माओवादीलाई प्रधानसेनापति कटुवालले लगाएको गुन

- दीपक अर्याल
माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले कम्युनिष्ट [...]