महाभारतका सन्देशहरू र आजको यथार्थ : डिल्लीराज अर्याल

मान्छेहरूले जतिसुकै पुस्तक पढेपनि सबै पुस्तकले उत्तिकै प्रभाव पार्न नसकेको र केही पुस्तकले मात्र प्रभाव पार्न सकेको कुरा गर्छन्। यसरी पढेर प्रभाव पारेका पुस्तकहरूको चर्चा गर्दा रामायण र महाभारतको चर्चा गर्न उपयुक्त ठान्दछु। हुन पनि मैले पाठ्य पुस्तकभन्दा बाहिरका सबैभन्दा पहिले पढेका पुस्तक तिनै हुन् र तिनको छाप अहिले पनि छँदैछ। जब हामी दाजुभाइ बसेर पढ्न थाल्थ्यौं, बुबाले ल कसले राम्ररी पढ्ने? कसले नबिराएर भन्ने? कसले कति ठाउँमा बिराउँदो रहेछ? जस्ता प्रतिष्पर्धात्मक भावना जगाउने खालका कुराले हामीलाई उत्तेजित र उत्साहित बनाउनुहुन्थ्यो। हामीले एक अर्काको गल्ती हेर्ने र सच्याउने प्रतिष्पर्धामा खुब पढ्थ्यौं। फलस्वरुप हाम्रो वाचनकला राम्रो हुँदै गयो। Read more »

पाल्पा विगत र वर्तमान ( Palpa : Past and Present)

समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग भिन्‍न-भिन्न पाल्पालाई प्रस्तुत गर्ने मात्र हो। यसै सन्दर्भमा यी तस्बीरहरू राखेका छौं। पुर्खा र पुर्खाको ठाउँलाई संसारको जुनसुकै कुनामा बसेपनि सम्झनु पर्छ भन्‍ने मान्यताका साथ तस्बीर राख्‍ने शुरूवात मात्र गरेका हौं। भविष्यमा अन्य तस्बीरहरू पनि राख्‍दै जानेछौं। यहाँहरूको माया, सुझाव र प्रतिकृयाको सदैव अपेक्षा गरिरहेका छौं। Read more »

Surrounding Chandragiri : Sajan Subedi

Kathmandu valley in grayscale

One of the most beautiful place around Kathmandu, a green bifurcate hill standing up to 2250 m, the third highest hill surrounding the magical Kathmandu Valley, rich vegetation, rich fauna, a small peace of paradise; I think these words alone are not enough to describe Chandragiri hill. Historically also, this place is much renowned as the place from where Prithvi Narayan Shah first saw Kathmandu and grow the ‘greed’ to rule the valley one day (greed is only my personal opinion and it has nothing to do with any political movement and thought). Read more »

From Kathmandu to Kharidhunga : On the edge of Sunkoshi

काठमाडौंदेखि खरिढुङ्गासम्म सुनकोशीको तिरै तिर

तस्बीर: साजन/निराजन सुवेदी

पाँचखाल उपत्यका जहाँबाट काठमाडौंका लागि सबैभन्दा बढी तरकारी तथा दुधको आपुर्ति हुन्छ। Read more »

पाल्पा तानसेन दरबार ( Palpa Tansen Palace )

पाल्पा दरबार आफैमा ऐतिहासिक धरोहर थियो। त्यसबाहेक पनि, तानसेन बजारलाई श्रीनगरबाट हेर्दा आकर्षित गर्ने मानवनिर्मित पहिचान थियो यो दरबार। टुँडिखेल, विहानपख देखिने माडीको हुस्सुसहितको कुहिरो र उत्तरतर्फको हिमाली दृश्य बाहेक पाल्पालाई रानीघाट दरबार र तानसेन दरबारले चिनाउने गर्दथ्यो। तर, यो दरबार तानसेनको लागि इतिहास बनेर मासिइसकेको छ। यसपटकको पाल्पा भ्रमणका क्रममा दरबार पुनर्निर्माण गर्नका लागि काम भइरहेको देखिए पनि मन आश्वस्थ हुन सकेन र यो मनले त्यहीँ र त्यस्तै खालको पुरानो दरबारको कल्पना गर्न पनि सकेन। रानीघाटको पुरानो दरबारको जिर्णोद्धारपश्चात् त्यसको ऐतिहासिकता र त्यहाँ प्रयोग भएका सबै खालका प्रविधि र श्रोत साधनहरू मासिएको कुरामा हामी साक्षी बस्नु परेकाले यो दरबारले पनि त्यस्तै नियति भोग्नेछ भन्ने कुराले मलाई बढी पीडा मात्र दियो। जे होस्, दरबारसँग सम्बन्धित यस तस्बीरहरूमा यहाँको सुझाव, सल्लाह आउने नै छ। हामीले तस्बीरको क्याप्सन राखेका छैनौं। यो जिम्मा यहाँहरूका लागि।

Read more »

पाल्पा तानसेन विगत र वर्तमान ( Palpa tansen : Past and Present)


नारायणस्थानको मन्दिर (पहिले)

नारायणस्थानको मन्दिर (अहिले) Read more »

