोख्ने जस्ता विषयमा उकत्ण्ठा हने गर्थ्यो। देशभित्र मात्र होइन, विदेश घुम्ने रहर पनि हुन्थ्यो। उसको त्यो रहर राम्ररी ती उत्कण्ठा कहिल्यै पूरा हुन पाएनन्। रहर पूरा गर्न नपाउनुको कारण उसलाई [...]
Filed under: Articles, DR Aryal, Literature, Palpa | Leave a Comment »
Posted on September 24, 2008 by palpatansen
तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?
Filed under: Culture, DR Aryal, Literature, Memory, Nepal, Palpa, Place, Plant and Pictures | Tagged: Culture, Dashain, Nepal, Palpa, Tansen | 4 Comments »
Posted on September 16, 2008 by palpatansen
पोखराको छाती निचोरेर निस्केको
दूध जस्तो सेतो जलमा
जब मेरो मन जान्छ
सेती नदीका किनारामा,
पोखराको बीच बजारमा उभिएर
त्यसलाई हेर्न चाहने मेरा आँखा
काखे बालकका झैं बन्न पुग्छन्।
Filed under: DR Aryal, Literature, Place, Pokhara | Leave a Comment »