Posted on April 19, 2007 by palpatansen
मिर्मि स्थित कालीगण्डकी ‘ए’ प्रोजेक्टको ड्याम
- डिल्लीराज अर्याल
मान्छेका अनेकौं रहर हुने गरे पनि सबै रहरलाई भन्दा घुम्ने रहरलाई प्राथमिकता दिनेहरूले यात्राले ज्ञान, मनोरञ्जन र चलाखी दिने दाबी गर्छन् र भएका पैसा बोकेर वा रहर मात्र बोकेर पनि घुम्न निस्कन्छन्। आफू घुम्न निस्कँदा साथीभाइलाई गुहार्ने र सरसापट खोज्ने वा जान्ने सुन्ने भए संरक्षक बनेर अर्कैका धनमा [...]
Filed under: Articles, DR Aryal, Memory, Shyangja | 3 Comments »
Posted on April 19, 2007 by palpatansen
उत्तरतिर नजिकमा माडी फाँट र त्यसलाई अविरल रुपमा सिञ्चन गर्दै र बेलावेलामा पाँगो भरेर उर्बर बनाउने नदीहरू देखिने मेरो जन्मस्थल प्राकृतिक दृष्टिले मनोरम छ। नजिकका दृश्यहरूमा माडीफाँटका वरिपरि उठेका डाँडापाखा र तिनका बीचबीचमा बसेका सुन्दर गाउँबस्ती, उत्तरतिर तानसेन, पूर्वतिर आर्यभञ्याङ आदि शहर बजारको रमाइलो पनि देखिन्छ। हिमश्रृङ्खलाको रमाइलो त भन्नै पर्दैन। नीलगिरी, धवलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण [...]
Filed under: Articles, Culture, DR Aryal, Madanpokhara, Memory, Nepal, Palpa, Place, rural custom | Leave a Comment »
Posted on April 6, 2007 by palpatansen
आफ्नै मुडमा जयदीप
- दिनेश विष्ट
केही दिन अघि देखि अनौठो सपना देख्दै आएको थिएँ। विज्ञानको विद्यार्थी भएर होला सपनाको बारेमा झट्ट विश्वास त लाग्दैनथ्यो र लाग्दैन पनि तर अनौठो सपना त्यो पनि दिनहुँ देखिरहँदा मलाई एकै पटक आशंका, डर तथा कौतुहलताको अनुभव भइरहेको थियो। झण्डै तीन महिना अगाडि पनि त्यस्तै प्रकारको सपना [...]
Filed under: Jayadeep, Palpali, Uncategorized | 1 Comment »
Posted on April 6, 2007 by palpatansen
पाल्पाको पश्चिमी क्षेत्रतिर घुम्ने निकै लामो समयदेखिको मेरो मनमा रहेको लालसाले मूर्तरूप पाएको छैन। कुनै खास काम नपरी नहिड्ने औसत नेपाली किसानको स्वभाव मेरो पनि छ। म आफूलाई किसान भन्न रुचाउँछु। मेरो खेतबारी छैन र सुकुम्बासी नै हुँ भन्न मिल्ने स्थिति पनि छैन तर पनि म किसान भनिन सङ्कोच मान्दिन। आफ्नो बाल्यकालदेखि नै मैले खेतबारीका [...]
Filed under: Articles, DR Aryal, Memory, Nepal, Palpa, Place, rural custom | Leave a Comment »