यो सम्झने मन छ, म बिर्सु कसोरी? : दीपक अर्याल

Deepak Aryal,August 12, Patauli township, Kolkata, India

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर
हिजो राति पटक्कै निद्रा लाग्दैन। करिब १२ बजेको छ, तर जता पल्टिए पनि र गर्मीका कारण जति नै पटक नुहाए पनि मलाई एउटै दृश्यले लखेटिरहन्छ, लखेटिरहन्छ। कलकत्ताको यो गर्मी ठाउँ निदाउन खोज्छु, तर निदाउन सक्दिन। पल्लो कोठामा मार्टिन (मूल घर अर्जेन्टिना भए पनि हाल फ्रान्सबाट यहाँ कलकत्ता आएको छ र मसँग एउटै फ्ल्याटमा बसेको छ।) पढिरहेको छ। हिजो, शायद, मैले मेरो जीवनका सम्झन मिल्ने सबै कुरा सम्झिएँ होला। सबैभन्दा सानो उमेरको जे सम्झन्छु त्यहाँदेखि हालसम्मका सबै – सबै कुराहरू। तर, सबै भन्दा दु:खी एउटै कुराले बनाइरहेको छ र एउटै कुराले बारम्बार पछ्याइरहेको छ तथा मलाई निदाउन दिइरहेको छैन। Continue reading

जयदीपलाई सम्झँदा


आफ्नै मुडमा जयदीप

- दिनेश विष्ट

केही दिन अघि देखि अनौठो सपना देख्दै आएको थिएँ। विज्ञानको विद्यार्थी भएर होला सपनाको बारेमा झट्ट विश्वास त लाग्दैनथ्यो र लाग्दैन पनि तर अनौठो सपना त्यो पनि दिनहुँ देखिरहँदा मलाई एकै पटक आशंका, डर तथा कौतुहलताको अनुभव भइरहेको थियो। झण्डै तीन महिना अगाडि पनि त्यस्तै प्रकारको सपना दैनिक देख्दा-देख्दै बुवाको सितल छहारी सदाका लागि चँडिएर गएको थियो। त्यो याद ताजै रहिरहेकोले पनि होला उस्तै प्रकृति र विषयवस्तुमा आधारित सपनाको परिणाम पनि कतै दर्दनाक त हुने होइन भनेर आशंका गरिरहेको थिएँ।

Continue reading

मेरो नजरमा ‘जयदीप’

सफ्टवेयर फ्रिडम डे का दिन हस्ताक्षर गर्दै जयदीप
– दीपक अर्याल

जयदीपलाई कहाँ, कुन मोडमा पहिलोपटक भेटें भन्‍ने कुराको सम्झना छैन। हाल आएर जति सम्झन खोज्दा पनि सम्झन सकेको छैन। तर, शुरूका केही क्षणहरूको सम्झना छ जहाँ उसले एक जना केटीलाई मन पराएको थियो र यो कुरा मैले थाहा पाएको थिएँ। मन पराइको हद कति थियो र अन्य प्रगति के भयो त्यसको साक्षी भने म हुन सकिन। धेरै साथीहरूको भनाइ थियो, होस्टलमा बस्नु नै जयदीपका लागि सबैभन्दा ठूलो दुर्भाग्य थियो। यसका बारेमा मलाई धेरै कुराहरू थाहा छैन, अन्य साथीहरूले नै भन्‍न सक्लान् अझ होस्टलमा सँगै बस्ने साथीहरूले।
Continue reading