- दीपक अर्याल
विद्यार्थीहरूले के पढ्छन्, के पढ्न मन पराउँछन् वा पढ्न नै मन पराउनन्नन् भन्नेा कुराको जानकारी प्रत्येक शिक्षकले राख्न जरूरी हुन्छ। पाठ्य पुस्तकका एकहोरो सामग्रीहरूलाई विद्यार्थीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने कुरालाई पनि शिक्षकले बाहेक अरू कसैले बुझ्न सक्दैन। त्यसैले पढाउने भनेको पाठ्य पुस्तक पढाउने वा घोकाउने र कक्षा उत्तीर्ण गराउने मात्र होइन बरू विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्ने वा उत्साहित गर्ने पनि हो। के विद्यार्थीहरूलाई अन्य काममा अग्रसर भए जस्तै पढ्ने काममा पनि अग्रसर बनाउन सम्भव छ? त्यसका लागि कुन विधी उपयुक्त हुन सक्छ। उनीहरूलाई पढाइप्रति किन रूचि छैन, हुँदैन वा खास पाठ्य सामग्री वा विषयवस्तुसँग रूचि नभएपनि अन्य विषयसँग रूचि हुन्छ भन्ने कुरा जान्नका लागि लामो अनुसन्धान जरूरी छ। जस्तै कि, चित्र भएका तस्बिरहरू बढी हेर्ने, रमाइला कुराहरू, कथाहरू, कार्टुनहरू, फिल्महरू मात्र पढ्न मन पराउने वा त्यसका कुरा गर्दा खुशी हुने जस्ता विशेषताहरू साना-साना बालबालिकामा मात्र होइन ठूला बच्चाहरूमा पनि भएको देखिन्छ। त्यसमाथि आफ्नो टोल-छिमेकको, आफ्नो धर्म संस्कृति तथा सामाजिक परिवेशका घटना, कथा वा सामग्रीहरू पढ्ने रूचि पनि बढी रहेको पाइन्छ। Read the rest of this entry »
Filed under: Articles, Book, Communication, Culture, Education, Madhesh, Nepal, Place, Research, rural custom







