राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।
बीपीका यी विचार र [...]

के कोइराला परिवारले ‘रेणु’लाई सम्झेको छ?

कतिपय पुराना मान्छे भन्छन्, बीपी ‘बीपी’ बन्नमा ‘देवेन्द्र’, ‘फणीश्वर नाथ रेणु’ ‘भोला चटर्जी’को हात छ, त्यसो त यसै भनाईलाई ठीक उल्टो गरि पनि भन्न सकिएला र बीपीको योगदानका वारेमा चर्चा गर्न सकिएला। जे होस्, यहाँ चर्चा गर्न लागिएका पात्र हुन् “फणीश्वर नाथ रेणु” को हो। रेणु र बीपी दुई साथी, दाजुभाइ, क्रान्तिकारी, योद्धा र लेखक [...]

असली राष्ट्र निर्माता

विहान अफिस जानेबेलामा हिमालयन होटलको सानो उकालो चढेपछि एउटा समूह निरन्तर भेट हुन्छ। कालीमाटीबाट तरकारी र फलफुल लिएर व्यापारमा हिडेका सबैजना पुल्चोक क्याम्पसको छेउमा केहीवेर सुस्ताउँछन्। म उनीहरूलाई निरन्तर भेट्छु र उनीहरू मलाई। मैले उनीहरूको समूहलाई चिनेपनि उनीहरूले मलाई चिन्ने कुरा हुँदैन। केही समयदेखि उनीहरूको फोटो लिन्छु भन्ने सोचेको थिएँ। तर, धेरै कुराले मिलेको थिएन। [...]