बेडुलो, दर्शन र बुद्धत्व : डिल्लीराज अर्याल

हाम्रा गाउँघरतिर दशैं तिहारका वेला घर-गोठ र बाटाघाटाहरू सिंगार्ने परम्परा पुरानो हो। धेरैजसो गाउँ र शहरमा यो परम्परा अद्यापि छ तर यसको पूर्वस्वरूप र त्यसमा अन्तर्निहित आस्था र विश्वासमा भने परिवर्तन आएको छ। घर-गोठलाई पवित्र र सुन्दर बनाएर धार्मिक एवं साँस्कृतिक पर्वहरू मनाउने, पूजा-आराधना गर्ने, परम्परामा फरक रूप देखिए पनि सिङ्गै रूपरेखा भने बदलिएको छैन।
मैले [...]