सत्र सय पचास परेको ढुकुर : डिल्लीराज अर्याल

मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त निजामती सेवामा जान जाती हुन्छ भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको लेखकलाई एउटा खरिदार वा ना.शु.बाट पराजित गराइएको वा भएको मलाई भने पटक्कै चित्त बुझेको थिएन। Read more »

त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू

(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)

धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु केही महत्त्वपूर्ण काममा सहभागी हुन पाइयो। Read more »

आमा गुमाएको आमा समूह र लान्द्रुक : डिल्लीराज अर्याल

टाढैबाट भएपनि मोदी खोलाको पारि पाखाको रमणीय दृश्य हेर्दै हेर्दै हामी लान्द्रुक पुग्यौं। १६१० मीटर उचाइमा अवस्थित लान्द्रुक पुग्दा दिनको पौने तीन बजेको थियो। आकाश उघ्रेकै त थिएन तैपनि पानी रोकिएको थियो। हिमालको नजिकै पुगे पनि कतै देखिएको थिएन। बरु लान्द्रुककै माथिल्लो भागतिरको घना जङ्गलले मन लोभ्याएको थियो। Read more »

जनकपुर भ्रमण (Visit Janakpur)

नेपालको जनकपुर अञ्चल, धनुषा जिल्ला र सम्भावित मिथिलाञ्चलको प्रमुखकेन्द्र जनकपुरमा लिइएका केही तस्बीर हाम्रा छन् भने अधिकांश तस्बीरहरू अनलाइनबाट उधारो लिइएको छ। यसले जानकी नगरीलाई चिन्न केही सघाउने विश्वास छ।

जनकपुरको रामानन्द चोक स्थित प्रवेशद्वार Read more »

पानी मरुवा पाल्पालीहरू : कपुर ज्ञवाली

दृष्टि साप्ताहिकमा प्रकाशित यस लेखमा कतिपय नामहरू अशुद्ध रहेका छन् भने ऋषिकेष शाह, राजेश हमाल, धिरेन्द्र शाक्य, देव राना, गुरूप्रसाद मैनाली, चुडामणि बन्धु, हिरामणी शर्मा, दर्लामी मास्टर, ह्रृदयस त्रिपाठी, डा भवेश्वर पंगेनी, काली प्रसाद रिजाल लगायत पाल्पासँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्ने अन्य थुप्रै व्यक्तिहरूको नाम छुटेको छन्। एउटा लेखमा सबै कुराहरू समावेश गर्न पनि सम्भव हुँदैन भन्ने कुरा यहाँहरूले मनन गरिदिनु होला। यसबाहेक, केही जानकारीहरू अनुसन्धान अभावका कारणले होलान्, पूर्णत गलत छन्। त्यसैगरि लेखका केही वाक्यले मगर समुदायप्रति सम्मान नगरे जस्तो लाग्यो र त्यसलाई सम्पादन गरेका छौं। तथापि, यस लेखको मर्म र हामीहरूको मर्म मिल्न गएकोले यो लेख राखेका छौं। यहाँहरूको प्रतिकृया र यस लेखमा समावेश नहुनु भएका अन्य महानुभावहरूको नामको अपेक्षा राख्दछौं। - सम्पादक मण्डल

एक पाल्पाली गाउँले ठिटो वनमा गाई चराइरहेको छ। वरपिपलको चौतारीमा थाप्लामा हात राखेर ऊ आजको पाल्पाको नियती सोचिरहेको छ। उसको मन त्यतिबेला कटक्क दुःख्न थाल्छ, जब उसले माओवादीले ध्वस्त पारेको तानसेनको भग्नावशेष देख्छ। प्र्रताप शमसेर र रुद्र शमसेरहरुलाई सम्झदै ऊ मनमनै बात मार्न थाल्छ– ‘अहो, सानो काठमाडौंझैं थियो पाल्पाअसन टोल, भिमसेन टोल, बसन्तपुर, भगवती टोल, ठाडो गल्ली मखन आदि। तर आज म जस्तै उराठ छ पाल्पा। Read more »

कहाँबाट प्राप्त हुन्छ प्रधानमन्त्री कोइरालालाई उर्जा ? : वेदराज पौडेल

राजधानीको कोलाहल पूर्ण वातावरणबाट आरामका लागि अनौपचारिक रुपमा लुसुक्क विराटनगर आउने प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको आगमन सवैका लागि चासोको विषय बन्ने गरेको छ। राजधानीबाट गृहनगर आएपछि हरेकपटक कोइरालाले मुलुकको राजनीतिमा ठुलै हलचल पैदा गर्ने अभिब्यक्ती दिने गरेका छन्। किन कोईराला विराटनगर पुगेपछि मात्रै कडा कुरा गर्छन्? कहिले गणतन्त्रको लागि राजाले आफैं बाटो खुलाएको कुरा त, कहिले राजा र युवराजले गद्धि त्याग्ने कुरा। के छ निवासमा त्यस्तो चिज जस्ले उनलाई राजनैतिक बृत्तमा तरंग ल्याउने अभिब्यक्ती दिन उत्प्रेरित गर्छ? Read more »

Next Page »